logo

पलको बुटेलमा आस्मा सरर‘ भिडियो

    609   पटक पढिएको

 

काठमाडौं, १८ साउन । ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको नयाँ गीत ‘जता जता पिरतीको बाटो‘।’ सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युबमार्फत गीतको भिडियोलाई मंगलबार दिउँसो २ बजे सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गतबर्ष सार्वजनिक भएको पल शाह र धुर्मुस सुन्तली अभिनित ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेलको रुपमा आएको हो ।

शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर रहेको छ । गीतमा दिनेश थपलियाको शब्द तथा चर्चित संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ । उदय राज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई चर्चित सिनेम्याटोग्राफर संजय लामाले खिचेका हुन् । भिडियोको ब्यवस्थापनको पाटो बिष्णु बुढाथोकीले सम्हालेका थिए ।

पोखराका रमणीय स्थानहरुमा सुटिङ गरिएको भिडियोमा पल शाहलाई पनि फिचरिङ गरिएको छ । भिडियोमा कार्टुन्ज क्रुको मेम्बरहरुको कमेडी पाटोलाई देखाईएको छ ।

कार्टुन्ज क्रु का सरोज अधिकारीका अनुसार यो भिडियो आफुहरुको लागि कमब्याक भिडियो रहेको बताएका छन् । उनी भन्छन्, ‘हाम्रो भिडियोहरु पहिला धेरै नै रुचाइन्थ्यो भने कतिले एउटै स्टेपहरु भयो भनी प्रतिक्रियाहरु आउथ्यो ति सबै प्रतिक्रियाहरुलाई मध्यनजर गरेर हामीहरुले यो भिडियो बनाएका हौँ । यो भिडियोको लागि हामीले २०र२५ दिनभन्दा धेरै रिर्हलसल गरेका छौँ ।’

यो भिडियोबाट नै आफुहरुले कमब्याक गर्न लागेकोले यसमा अरुभन्दा धेरै मेहनत गरेको कार्टुन्ज क्रुका सरोज अधिकारीको भनाई छ । उनि भन्छन्, ‘हामीले यो भिडियोको लागि अडिसन समेत लिएका थियौँ । अहिलेसम्म बनेका भिडियो मध्ये हामीहरुलाई पनि सबैभन्दा मन परेको भिडियो हो ‘जता जता पिरतीको बाटो’ ।’ गीतको भिडियोले सबैतिरबाट राम्रो प्रतिक्रिया आउनेमा आफुहरु आशावादी रहेको काटुन्ज क्रु को भनाई रहेको छ ।  साभार एविसी न्युज 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मनोरञ्जन

बोष्टर म्युजिक अवार्ड –२०७५ लाइफ टाइम एचिभमेन्ट सुरेन्द्र महर्जनलाई

काठमाडौं,१८ फगुन । नेपाली गीत, संगीत, नेपाली भाषा साहित्य र कला एवं कलाको विकासकोलागि राजधानीमा एक समारोह बीच बोष्टर म्युजिक अवार्ड  २०७५ को आयोजना गरिएको छ ।

गीतकार भुसालको एल्बम “नुतन कृति” सार्वजनिक

वीरगंज, २८ असोज÷ नेपाली कला, साहित्य संस्कृति र गीत संगीतमा कृयाशील रह“दै आउनु भएकी गीतकार नुतन भुसालको तेश्रो एल्बम “नुतन कृति” एक समरोहकाबीच लोकार्पण गरिएको छ ।

भिडियोमा ‘आकाशको तारा’

काठमाडौं, ७ भदौं । एक समय ‘विस्तारै विस्तारै’ गीत निकै रुचाइएको थियो । यसै गीतका गायिका वर्षा कर्माचार्यले नया“ गीत तथा भिडियो सार्वजनिक गरेकी छन् ।

पलको बुटेलमा आस्मा सरर‘ भिडियो

काठमाडौं, १८ साउन । ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको नयाँ गीत ‘जता जता पिरतीको बाटो‘।’ सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युबमार्फत गीतको भिडियोलाई मंगलबार दिउँसो २ बजे सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गतबर्ष सार्वजनिक भएको पल शाह र धुर्मुस सुन्तली अभिनित ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेलको रुपमा आएको हो ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।
Managing Director

S.B. Chhetri

Publisher

S​hekhar Chhatakuli ​

+977-9855021221​

info@birgunjdaily.com

Chief Editor

Santosh Kumar Jha

051-522178

info@birgunjdaily.com

Advertisement

Dinesh Gupta

+977-9845427558

marketing@birgunjdaily.com

Contact Us

​New Birgunj Media Pvt. Ltd. ​ Om Asaram 11,
Shreepur, Birgunj Parsa​, Nepal

+977-9855021221​

info@birgunjdaily.com


© 2017 birgunjdaily.com.

Design and Development by Cyberlink Pvt. Ltd.