शेखर छतकुली
बीरगंज ३० मंसिर
बीरगंज भन्सार कार्यालयको लाहपारवाहीले गर्दा र समयमा लिलामी नगरेको कारण राज्यले करांैडो रुपैया नोक्सान बेहोर्नु परेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाएको सवारी साधनहरु र खाधान्य समानहरु पक्राउ गरी भन्सार कार्यालयमा बुझएको माल सामानहरु लिलामी भन्सारले नगरेकोे कारण राज्यको करौंडो रुपैया गुम्ने गरेको छ ।
देश कै सबै भन्दा बढी राजश्व असुली गर्ने भन्सारको रुपमा रहेको बीरगंज भन्सार कार्यालयका कर्मचारीहरुको कारणले गर्दा बीरगंज भन्सार कार्यालय दिन दिनै धारासयी बन्दै गई रहेको छ ।
प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको भारतिय नम्बरको मोटर साईकल, कार जिप, भ्यान, ट्रयाक्टर, ट्रक र बिभिन्न खाधान्य माल सामान खाने तेल चिनी दाल चामल प्याज केराउ, छोहडा, लत्ता कपडा लगायतका सामानहरु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएने गर्छ तर प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएको सवारी साधनहरु र माल सामान भन्सारले समय मै लिलामी नगर्दा राज्यले कती घाटा बेहोर्नु पर्न भने त्यो हामी अनुमान समेत गर्न सक्दनिौ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएका सवारी साधनहरु भन्सारको नियन्त्रणमा रहन्छ तर सो गाडीमा रहेका बैट्री देखी टेपरेकर्डर जस्ता महगां सामानहरु भन्सार भित्रैबाट गायव हुन्छ ।
लकडाउनका कारण र मुददा प्रक्रिया नपुगेको कारणले गर्दा समयमा गाडीहरु र माल सामान लिालाम हुन नसकेको बीरगंज भन्सार कार्यालयका सुचना अधिकारी विमल साह बताउछन ।
प्रहरीले नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएको मोटरसाईल देखी जिपकार गाडीहरुमा रहेको अधिकांस सामानहरु निकालिएको छ तर यस सम्बन्धमा भन्सारका सुचना अधिकारी भन्छन प्रहरीले जुन हालतमा बुझाएको छ त्यही हालतमा हामी संग रहेको भन्सारमा चारैतिर सिसी क्याम्रा भएको कारण आफुहरु काहाबाट सामान गायव नभएको दावी सुचना अधिकारी बिमल साह दावी गर्छन ।
सुचना अधिकारी बीरगंज भन्सार कार्यालय
सशस्त्र प्रहरी र नेपाल प्रहरीले करिव दुई बर्ष पहिला अवैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको भारतिय नम्बरको गाडीहरु र अबैध रुपमा भन्सर छलीका माल सामानहरु ओसार पसार गरेको सवारी साधनहरु नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएपनी भन्सार कार्यालयले समयमा सो माल सामानहरु र सवारी साधानहरु लिलामी नगर्दा र सो सामानहरु र सवारी साधनहरु सडेर जादा राज्यलाई करौंडो घाटा हुने भएको छ ।
बीरगंज भन्सार कार्यालयले दिएको डाटा अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको सवारी साधनहरुमा जिपकार भ्यान ५८ थान ट्रक कन्टेनर टिपर पिकअप र ट्रेक्टर ४९ थान तिन पान्ग्रे सवारी साधन २४ थान र मोटर साईकल ३०९ थान गरी जम्मा ४ सय ४० थान सवारी साधनहरु रहेको छ ।
तर ति गाडी गाडीहरु मध्ये अधिकांश गाडीहरुको सामान गायव हुन्छ र भन्सारका सुचना अधिकारी विमल साह दावी गर्छन प्रहरीहरुले त्यस्तै हालतमा बुझाएकाछन भनेर ।
उता लिालाम साकार गर्नेहरुले लिलाम साकार गरेको दुई महिना भन्दा बढी भै सक्दा पनी बीरगंज भन्सारले नलिलाम सकार गरेको सामान दिन्छ नत आफनो पैसा नै दिन्छन र लिलामी साकार गरेका सामानहरुमा पनी भन्सारले कम दिने गरेको लिालामी साकार गर्ने एक स्थानियको गुनासो रहेको छ ।
बीरगंज भन्सार कार्यालयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले करिव ५० करोड भन्दा बढीको अबैध भारतिय नम्बर प्लेटको दुई पान्ग्रे सवारी साधनहरु र केराउ छोहा लगायतका खाधान्य सामानहरु पक्राउ गरेर बुझाए पनी उक्त सामानहरु अहिले भन्सार कार्यालयको गोदाम र परिसरमा सडेर गईरहदा पनी भन्सारले लिलामी प्रक्रिया अगाडी बढाएको छैन ।
बीरगंज भन्सार कार्यालयमा भन्सार कर्मचारीहरुले आलटाल गर्ने र कहिले कर्मचारीहरुको सरुवा हुने जस्ता कार्यले गर्दा समयमा लिलाम नगर्ने र छोहडा र खाने तेल लगायतका सामानहरु सडेर गएको एक स्थानियको आरोप रहेको छ ।
प्रहरीहरुले भन्सारमा बुझाएको सामानहरु बीरगंज भन्सार कार्यालयले लिलाम दिने बेलामा कागजमा भएको १ सय ४० किलोमा १४ किलो मात्र दिने गर्छन र अन्य सामानमा कम भन्सारले दिने गरेको र आफुहरुलाई घाटा हुने गरेको लिलाम साकार गर्ने एक स्थानिय बताउछन ।
यसरी प्रहरीले राज्यका लागी अबैध सवारी साधनहरु र भन्सार छलीका करौंडो रुपैयाका सामानहरु दिन रात खटेर राज्यका लागी काम गर्ने र अबैध माल सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाउदा पनी त्यसबाट भन्सारमा कम हुने र प्रहरीहरुले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको सवारी राधनहरु बषौं देखी बीरगंज भन्सार कार्यालयमा थन्काएर राख्ने र समयमा लिलाम समेत नगर्दा भन्सार कार्यालयको गैर जिम्मेवारीका कारण राज्यलाई करौंडो रुपैया नोक्सान हुदा यस तर्फ सम्बन्धीत माथिल्लो निकाएको ध्यान जान जरुरी छ नत्र माल पाएर चाल नपाएको जस्तो राज्यले करौडो होईन अरवौं रुपैया नोक्शान ब्यवहर्नु पर्ने हुन्छ ।
तपाईको प्रतिक्रिया