सन्जु छतकुली
बीरगंज ९ मंसिर
पर्सा प्रहरीले बीरगंजबाट अवैध हतियार सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा १ थान पेस्तोल र त्यसमा प्रयोग भएको ४ थान गोली सहित एक युवकलाई मंगलबार साझ नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय श्रीपुर र वडा प्रहरी बिर्ताको संयुक्त प्रहरी टोलीले र जिल्ला सर्लाही बलरा नगरपालिका वडा नं १० सुदामा घर भई हाल जिल्ला पर्सा बीरगंज माहानगरपालिका वडा नं ११ स्थित दुर्गा टोल बस्ने बर्ष ४९ को जितेन्द्र प्रसाद सिंहले आफ्नो घरमा अवैध हात हतियार लुकाइ छिपाइ राखेको छ भन्ने विशेष सूचनाको अधारमा बीरगंज १३ स्थित रहेको वडा प्रहरी कार्यालय श्रीपुर तथा बीरगंज ५ स्थित रहेको वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटि गएको प्रहरी टोलीले निज जितेन्द्र प्रसाद सिंहको घर खानतलासी गर्दा स्टील दराजको सेफ बक्स भित्र ७ प्वाईन्ट ६५ एमएमको गोली राउण्ड ४ म्यागजिनमा लोड गरी राखिएको अवस्थामा म्यागजिन थान (१, पेस्तौल र मानिसलाई बेहोस पार्ने एनाईसथेटिक ईथर नामक ५ सय एमएम औषधीको १ बोत्तल सहित जितेन्द्र प्रसाद सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अवैध हतियार सहित पक्राउ परेका सिंहलाई जिप्रका पर्साको हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तले बताउनुभएको छ ।
तपाईको प्रतिक्रिया