logo

आईएमएस ग्रुप र सिटिजन्स बैंकको सहयोगमा पत्रकारलाई स्वास्थ्य सामग्रीवितरण

    169   पटक पढिएको

काठमाडौं । नेपाल प्रेस युनियनले कोरोना महामारीको बेला अग्रपंक्तिमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।  
नेपाल प्रेस युनियका अध्यक्ष बद्री सिग्देलको सभापतित्वमा युनियनको प्रकाशन विभागले गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका सहमहामन्त्री डा। प्रकाशरण महतले स्वास्थ्य सामग्री वितरण गरेका हुन ।
स्वास्थ्य सामग्री वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगर, महासंघका महासचिव रमेश विष्ट, युनियनका महासचिव अजयबाबु शिबाकोटीसहित पत्रकारहरु  उपस्थितिमा प्रकाशन विभागले स्वास्थ्य सामग्री वितरण गरेको हो ।
सो कार्यक्रममा बोल्दै डा महतले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल भएको बताए । उनले सरकारको असंबेदनशीताका कारण परिस्थिति झन भयावह हुन लागेको बताए । अहिलेको गम्भिर परिस्थतिमा सञ्चारगृहहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्नु, बेतलबी बस्न बाध्य पार्नु वा पारिश्रमिक कटौटी गर्नु अत्यन्त दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो ।
‘यस्तो बेला एक जना पत्रकारलाई पनि सञ्चारगृहरुले बेरोजगार बनाउन मिल्दैन,’ महतले भने, ‘पत्रकारले खाइपाइ आएको तलबमा नघटाइ, त्यसमा महामारीमा खटिने पत्रकाहरुलाई थप सुविधा दिनुपर्छ ।’ सञ्चारगृहरुले तबल दिन नसकेका पत्रकारहरुको जागिरको सुनिश्चिता गराउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो ।
अहिलेको संकटको बेला सरकार, उद्यमी, व्यवसायी, रोजगारदाता सबैले आ–आफनो क्षेत्रबाट दायित्व बहन गर्नुपर्नेमा सरकार आफ्नो दायित्वबाट पञ्छिन खोजको उनले बताए  । ‘सरकार यतिसम्म निकम्मा छ कि, स्वास्थ्यमन्त्री तथा सरोकारवाला व्यक्तिहरु अहिलेसम्म एक पटक टेकु अस्पताल समेत जान सकेका छैनन ।’
नेपाली काँग्रेसले गठन गरेको कोरोना संक्रमण तथा रोकथाम अनुगमनको संयोजक समेत रहेका महतले भने, ‘हामी टेकु अस्पताल पुग्दा अस्पताललाई सरकारले नै बेवास्ता गरेको देखियो । यतिसम्म कि स्वास्थ्यमन्त्री तथा मन्त्रालयबाट एक जना प्रतिनिधि समेत अस्पताल जान डराएको देखियो ।’
संकटको बेला सरकारले जनतालाई राहत दिनु पर्नेमा सरकार उल्टै आफू कसरी टिक्ने भन्नेमा व्यस्त रहेको उनले चर्चा गरे । ‘लकडाउनको बेला सरकार आफू कसरी टिक्ने भनेर अनेक राजनीतिक तिकडममा लागेको र  सरकार ढाल्न खोज्नेहरु पनि सरकारले काम गर्न नसकेकोमा बिरोधमा उत्रिएको नभइ आफूले खान नपाएर सरकार ढाल्न तम्सिएको देखिन्छ ।’ सञ्चारकर्मीहरु अप्ठयारोमा हुँदा समेत सरकारले स्वतन्त्र पत्रकारिताको मर्ममै प्रहार गरेको महतको भनाइ थियो ।  
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कोरोना संक्रमणको बेला पत्रकारहरुको रोजीरोटी खोस्ने सञ्चारगृहका कार्यालयमा महासंघको अगुवाइमा ताला लगाउने तयारी भएको बताए । उनले भने, ‘पत्रकारको मुख बन्द गर्ने सञ्चारगृहहरुको मुख कसरी बन्द गर्नु पर्छ रु त्यो हामीलाई पनि थाहा छ ।’ नेपाली पत्रकारहरुलाई समस्यामा पार्नेहरुलाई अन्तर्राष्ट्रिय रुपमा कसरी अप्ठेरोमा पार्न सकिन्छ भन्ने विषयमा महासंघले पहल गरिसकेको पनि उनले बताए । पत्रकारहरुको जागिर खोस्ने सञ्चारगृहहरुलाई विज्ञापन नदिन विज्ञापनदातालाई समेत महासचिव बिष्टले अपिल गरे ।  
 ‘पत्रकारहरुलाई बेरोजगार बनाउने सञ्चारगृहरुलाई अनुदान दिएका अन्तर्राष्ट्रय संस्थाहरुलाई अनुदान रोक्न आग्रह गछौ,’ महासचिब विष्टले भने, ‘पत्रकारहरुको जागिर खोस्ने सञ्चारगृहविरुद्ध संयुक्तराष्ट्र संघ, आइएलओ तथा अन्तराष्ट्रिय पत्रकार महासंघसम्म पुग्छौ । हामीले त्यसका लागि जानकारी पत्र समेत पठाइसकेका छौँ ।’
संकटको बेला सरकारले पत्रकारिता क्षेत्रलाई पूरै वेवास्ता गरेको बताउदै उनले भने, ‘सरकारले संकटका बेला पनि पत्रकारहरुलाई राहत दिएन ।’ सञ्चारगृहहरुले पत्रकारहरुलाई तलब दिन तयार भएमा त्यसको मध्यस्तता गर्न महासंघ अग्रसर रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल प्रेस युयिनका अध्यक्ष बद्री सिग्देलले संकटकोे बेला सञ्चारगृहहरुले पत्रकारहरुमाथि अमानवीय व्यवहार गरेको बताउदै जागिरबाट हटाइएका पत्रकारहरुलाई तत्काल पुनर्वहाली गर्न चेतावनी दिए । ‘संकटमा परेका पत्रकारहरुलाई सरकारले राहत दिनु पर्नेमा उल्टै पत्रकारहरुले दुःख पाएकोमा खुचिङ गरेर बसेको छ,’ सिग्देलले भने, ‘सरकार मिडिया विरोधी देखिएको छ ।’
जागिरबाट निकालिएका र तलब नपाएका पत्रकाहरुको समस्या सम्बोधन गर्न नेपाल प्रेस युनियनले सुरुदेखि नै सम्बिन्धत क्षेत्रको ध्यानाकर्षण गराएको बताउदै भने, ‘यसकोलागि सुरु गरिएको आन्दोलनमा हाम्रो पूर्ण सहयोग रहन्छ । लोकतन्त्रको पक्षधर काँग्रेसको विशेष ध्यान जाओस भनेर पनि म अपिल गर्दछु ।’
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले अहिलेको संकटमा बेला बैंकको व्याजदर घटाउन, पुनर्कर्जा ९रिफाइनान्ससिङ० तथा पुनर्संरचनाको लागि आफूहरुले सरकारबाट अपेक्षा गरेको बताउदै भने, ‘तर सरकार हाम्रो प्रस्ताव लागु गर्न उदासिन भएको देखिन्छ । खाली हुन्छ, हुन्छ मात्र भन्छ, काम गर्दैन ।’
देशको अर्थतन्त्र बलियो बनाउन उद्यमी, व्यावसाय क्षेत्रको महत्वपूर्ण योगदान हुुने उनको भनाइ थियो । ‘तर उद्यमी, व्यवसायी नै बाच्न नसक्ने अवस्था आएमा अर्थतन्त्र कसरी जोगिने रु,’ उनले भने ।
अहिले आफूहरुले लगानी गरेको सबै उद्योग संकटमा रहेको बताउदै गुनासो गरे, ‘हामीले बंैकबाट ऋण लिएका हुन्छौ, बैंकलाई व्याज बुझाउन गाह्रो परेको छ । यस्तो बेला सरकारले व्याज दर घटाउन  तथा पुर्नकर्जाको व्यवस्था गर्नु पर्छ ।’
सिटिजन्स बैंकका प्रतिनिधि अमित झाले संकटको बेला सामाजिक उत्तरदायित्व ठानेर आफ्नो बैंकले कोरोना कहरमा सहयोग गरिरहेको बताए । सामाजिक उत्तरदायित्व कोषबाट बैंकले हालसम्म देशभर ६१÷६२ लाख रुपैयाँ खर्च गरेको उनले चर्चा गरे ।
‘अहिलेसम्म हामीले प्रत्येक प्रदेशमा ७÷७ लाख रुपैयाँ सामाजिक काममा खर्च गरेका छौ’,  झाले भने, ‘यो सहयोग अझै जारी रहन्छ ।’ संकटको बेला पनि समाचार संकलन गरेर पत्रकारहरुले समाजलाई आफनो जिम्मेवरी निर्वाह गरेको उनले चर्चा गरे ।
कार्यक्रममा नेपाल प्रेस युयिनका महासचिव अजयबाबु शिवाकोटीले कोरना महामारीको बेला देशभर ३ हजारभन्दा बढी पत्रकारहरु बेरोजगार भएको बताए ।  उनले भने, ‘सञ्चारगृहबाट निकालिएका पत्रकारहरुमा ८० प्रतिशतभन्दा बढी पत्रकाहरु लोकतान्त्रिक विचारधाराका छन ।’ जागिरबाट निकालिएका पत्रकाहरुलाई राहत दिन नेपाली कांग्रेसले एउटा कोष खडा गर्नुपर्ने उनको सुझाव छ ।
प्रकाशन विभागकी संयोजक तथा केन्द्रीय सदस्य कल्पना शर्माले कोरोना संक्रमणको महामारीमा अग्रपंक्तिमा खटिने पत्रकारहरुलाई सहयोग गर्न पाएकोमा आफू खुशी भएको बताइन ।
पत्रकारहरुलाई उपलब्ध गराइएको स्वास्थ्य  सामग्रीमा आईएमएस गु्रप, सिटिजन्स बैंक इन्टरनेशनल तथा अल सर्जिकल सोलुसन प्रालिले सहयोग गरेको थियो । सहयोग सामग्रीमा  प्रेस ज्याकेट, के एन ९५ माक्स, सर्जिकल माक्स, रिचार्ज कार्ड, सेनिटाइजर उपलब्ध गराइएको हो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

राजश्व अनुसन्धान बुटवलका प्रमुख २ लाख घुस लिँदै गर्दा पक्राउ । 

बुटवल २० श्रावण। राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय राना सेवाग्राही सँग घुस लिंदालिंदै अख्तियारको फन्दामा परेका छन् । उनलाई घुस दिने स्थानीय उद्योगी पनि राना सहित पक्राउमा परेका छन् ।

आईएमएस ग्रुप र सिटिजन्स बैंकको सहयोगमा पत्रकारलाई स्वास्थ्य सामग्रीवितरण

काठमाडौं । नेपाल प्रेस युनियनले कोरोना महामारीको बेला अग्रपंक्तिमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।   नेपाल प्रेस युनियका अध्यक्ष बद्री सिग्देलको सभापतित्वमा युनियनको प्रकाशन विभागले गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका सहमहामन्त्री डा। प्रकाशरण महतले स्वास्थ्य सामग्री वितरण गरेका हुन ।

स्व गिरिजा कोईरालाको ९६ औं जन्मोत्सव अवसरमा २४३ थान बिरुवाहरु रोपिए

सन्जु छतकुली वीरगंज १९ असार ।   गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले गणतन्त्र नेपालको पहिलो प्रधान मन्त्रि एवम नेपाली काग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा आज वृक्षारोपन गरिएको छ । फाउण्डेशन पर्साले आज बीरगंजमा विभिन्न प्रजातिका २४३ थान वोट बिरुवाहरु रोपिएको हो ।

उपमेयर गुप्ताद्वारा ११० पत्रकारहरुलाई राहत सामग्री बितरण

कृष्णा यादव  बीरगंज १९ असार  पर्साको बिन्दवासनी गाँउपालिकाका उपमेयर किरण गुप्ताले अज १ सय १० जना पत्रकारहरुलाई आवश्यक  सामग्री बितरण गर्नु भएको छ ।  बिन्दवासिनी गाउपालिकाका उप मेयर गुप्ताले एक कार्यक्रमको आयोजना गर्दै पत्रकारमाहासंघको सभाहलमा त्रियाशिल पत्रकारहरुलाई सेनिटाईजर, आयुर्वेदिक औषधी, च्यनप्राश, मास्क र केही औषधीहरु बितरण गर्नु भएको हो ।

आर्टिकल

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

आन्दोलनको जनादेश र समावेशीताको सवाल

अधिवक्ता वीरेन्द्रप्रसाद यादव     २००४ को राणाकालीन घोषणा पश्चात् मुलुकमा लोकतन्त्रको बीजारोपण भएपनि २०७२ असोज ३ सम्म संस्थागत हुन सकेको थिएन । संस्थागत गर्न २००७ देखि २०७२ सम्म ६ वटा संविधान जारी भयो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.