शेखर छतक’ली
बीरगंज ६ श्रावण
जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो परिणाममा लाग’ औषध र नक्कली चालक अन’मती पत्र बनाउने ४ जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीको बिशेष टोलीले बीरगंज माहानगरपालिका १० स्थित आर्दशनगर चौकबाट एक महिला र एक भारतिय य’वकलाई भारी मात्रामा लाग’ औषध सहित पक्राउ गरेको हो ।
पक्राउ परेका भारत बिहार पश्चिमी चम्पारण चनपटिया बस्ने बर्ष २३ की प्रमिला देवी र र भारत बिहार प’र्वी चम्पारण आदाप’र प’रैनिया बस्ने बर्ष ३६ को जाफिर ह’सेनको साथबाट पर्सा प्रहरीले ४ सय ५० पिस लाग’ औषध ईन्जेक्सन, १ सय ५० पिस फेनारगन, १ सय ५० पिस डाईजोपामल र १ सय ५० पिस न’र्फिन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक स’दिप गिरीले पत्रकार सम्मेलन गरी बताउन’भयो ।
त्यसैगरी पर्सा प्रहरीले बिशेष चेकजाचको क्रममा किर्ते गरी नक्कली लाईसेन्स बनाउने एक भारतिय र एक नेपाली गरी द’ई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिगएको बिशेष टोलीले बीरगंजको रजत जयन्ती चौकबाट छिमेकी म’ल’क भारतको रक्शौलबाट बीरगंज तर्फ ना १२ प २५८४ नम्बरको पल्सर मोटर साईकलमा आउदै गरेको अवस्थामा चेकजाचको क्रममा बिभिन्न सवाची चालक अन’मती पत्र बनाउने कागजात सहित पक्राउ गरेको हो ।
उक्त नक्कली चालक अन’मती पत्र बनाउने पक्राउ पर्नेहरुमा भारत रक्शौल जोगियाही बस्ने दिपक ठाक’र र मोटर साईकल चालक जिल्ला पर्सा बीरगंज माहानगरपालिका ११ श्रीप’र बस्ने बर्ष ४० को उमेश चौधरीलाई आज पर्सा प्रहरीले आफनै कार्यकक्षमा पत्रकार सम्मेल गरेर सार्वजनिक गरेका ह’न
नक्कली चालक अन’मती पत्र बनाउनेहरुको साथबाट पर्सा प्रहरीले बिभिन्न ब्यक्तीको लाईसेन्स ४ थान, चालक अन’मती पत्रमा टास्ने होलोग्राम स्टिकर ६ थान बिभिन्न ब्यक्तीहरुको ३८ जनाको पासपोर्ट साईजको फोटो, राजश्व तिरेको रसिद ५ थान, राजश्व तिरेको रसिदको फोटोकपी १ थान, टाईप गरेको चालक अन’मती पत्रको तयारी सादा कार्ड १ थान, टाईप गरेको कार्ड २ थान, बिभिन्न ब्यक्तीहरुको नागरिकताको फोटोकपी ४ थान चालक अन’मती पत्रको प्रबेश पत्रको फोटोकपी ४ थान र एक थान सक्कल प्रबेश पत्र सहित बरामद गरेको पर्साका प्रहरी प्रम’ख प्रहरी उपरिक्षक स’दिप गिरीले बताउन’भएको छ ।
तपाईको प्रतिक्रिया