logo

अनेमसंघको नगर स्तरिय महिला भेला तथा छलफल 

    533   पटक पढिएको


वीरगंज १२ साउन, नेकपा एमाले निकट अखिल नेपाल महिला संघ वीरगंज महानगरपालिकाको नगर स्तरिय महिला भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । पार्टीको वीरगंज महानगरपालिकाको निर्वाचन परिचालन कार्यालयमा भएको भेलालाई सम्बोधन गर्नु हुदै अनेमसंघका केन्द्रिय सदस्य निर्मला देवकोटाले महिलाहरुले आ–आफ्नो वडामा गएर सूर्य छापमा मतदान गर्न सर्वसाधारण महिलाहरुलाई सिकाउनको लागि आग्रह गर्नु हुदै बाकि रहेको सबै वडामा महिला कमिटि गठन गरी मतदान गर्ने तरिका र मतपत्र मोडने लगायतका बारेमा सिकाउनका लागि समेत सहभागी महिलाहरुलाई आग्रह गर्नु भयो । पार्टीका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साहले नेतृत्व स्थापित गर्न निर्वाचन राम्रो अवसर रहेको चर्चा गर्नु हुदै वीरगंजको नाला, बिजुली बत्ति, बाटो लगायत पूर्ण रुपले अव्यवस्थित हुदै गएकोमा नेकपा एमालेका सम्पूर्ण उम्मेदवारलाई जिताए मात्र नगरको चौतफी विकास हुने दाबी गर्नु भयो । नेशनल मेडिकल कलेजका एमडि एवं नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको प्रस्तावित उम्मेदवार बसरुदिन अंसारीले देशको ६ वटै प्रदेशमा भएको चुनावमा एमाले अग्रस्थानमा रहेको र बाकि रहेको प्रदेश नं। २ मा पनि एमालेलाई जिताई देशकै शक्तिशाली पार्टी बनाउनु पर्नेमा जोड दिनु भयो । महिलाहरुले कुनै पनि वडामा प्रचार प्रसारको लागि जाँदा सो वडामा रहेको पार्टीका कमिटिहरुलाई पनि साथमा लिएर गएमा अझ फलदायी हुने बताउनु हुदै नेता अंसारीले राज्यले महिलालाई विशेष प्राथमिक्ताका साथ मेयर वा उपमेयर मध्ये एकमा महिलालाई अनिवार्य गरेकोमा महिलाहरुको लागि यो निर्वाचन सुनौलो अवसर भएको बताउनु भयो । अखिल नेपाल महिला संघका नगर अध्यक्ष उर्मिला शर्माको सभाअध्यक्षतामा भएको कार्यक्रममा सांसद जुनैद अंसारी, सांसद बिचारी यादव, पार्टीका जिल्ला संयोजक प्रभु हजरा, नेताहरु नवराज शर्मा, मानदेव हजरा, पार्टीका नगर संयोजक उसमान अंसारी, प्रभा खडका, प्रेमा पौडेल, बिना शर्मा, उषा चौधरी, त्यसैगरी अनेमसंघका नगर उपाध्यक्ष अम्बििया खातुन, सचिव खुल्ताना खातुन, कोषाध्यक्ष विद्या सत्याल, कार्यालय सचिव ममिथिला खतिवडा लगायतले स्थानिय तहको निर्वाचनमा आफ्ना उम्मेदवरहरुलाई कसरी जिताउने र आगामी कार्ययोजनाको बारेमा बृहत छलफल गरेका थिए ।
      

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

राजनीति

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

विहानै देशभर बम आतंक , स्कुल बसमा आगजनी, सुरक्षा व्यवस्था कडा, तर्साउन राखिएको हो आत्तिनु पर्दैन – प्रहरी, 

काठमाडौं, २९ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।  

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.