बीरगंज १५ माघ, आयोजक आमोदेबि युथ स्पोर्टसलाई सडन डेथमा हराउँदै नव जनजाग्रीती युवा क्लब सिमरा प्रथम पर्सागढि गोल्डकप फुटबलको क्वाटरफाईनलमा प्रबेश गरेको छ ।
पर्साको बढनियारमा जारी गोल्डकपको आजको खेलमा आयोजकलाई सडन डेथमा हराउँदै नव जन जाग्रीती सिमरा अन्तिम आठमा पुगेको हो ।
नव जनजाग्रीतीलाई जित दिलाउने क्रममा सडन डेथमा क्लबका ओम तामाङले निर्णयक गोल गरेका थिए ।
सुरुदेखीनै रोमान्चक बनेको खेलको निर्धारीत समयमा दुबै पक्षबाट कुनैपनी गोल हुन नसकेपछि खेल ट्राईबेकरमा धकेलीएको थियो ।
ट्राईबेकरमा पनी खेलको निर्णय हुन नसकेपछि नतीजाका लागी खेल सडन डेथमा पुगेको थियो ।
तपाईको प्रतिक्रिया