बीरगंज १२ श्रावण, नेपाल भारत सहयोग मंचका राष्ट्रिय अध्यक्ष अशोक कुमार वैद्य को नेतृत्वमा श्रीलंकन राजदुत महामहिम डब्लु.एस परेरा संग भेटघाट भएको छ ।
सो भेटघाटमा विश्व हिन्दु परिषद नेपालका सम्पर्क प्रमुख सुनिल कुमार चौधरी र स्तम्भकार रणधीर चौधरीको पनि सहभागिता थियो ।
मिथिला–अवध संस्कृती संरक्षण परिषदले गर्न गइरहेको रामायण सर्किट विषयमा दुई दिने कार्यशाला गोष्टीमा भाग लिन महामहिमलाई निमन्त्रणा दिइएको छ ।
रामायण सर्किटको चर्चा गर्दा अयोध्या र जनकपुर मात्र होइन श्रीलंकामा पनि आउने गर्दछ ।
गोस्वामी तुलसी दास जी ले पनि रामायणमा आधा भन्दा बढी श्रीलंका को ब्याख्या गर्नु भएको थियो ।
यो त्रिदेशीय रामायण सर्कीट हुंदा तीन देश बिच धार्मिक पर्यटन पनि बढने आशा गरेकाछन ।
महामहिम डब्लु.एस परेराले यसलाई सकारात्मक रुपमा लिनु भएको र दुई दिन गोष्टीमा भाग लिने सहमती पनि जनाउने भएको र सोही क्रममा महामहिम ज्यु लाई बीरगंज र जनकपुर भ्रमणको निमन्त्रणा पनि गरिएको छ ।
आगामी महिनामा बीरगंज र जनकपुर भ्रमण गर्ने महामहिमले आश्वासन दिनु भयो ।
तपाईको प्रतिक्रिया