logo

लोकतन्त्रलाई बलियो बनाउन एमालेलाई जिताउनु पर्ने ः नेता नेपाल

    576   पटक पढिएको

लोकतन्त्रलाई बलियो बनाउन एमालेलाई जिताउनु पर्ने ः नेता नेपाल

वीरगंज १० साउन, नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश नं। २ को असोज २ गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमालेलाई जसरी भए पछि बिजयी बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

नेकपा एमाले वीरगंज महानगर समितिले नेशनल मेडिकल कलेज वीरगंजमा आयोजना गरेको नगर स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुदै नेता नेपालले निर्वाचन लोकतन्त्रको प्राणवायु भएको बताउनु भयो । 

लोकतन्त्रलाई बलियो बनाउनको लागि अन्य प्रदेश जस्तै २ नं। प्रदेशमा पनि नेकपा एमालेलाई बिजयी बनाउन आग्रह गर्नु हुदै पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले बिगतका दिनहरुमा नेकपा एमालेले माओवादी लगायतका पार्टीलाई जसरी चुनावमा सहभागी गरायो त्यसैगरी राजपालाई पनि चुनावमा सहभागी गराउनेमा जोड दिनु भयो । 

जनताको दुःख, सुखमा साथ दिएको कारण आज नेकपा एमाले सबै भन्दा शक्तिशाली पार्टी भएको दाबी गर्नु हुदै नेता नेपालले देशको विभिन्न प्रदेशहरुमा नेकपा एमाले जसरी एकताबद्ध भएर बिजय हासिल गरेको छ त्यसैगरी प्रदेश नं। २ र वीरगंज महानगरपालिकामा एकताबद्ध भएर पार्टीलाई जिताउनका लागि कार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भएको थियो । 

नेकपा एमाले सरकारमा रहेको बेला कृषि आधुनिकरण परियोजना, जनता आवास कार्जक्रम, बृद्धबृद्धाको लागि पेनशनको व्यवस्था, निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल,  फास्ट ट्रयाक लगायतका विभिन्न अमुल्य कामहरु गरेकोले जनताले एमालेलाई विश्वास गरेको बताउनु हुदै उहांले प्रदेश नं। २ मा पनि चुनाव जित्नका लागि अभियान नै थालि सकेको बताउनु भयो ।
त्यसैगरी नेकपा एमालेका पोलिट व्युरो सदस्य नागेन्द्र चौधरीले स्थानिय तहको निर्वाचनमा पर्साका सबै तहमा नेकपा एमालेलाई जिताउनकै लागि निर्वाचन कार्यालय खोली अभियान चलाएको बताउनु भयो । 
बेरोजगारी समस्या, महिला हिंसा, दलितहरुमाथि बिभेद लगायतको विरुद्ध पार्टीले अहोरात्र काम गरिरहेको बताउनु हुदै नेता चौधरीले मधेसमा विभिन्न आन्दोलनका कारण वीरगंज लगायत मधेस नै पछाडि परेको बताउनु भयो । 
पर्सामा रहेका एक महानगरपालिका, एक नगरपालिका र एगार वटा गाउँपालिकामा एमालेलाई बढि भन्दा बढि मतले जिताउनु पर्नेमा जोड दिनु भयो । 
कार्यक्रममा नेकपा एमालेका नेता एवं नेशनल मेडिकल कलेजका एमडि बसरुदिन अंसारीले सबै नेता कार्यकर्ताहरुले आ–आफनो वडामा कडा मेहनत गरी जनताको सुख, दुःखमा साथ दिनु पर्नेमा जोड दिनु भएको थियो । 

वीरगंज महानगरपालिकाका मेयरका उम्मेदवार समेत रहनु भएका अंसारीले वडाहरुमा कुनै समस्या आएमा पार्टी नेतृत्वसंग छलफल गरी अगाडि बढनु पर्नेमा जोड दिनु भएको थियो ।
पार्टीका वीरगंज महानगर समितिका अध्यक्ष उसमान अंसारीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय सदस्य रामचन्द्र साह, दिनेश राई, सांसदहरु बिचारी यादव, राजकुमार गुप्ता, जयप्रकाश थारु, जुनैद अंसारी, पार्टी पर्सा संयोजक प्रभु हजरा, पार्टी पर्सा सचिवालय सदस्य विश्वम्भर शर्मा, मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय उपाध्यक्ष बाबुजान अली, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, किशोरी कुशवाहा, प्रेमा पौडेल, गंगा खडका लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा नेपाली काँग्रेस, माओवादी केन्द्र, राजपा लगायतका विभिन्न परित्याग गरी करिब ५० जना नेकपा एमालेमा प्रवेश गरेका थिए । 
रामाधार प्रसाद चौरसिया, हरिशंकर महतो, हिरा साह तुरहा, सनु राउत कुर्मी, प्रभात चौरसिया, संजय पटेल, संदिप चौरसिया, संदिप पटेल, बिरनारायण चौरसिया लगायत नवप्रवेशीहरुलाई पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले टिका लगाएर स्वागत गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

राजनीति

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

विहानै देशभर बम आतंक , स्कुल बसमा आगजनी, सुरक्षा व्यवस्था कडा, तर्साउन राखिएको हो आत्तिनु पर्दैन – प्रहरी, 

काठमाडौं, २९ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।  

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.