logo

कांग्रेस–माओवादी विस्वस्त नहुँदा राप्रपा सत्ता बाहिर

    579   पटक पढिएको


छवि सापकोटा
काठमाडौ, १३ साउन । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सहयोगी भूमिका खेल्यो ।

देउवालाई प्रधानमन्त्री बनाउन राप्रपा सहमत भएपछि राप्रपा पनि सत्ता साझेदार दल बन्नेमा दुई मत थिएन । तर, दुई पटकसम्म मन्त्री परिषद विस्तार हुँदा पनि सरकारमा राप्रपाको उपस्थिति देखिएको छैन । यसले, तत्कालका लागि राप्रपा सरकारका सहभागी हुने सम्भावना टरेको प्रष्ट हुन्छ ।

राप्रपा सरकारमा सहभागी हुन नसक्नुका विभिन्न कारण छन् । पहिलो कारण मन्त्रालय भागबण्डा नै बनेको छ । तर, संविधान संशोधनको मुद्दा समेत राप्रपाका लागि सत्तारोहणमा तगारो बनेको छ ।

मन्त्री परिषद विस्तारमा ढिलाई हुनुमा कांग्रेस भित्रको विवादले भूमिका खेल्यो । त्यति मात्र होइन संविधन संशोधनको मुद्दाले समेत मन्त्री परिषद विस्तारमा ढिलाइ भयो ।

संविधान संशोधनको मुद्धाले राष्ट्रिय प्रजातन्त्र पार्टीको सत्तारोहणमा समेत असर पुर्यायो । पहिलो पटक मन्त्री परिषद विस्तार पछि प्रधानमन्त्री शेरबहादुर देउवा संविधान संशोधनको कसरतमा जुटे ।

बहुमतिय प्रकृयामा संविधान संशोधनमा लागेका सत्तारुढ दलले मन्त्री परिषद विस्तार र संविधान संशोधनलाई लेनदेनको विषय बनाए । सत्तारुढ दलले संविधान संशोधनको पक्षमा मतदान गर्नेलाई मात्र मन्त्री बनाउने योजना बनाए ।

संविधान संशोधनमा राप्रपा पनि तयार थियो । तर, राप्रपाका सबै सांसदले संशोधनमा मतदान गर्नेमा सत्तारुढ दल विश्वस्त हुन सकेनन् । त्यसैले राप्रपाको सत्तारोहण रोकियो ।

बहुमतिय प्रकृयामा संविधान संशोधन नहुने भएपछि प्रधनमन्त्री देउवाले दोस्रो पटक मन्त्री परिषद विस्तार गरेका हुन । दोस्रो पटकको मन्त्री परिषद विस्तारमा राप्रपा अटाउन सकेन । मन्त्रालय भागबण्डामा कुरा नमिलेको भन्दै राप्रपाले सरकारमा नजाने निर्णय गर्यो ।

राप्रपा अध्यक्ष कमल थापा स्वयः सरकारमा सहभागी हुन चाहन्थे । उनको रोजाइमा उपप्रधान सहित स्थानीय विकास मन्त्रालय थियो । तर, पहिलो पटक मन्त्री परिषद विस्तार गर्दा नै प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष थापाको रोजाइमा परेको मन्त्रालय नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष बिजयकुमार गच्छदारलाई दिइसकेका थिए । तर, यस बिचमा सत्तारुढ दलले राप्रपालाई पनि सरकारमा सहभागी गराउन पहल भने गरेको थियो । प्रवक्ता सुशिल श्रेष्ठले भने सरकार गठनबारे राप्रपासँग छलफल नै नगरिएको प्रतिकृया दिएका छन् ।

सत्तारुढ दलबाट सरकारमा सहभागी गराउने बारे केही प्रस्ताव आएको भए पनि सम्मानजनक नभएकाले सहभागी नहुने निर्णय भएको प्रवक्ता सुशिल श्रेष्ठ बताउँछन् ।

प्रधानमन्त्री देउवाले दुई महिना लगाएर २७ सदस्यीय मन्त्री परिष्द त बनाएका छन् । तर, कुनै पनि परिस्थितिमा निर्णायक भूमिका निर्वाह गर्न सक्ने क्षमता पाएको राप्रपालाई भने सरकारमा अटाउन सकेको छैन । त्यसो त, अझै पनि उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय बा“की नै राखेका छन् ।

सरकारले यी चार मन्त्रालय राप्रपाका लागि राखेको पनि हुनसक्छ । यदि, राप्रपाले यी चार मन्त्रालयको जिम्मेवारी सम्हाल्न चाहेको खण्डमा मन्त्री परिषदले पूर्णता पाउने छ । राप्रपाले अस्वीकार गरेको खण्डमा सरकारले केही साना दललाई समेत सरकारमा सहभागी गराउन सक्छ ।  साभार एविसी न्युज
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

पर्सा प्रहरीले बीरगंजमा दुर्घटना हुनवाट बचायो हतियार सहित एक जनालाई लियो नियन्त्रणमा ।  

सन्जु छतकुली बीरगंज ९ मंसिर पर्सा प्रहरीले बीरगंजबाट अवैध हतियार सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।  पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा १ थान पेस्तोल र त्यसमा प्रयोग भएको ४ थान गोली सहित एक युवकलाई मंगलबार साझ नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा मालपोत कार्यालयमा छापामारी, कर्मचारी र बिचौलिया सहित १५ जना  नियन्त्रणमा ।

बिरगंज २९ असोज  जिल्ला प्रशासन कार्यालय पर्साले बीरगंज छपकैया स्थित रहेको मालपोत कार्यालयमा बिहिवार राती करिव साढे आठ बजे राती छापामारी १५ जना कर्मचारी र बिचौलियालाई नियन्त्रणमा लिएको छ ।  मालपोत कार्यालयमा अफिस समय सकिएपछि पनि कार्यालयमा बसेर काम गरी रहेको बिशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले बिहिवार राती साढे आठ बजेको समयमा  छापामारी गरी १५ जनालाई नियन्त्रणमा लिएको हो । 

म्याद सकिएका सामान वेच्ने प्रविण बंका, झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिए

आश्विन २१ बुधबार, विश्वव्यापी कोरोना महामारीका कारण देशमा गत चैत्र ११ गतेदेखि लकडाउन लाग्यो । लकडाउनका कारण बन्द भएको व्यापार व्यवसाय अझै पनि राम्रोसँग तङ्ग्रिन सकेको छैन् । लामो समयसम्म बजार बन्द हुँदा विभिन्न पसलहरुमा म्याद गुज्रिएका सामाग्री पहिले भन्दा केही बढेकोलाई स्वभाविक मान्न सकिन्छ ।

डाक्टर के सीको सर्मथनमा नेपाली काग्रेस पर्साले आज बीरगंजमा धर्ना दियो

सन्जु छतकुली  बीरगंज २० असोज  डाक्टर गोविन्द के सीको माग पुरा गर्न नेपाली काग्रेस पर्साले आज बीरगंजमा धर्ना दिएको छ ।  नेपाली काग्रेसका जिल्ला सभापती अजय कुमार द्धिवेदीको अध्यक्षतामा बीरगंजको घण्टाघरमा २३ मिनेट धर्ना दिएको हो । 

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.