वीरगंज १८ माघ
पर्सा प्रहरीले अबैध रुपमा भारतबाट नेपाल भित्रयाउदै गरेको भारी मात्रामा कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।
चल्ला तस्करहरुले चल्ला भारतवाट अवैध तरिकाले नेपाल भित्रयाउदै गरेको अवस्थामा पर्सा प्रहरीको क्राईम टोलीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा रहेको क्राईम टोलीले शनिवार विहान पर्साको तिलावे पुल आसपासबाट बिशेष सुचनाको आधारमा भारतबाट नेपाल भित्रयाउदै गरेको अवस्थामा ४ हजार कुखुराको चल्ला नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा जिल्लाको अमरपर्टी र धोरे नाकावाट अवैध कुखुराको चल्लाको तस्करी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च प्रहरीले सुचना पाएपछि सो सूचनाको आधारमा भारतवाट अवैध तरिकाले नेपाल तर्फ लयाउदै गरेको भारतिय ४ हजार कुखराको चल्ला सहित एक जना भरियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भारतको विभिन्न प्रदेशहरुमा कुखुराको बर्डफ्लु रोग देखीएपछि पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे नेपाल र भारत संग जोडिएको नाकाहरुमा प्रहरीको कुखुराको र चल्लाका निगरानी बढाएको जनाएकोछ ।
प्रहरीले नियन्त्रणमा लिएको कुखुराको चल्ला पर्सा प्रहरीले बरामद गरि क्वारनटाईका प्रतिनिधी प्रहरी र संचारकर्मीहरुको रोहवरमा नष्ट गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया