logo

प्रतीक दैनिकको ३४ औं वार्षिकोत्सवको अवसरमा एवीसीका छतकुली सम्मानित,सुबोध स्मृति पुरस्कार खड्कालाई 

    248   पटक पढिएको

कृष्णा यादव
वीरगंज, १ भदौ÷
वीरगंजबाट प्रकाशित प्रतीक दैनिकले आज ३४ औं वार्षिकोत्सव एक कार्यक्रम बिच सम्पन्न भएको छ । प्रतीक दैनिकले आज ३४ औं वार्षिकोत्सव आफनै कार्यालयमा सम्पन्न गरेको हो । 
३४ औं वार्षिकोत्सव अवसरमा एवीसी टेलिभिजन प्रदेश नम्बर २ का ब्युरो प्रमुख शेखर छतकुलीलाई र प्रत्येक बर्ष प्रदान गर्दै आएको सुबोध फोटो पत्रकारिता पुरस्कार यस वर्ष मध्यनेपाल दैनिकको कविता खडकालाई पत्रिकाका प्रधान सम्पादक जगदीशप्रसाद शर्माले २५ हजार रुपिया“ पुरस्कार सहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । टोलमा सरसफाई गर्दै आएका सफाइका नाइके अयोध्या प्रसाद तत्वा सहित ६ जनालाई नगद पुरस्कार सहित सम्मान गरिएको  थियो भने त्रिमुर्ती टोल स्थित रहेको समुदायिक प्रहरीलाई पनी  प्रधान सम्पादक शर्माले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । 
कोरोना सङ्क्रमण बेला भएकोले प्रतीक दैनिकको कार्यालयमा कार्यालयलाई विसङ्क्रिमत गरेर ग्लब्स, मास्क लगाई स्वास्थ्य र सुरक्षाको मापदण्ड पूरा गर्दै कार्यालय कर्मचारी र पुरस्कृत व्यक्तिहरूको मात्र सहभागितामा रहेको थिो । वार्षिकोत्सव कार्यक्रम पत्रिकाको कार्यालयमा आयोजना गरिएको प्रधान सम्पादक शर्माले बताउनुभयो । वहाले यसपटक कोरोनाको माहामारीको समयमा जोखिम मोल लिएर अहोरात्र सेवा गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई त्यस क्षेत्रको प्रतिनिधिको रूपमा सम्मानित गरिएको बताउनुभयो । यस क्रममा स्वास्थ्यकर्मी प्रतिनिधिका रूपमा  कालिका मेडिकल हालकी सञ्चालिका मीना बटाला, सामुदायिक सेवा केन्द्र मुर्लीका प्रसनी इना कुमारी बडाल, प्रहरी जवान रविकुमार सिंह, फन एन्ड फनका बृजेश अग्रवाल, क्षीरसागर स्वीट्सका  सुबोध सिंहलाई सम्मान गरिएको थियो । वार्षिकोत्सवमा थियो ।यसैगरी वार्षिकोत्सवको अवसरमा पत्रिकाका सम्पादक शत्रुघ्न नेपाललाई नगद रु १० हजार र स्तम्भकार विनोद गुप्तालाई नगद रु ५ हजारसहित  प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रिकाका सम्पादक प्रताप श्रेष्ठले गर्नुभएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलसहित १६ जना पत्रकार बिभुषित हुने । 

बीरगंज ३ असोज  सरकारले संबिधान दिवसको अवसरमा १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ ।  सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलसहित १६ जना पत्रकारलाई मानपदव, अलंकार र पदकद्वारा बिभुषित गर्ने निर्णय गरेको हो ।

नेशनल मेडिकल कलेज वीरगंजमा आज देखी अस्थाई कोरोना अस्पताल सेवा शुरु

सन्जु छतकुली  बीरगंज २६ भदौ   नेशनल मेडिकल कलेज वीरगंजले आज देखी अस्थाई कोरोना अस्पताल सेवा शुरु गरेको छ ।  वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवमा रहेको नेशनल मेडिकल कलेजको निजी भवनमा आज देखी स्वास्थय मन्त्रालयको सहमतीमा आज देखी २० वटा आईसियुलेशन सहित १७० बेड क्षमता भएको कोभिड अस्पताल संचालनमा ल्याएको हो । 

वातावरण जिउने आधार संस्थाद्वारा जनचेतना फैलाउने अभियान दोस्रो दिन पनी जारी

वीरगञ्ज १७ भदौ । कोभिड १९ कोरोना भाईरसको जोखिमबाट बच्ने र बचाउने उद्देश्यले पर्सामा वातावरण जिउने आधारद्वारा वीरगञ्जमा जनचेतना फैलाउन गाउँ टोलमा आज दोस्रो दिन पनी अभियान शुरु गरेको छ ।  वातावरण जिउने आधारद्वारा पर्साको बीरगंजमा दोस्रो दिन पर्चा पम्पलेट बाटने र माईकिङ्ग गर्ने अभियान शुरु गरेको हो ।

सशस्त्र प्रहरी १३ नम्बर गण पर्साले करिव ६ लाख रुपैया बराबरको अबैध चल्ला नियन्त्रणमा लियो । 

सन्जु छतकुली बीरगंज ५ भदौ सशस्त्र प्रहरी बल पर्साले करिब छ लाख रुपैया बराबरको अबैध भारतिय कुखुराको चल्ला नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल १३ नम्वर गण बीरगंज पर्साको टोलीले भारतबाट अबैध रुपमा छ वटा साईकलमा नेपाल तर्फ भित्रयाउदै गरेको अवस्थामा ५ लाख ४६ हजार रुपैयाँ मुल्य बराबरको अबैध कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.