वीरगंज १५ साउन, नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगरपालिकाको वडा नं। १० मा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
आज बिहान भएको कार्यक्रममा आउदो असोज २ गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि आवश्यक रणनितिहरु बनाउदै पार्टीका उम्मेदवारहरुलाई जिताउनको लागि हाल सम्म गरिएको विभिन्न कार्यक्रमहरुमा भएको कमी कमजोरीहरुको समिक्षा गर्दै अझ बृहत रुपमा प्रचार प्रसारको आवश्यक्ता रहेको सो भेलामा सहभागीहरुले समिक्षा गरेका थिए ।
त्यसैगरी नेपाल लोकतान्त्रिक यातायात व्यवसायीक संगठनका पदाधिकारी र नेकपा एमालेबाट वीरगंज महानगरपालिकाका मेयरका उम्मेदवार बसरुदिन अंसारी बिच भेटघाट तथा चुनावी छलफल समेत भएको थियो ।
सो अवसरमा संगठनका अध्यष उसमान हवारी, उपाध्यक्ष जगरनाथ प्रसाद कलवार, सचिव मंजुर आलम, सदस्य श्रवण कुमार साह, बासु शर्मा, दिपेन्द्र पंडित, बुलेट साह, अलि हुसैन, दिलिप कुमार कलवार लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया