बीरगंज १२ भदौ
पर्सा को बिरगंजमा स्थानिय चुनावका लागी बीरगंजमा पुर्व प्रधान मन्त्री माधव कुमार नेपाल सहितको नेताहरु बीरगंजमा घर दैलो कार्यक्रममा सरिक भएकाछन ।
तेस्रो चरणको असोज २ गते हुन गईरहेको हुदा नेकपा एमालेले पर्सामा चुनाव प्रचार प्रसारका लागी घर दैलो कार्यक्रममा नेमालेका शिर्ष नेताहरु आफना उम्मदवारहरुलाई समेत जिताउनका लागी उक्त प्रचार प्रसारमा जुटेकाछन ।
२ नम्बर प्रदेशको ८ जिल्लामा एक मात्र माहानगरपालिकाको रुपमा बीरगंज माहानगरपालिका रहेको हुदा एमालेका पुर्व प्रधान मन्त्री माधव कुमार नेपाल, पुर्व गृह मन्त्री एवम पार्टीका उपाध्यक्ष वामदेव गौतम, ईश्वर पोखरेल विष्णु पौडेल लगायतका नेताहरु अहिले बीरगंजमा आफना मेयरका उम्मेदवार वसुरुदिन अन्सारी संग भोट माग्न बीरगंजका प्रत्येक वडामा घर दैलो कार्यक्रममा हिडडुल गरी रहेकाछन । प्रदेश नम्बर २ मा असोज २ गते हुन गईरहेको तेस्रो चरणको स्थानिय तह को निर्वाचन लाई सघाउ पु्याउन का निम्ती बिरगंजमा आफना पार्टीका उम्मेदवार बसरुद्दीन अन्सारी लाई निर्वाचनमा सहयोग गर्न बिरगंजमा आई पुग्नु भएको छ । साथै आज बिहानै देखी बिरगंज महानगर पालिकाको विभिन्न वडाहरुमा नेपालले घरदैलो कार्यक्रमहरु सम्पन्न गर्नु भएको छ । पुर्व प्रधान मन्त्री तथा ने.क.पा. एमाले का वरिष्ट नेता नेपालले बिरगंजको विकाश र सम्उन्नती एमाले को प्रथम दायीत्वा भएको बताउनु भएको छ । त्यसै गरी नेपाली कांग्रेस, संघिय समाजवादी फोरम नेपाल, माओवादी, लगायत का राजनितिक दलहरुले आ.आफनो क्षेत्रहरुमा घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन ।
नेकपा एमालेले मेयरका लागी नेशनल मेडिकल कालेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारी लाई उम्मेदवार बनाउने घोषणा गरेको छ भने उप मेयरमा सोफिया अचार्यलाई उम्मेदवार बनाएकाछन । उक्त घर दैलो कार्यक्रममा सांसद जुनैद अन्सारी, युवा नेता मनोज चौधरी, सांसद रामचन्द« साह, पप्पु सिंह, दिलिप साह लगायत को उपस्थीती रहेको थियो ।
तपाईको प्रतिक्रिया