पर्साको बीरगंज छपकैया भकुवा घाट्बाट भारतबाट नेपाल तर्फ ल्याउदै गरेको प्रतिबन्धीत औषधी सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । सशस्त प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रतिबन्धीत औषधीको अन्दाजी मुल्य करिव ५० हजार रुपैया भन्दा बढी रहेको छ । बिशेष सुराकी को आधारमा भारतबाट एक जना महिलाले झोलामा राखी ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बलले चेक जाँच गर्दा उक्त महिला झोला छोरी फरार भएको थिईन ।