सन्जु छतकुली
बिरगंज , ११ पौष बिरगंज महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्षले आफनो वडामा करिव सवा सय कम्बल वितरण गरेकाछन ।
बीरगंज माहानगरपालिका २६ स्थित अठराहामा वडा अध्यक्ष शम्भु मिश्राले अत्याधिक जाडो भएको कारण १ सय २० वटा कम्बल वितरण गर्नुभएको हो । तराई लगायत बीरगंजमा करिव डेढ हप्ता देखी बढ्दै गएको चिसोले गर्दा त्यस वडाका गरिब, असहायहरुलाई वडा अध्यक्ष मिश्रले उक्त कम्बल बितरण गरेका हुन ।
बिरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा सुगौलीका वडा अध्यक्ष मिश्रले बढदै गएको अध्याधिक चिसोको कारणले गर्दा आफ्नो वडामा रहेका गरिब असहायको लागि मात्र १ सय २० वटा कम्बल वितरण गरिएको र यसलाई निरन्तरता दिने गरी आफनो वडामा कम्बल बितरण गरिने उहाले बताउनु भयो । उहाले आफ्नो निजि श्रोत रकमबाट कम्बल खरिद गरि वितरण गरिएको बताउनु भयो । मिश्राले निजि खर्च बापत कम्बल खरिद गरि वितरण गरेको बताउनु भयो ।
बिरगंज महानगरपालिका वडा नम्बर २६ का स्थानियहरूको शुख, दुखमा जहिले पनी जनताको साथमा रहेर काम गर्न समेत तयार रहेको वडा अध्यक्ष मिश्रले बताए । वडा अध्यक्ष मिश्राको यो कदम सराहनीय रहेको उक्त वडाका स्थानियले बताएका छन । मिश्रा विकास प्रेमी पनी भएको र हरहमेसा जनताको काममा लागी राख्ने सो वडाका स्थानियले बताए ।
वडा अध्यक्ष मिश्रले आफ्नो वडामा विकासको काम पनी तिब्र गतीमा गर्द आई रहेकाछन । उक्त कम्बल बितरण कार्यक्रममा नेपाली काग्रेसका युवा नेता रामरुप कुमीै लगायत नेपाली काग्रेसका स्थानिय नेता तथा भद्र भलादमीहरुको समेत उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया