सन्जु छतकुली
वीरगञ्ज, २६ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज बीरगंजमा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा सङ्कट आएको जनाउँदै समाधानका लागि प्रतिनिधिसभा पुनस्थापना या निर्वाचनमा जानुपर्ने बताउनुभयो । निधीले पुष छ गते ओलीले गरेको संसद बिघटन असबैधानिक कदम रहेको बताउदै आफनो काग्रेस पाटी अदालतले गरेको कार्य मान्य हुने बताउदै आफुहरु संसद पुनःस्थापना को पक्षमा र निर्वाचन दुवैमा जान तयार रहेको बताउनुभयो ।
पुर्व गृह मन्त्री समेत रहनु भएका निधीले अबको एकमात्र बिकल्प भनेको संसद पुनःस्थापना मात्र रहेको बताउनुभयो ।
उहाले संसद भनेको राष्ट्रिय सभा र प्रतीनिधी सभा पनी भएको बताउदै अहीले ओलीले प्रतीनिधी सभा मात्र बिघटन गरेको बताउदै प्रतीनिधी सभा पुनःस्थापना स्थापनाको पक्षमा आफुहरु रहेको जिकिर गर्नुभयो ।
सञ्चारकर्मीको एक प्रश्नका जवाफमा पूर्वउपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताउनुभयो । उहाँले कांगे्रस मात्र नभएर नेपाली जनता र राजनीतिक दलको एउटै उद्देश्य भनेको प्रतिनिधिसभा निर्वाचन भएको जनाउँदै यसका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न पार्टी तयार रहेको बताउनुभयो ।सन्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफमा निधीले सरकारले तोकेकै समयमा बैशाख सोह्र र १७ गते मितीमा निर्वाचन हुने ठोकुवा गर्नु भएको छ । सो पत्रकार सम्मेलनमा नेपाली काग्रेसका केन्द्रिय सदस्य चित्रलेखा यादव, फरमुला मन्सुर, अजय कुमार चौरसिया, काग्रेसका नेता सुरेन्द्र चौधरी, अनिल रुगटा, नेपाली काग्रेस पर्साका जिल्ला पार्टी सभापती अजय कुमार द्धिवेदी लगायतकाहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया