logo

नेकपा एमालेको विभिन्न वडामा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम

    608   पटक पढिएको

 

वीरगंज १५ साउन, नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वक्ताहरुले नेकपा एमाले मधेसी बिरोधी पार्टी नभई मधेसको विकासका लागि कुनै पनि मुल्य चुकाउन तयार रहेको पार्टी भएको चर्चा गर्नु हुदै पार्टीका सम्पूर्ण उम्मेदवारहरुलाई भारी मतले बिजयी बनाई देशकै ठुलो पार्टी बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार बसरुदिन अंसारीले मधेस आन्दोलनकै कारण प्रदेश नं। २ को निर्वाचन पछि धकेलिएको र विकासमा पछाडि परेको बताउनु हुदै नेकपा एमालेकै सक्रियतामा दलित, गरिबहरुको उत्थानको लागि मधेसका २० वटा जिल्लामा जनता आवास कार्यक्रम मार्फत २० हजार घर निर्माण कार्य भइरहेको बताउनु भयो । शिक्षा, स्वास्थ्य, बाटोघाटो लगायत भौतिक पूर्वाधारको विकासको लािग सूर्य छापमै मतदिन आग्रह गर्नु हुदै नेता अंसारीले २०७२ को संविधानमा दलित, महिला, जनजाति, मुस्लिम, पिछडावर्गको अधिकार सुनिश्चित रहेकोले त्यसको भरपुर सदुपयोग गर्नु पर्नेमामा जोड दिनु भएको थियो ।
यसैगरी विभिन्न पार्टी परित्याग गरी वीरगंज महानगरपालिका वडा नं। १५ का करिब २ दर्जन महिलाहरु आज एक कार्यक्रमका बिच नेकपा एमालेमा प्रवेश गरेकी छिन् । अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य निर्मला देवकोटाको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार बसरुदिन अंसारी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा लगायतले नवप्रवेशीहरुलाई अबिर टिका लगाएर पार्टी प्रवेश गराउनु भएको थियो । 
त्यसैगरी वीरगंज महानगरपालिका वडा नं। १६ नगवामा कार्यकर्ता भेला सम्पन्न भएको छ । वडा कमिटिका अध्यक्ष अनवर अलीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले मधेसको विकास गर्ने पार्टी रहेकोले एमालेका उम्मेदवारलाई सूर्य छापमा मत दिई विजयी बनाउनु पर्नेमा जोड दिएको वडा नंं। १६ बाट अध्यक्षका प्रस्तावित उम्मेदवार रामाधार प्रसाद चौरसियाले जानकारी दिनु भयो ।
त्यसैगरी वीरगंज महानगरपालिका वडा नं। १३ मा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । वडा अध्यक्ष हिरा गिरीको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरुले वीरगंज भौतिक पूर्वधारमा पिछडिएको महानगरपालिका भएकोले यसको विकासको लागि एमाले सक्षम पार्टी भएको बताएका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, सांसद जुनैद अंसारी, वीरगंज महानगरपालिकाको उम्मेदवार बसरुदिन अंसारी, पर्सा संयोजक प्रभु हजरा, नेताहरु चिरञ्जीवी आचार्य, बालगोपाल थापा, मनोज चौधरी, अरबिन्द सिंह, निर्मला देवकोटा, प्रभा खडका, मानदेव हजरा, प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारी लगायतको विशेष सक्रियता रहेको थियो ।
त्यसैगरी पकहामैनपुर गाउंपालिकाको वडा नं। ४ लहावरथकरीमा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पकहा मैनपुर गाउपालिकाका संयोजक प्रभु प्रसाद कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, जिल्ला संयोजक प्रभु हजरा, प्रदेश सदस्य चिरञ्जीवी आचार्य, बालगोपाल थापा, वीरगंज महानगरपालिकाका उमेदवार बसरुदिन अंसारी, नेता अरबिन्द सिंह, मनोज चौधरी, प्रेस चौतारीका केन्द्रिय सदस्य बृजलाल पासवान, पर्सा अध्यक्ष अनुप तिवारी लगायतकाले नेकपा एमालेका सम्पूर्ण उम्मेदवारलाई बिजयी बनाउनका लागि सहभागी स्थानियबासी र कार्यकर्ताहरुसंग आग्रह गर्नु भएको थियो । 
हमिद मियाले स्वागत गर्नु भएको कार्यक्रममा भरत पासवान, चन्दन पासवान, शम्भु पासवान, राजेश कुशवाहा, सुदर्शन पासवान, बिजय पासवान, छोटेलाल पासवान, भरत पटेल, असर्फी राम, बैजनाथ पासवान, राजेन्द्र पासवान, मदन हजरा,जयसुकी राउत कुर्मी, रामलाल कुर्मी, नरेन्द्र पासवान लगायत सयौंको संख्यामा कार्यकर्ताहरुले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई सांसद् रामचन्द्र साह, वीरगंज मेयरका उम्मेदवार बसरुदिन अंसारी, प्रभु हजरा लगायतका नेताहरुले अबिर, टिका र माला लगाई पार्टीमा स्वागत गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

राजनीति

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

विहानै देशभर बम आतंक , स्कुल बसमा आगजनी, सुरक्षा व्यवस्था कडा, तर्साउन राखिएको हो आत्तिनु पर्दैन – प्रहरी, 

काठमाडौं, २९ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।  

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.