बीरगंज १२ श्रावण, बीरगंज स्थित ठाकुर राम बहुमुखी क्याम्पसको ईकाईमा भएको कर्मचारी युनियनको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको निकट कर्मचारी संगठन निर्वाचित भएको छ ।
बुधवार भएको बहुमुखी क्याम्पसको ईकाईको निर्वाचनमा रामनारायण राउत अध्यक्ष पदमा बिजयी भएका हुन ।
त्यसैगरी उक्त निर्वाचनमा उप सभापतीको पदमा रामाअशिष बैठा, सचिवमा रहमान हवारी, सहसचिवमा पंकज कुमार झा, कोषाध्यक्षमा बिजय कुशवाहा, सदस्यहरुमा मठू महतो, सुनिल महतो, गुडु राउत, सिकन्दर राउत, राजकुमार राउत, चौठी राय यादव चयन भएकाछन ।
प्रजातन्त्रवादी समुहबाट पंकज कुमार झा बाहेक अन्य सम्पुर्ण सदस्य एवम पदाधिकारीहरु प्रगतिशिल समुहबाट विजयी भएका हुन ।
ठाकुर राम बहुमुखी क्याम्पसको ईकाईमा भएको कर्मचारी युनियनको निर्वाचनमा विजयी भएकाहरुलाई निर्वाचन स्थलमै पुगेर नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ का सांसद विचारी यादव र नेकपा एमाले पर्साकै क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता, नेकपा एमालेका नेता बसुरुदिन अंसारी, डा, विश्मवर शर्मा, पप्पु सिंह, दिलिप साह लगाएतका नेताहरुले अविर माला लगाएर बधाई दिएका थिए । हजरा जिल्ला कमिटी सदस्य मनोज चौधरी लगायतको उपस्थिती रहेको थियो
तपाईको प्रतिक्रिया