कृष्णा यादव
बीरगंज २९ मंसिर
नेपाल निर्माण ब्यवसायी संघ पर्साको १६ औं साधारण सभा आज बीरगंजमा समपन्न भएको छ ।
नेपाल निर्माण ब्यासायी संघ पर्साका निर्माण ब्यासायी संघका फरक फरक साधारण सभा समपन्न छुटटा छुटै सम्पन्न भएको हो ।
नेपाल निर्माण ब्यासाय संघ को एक पक्षले वीरगन्ज को टाउन हलमा साधारण सभा समपन्न तिन दिन पहिला गरेको थियो भने अर्को पक्षले आज बीरगंजको पदम पार्टी प्यालेसमा सम्पन्न गरेको छ ।
साभारण सभालाई सम्बोधन गर्दै बीरगंज माहानगरपालिकाका मेयर वीजय कुमार सरावगीले अहिलेको अवस्थामा नेपाल निर्माण ब्यवसायी संघ एक भएर अगाडी बढन आग्रह गर्नु भएको छ ।
निर्माण ब्यवसायी संघको बीरगंजमा भएको १६ साधारण सभालाई सम्बोधन गर्दै मेयर सरावगीले यो साधारण सभाले एक भएर जानु पर्ने बताउनुभयो ।
उहाले आफुपनी एउटा ब्यवसायीबाट मेयर सम्म भएको बताउदै आजको आवश्यक्ता भनेको एक जुट भएर नै अगाडी बढेर जानुपर्ने बताउनुभयो ।
सरावगीले अहिलेको सरकारले नियम र निती कडा बनाएकोले एक जुट भएरै जानु पर्ने जरुरी रहेको जिकिर समेत गर्नुभयो ।
साधारणलाई सम्बोधन गर्दै मेयर सरावगीले पर्सामा रहेको अधिकांस निर्माण ब्यवसायीहरुले बीरगंज माहानगरपालिकाको फरटौट बेरुजु राखेको निर्माण ब्यवसायीहरुले आआफना फरछौट गर्न पनी आग्रह गर्नुको साथै साधारण सभाले एकताको सन्देश लिएर भोलीको दिनमा अगाडी बढनका लागी शुभकामना दिनु भएको छ ।
उक्त १६ साधारण सभामा बोल्दै बिभिन्न राजनिती दल काग्रेसका जिल्ला सचिव श्याम पटेल, नेकपाका नेता बशरुदिन अन्सारी, राजपाका माहासचिव शिव पटेल, समाजवादी पार्टीका पर्सा जिल्ला संयोजक रामनरेश यादव लगायतकाहरुले निर्माण ब्यवसायीहरु फुटेर नगएर एकबद्ध भएर जानु पर्ने बताएकाछन । उक्त साधारण सभामा एविसी टेलिभिजन प्रदेश नम्बर २ का ब्युरो प्रमुख शेखर छतकुली पत्रकार क्रान्ति साह, आरके पटेल, अनिल तिवारी, विजय चौहान, राम सर्राफ लगायतका पर्सेली संचारकर्मीहरु र राजनितीक दलका नेताहरुलाई सम्मान समेत गरेको थियो ।
तपाईको प्रतिक्रिया