काठमाडौं, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६र७७ ग्रहण गर्दै उहाँले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा तोकिएको समयमा नै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन जरूरी भएको बताउनुुभएको हो ।
शेखर छतकुली बीरगंज ७ पौष नेपाली काँग्रेसका नेता रमेश रिजालले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर कम्युनिष्ट सरकार असक्षम भएको संज्ञा दिनु भएको छ । नेपाली कांग्रेस का केन्द्रीय सदस्य समेत रहेका नेता रिजालले नेपाली जनताले दिएको झण्डै दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारलाई प्रधानमन्त्रीले संसद विघटन गरेर कम्युनिष्ट सरकार असक्षम रहेको आरोप लगाउनु भएको हो ।
शेखर छतकुली बीरगंज ३० मंसिर बीरगंज भन्सार कार्यालयको लाहपारवाहीले गर्दा र समयमा लिलामी नगरेको कारण राज्यले करांैडो रुपैया नोक्सान बेहोर्नु परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाएको सवारी साधनहरु र खाधान्य समानहरु पक्राउ गरी भन्सार कार्यालयमा बुझएको माल सामानहरु लिलामी भन्सारले नगरेकोे कारण राज्यको करौंडो रुपैया गुम्ने गरेको छ ।
सन्जु छतकुली बीरगंज ९ मंसिर पर्सा प्रहरीले बीरगंजबाट अवैध हतियार सहित एक जनालाई नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले बिशेष सुचनाको आधारमा १ थान पेस्तोल र त्यसमा प्रयोग भएको ४ थान गोली सहित एक युवकलाई मंगलबार साझ नियन्त्रणमा लिएको हो ।
बिरगंज २९ असोज जिल्ला प्रशासन कार्यालय पर्साले बीरगंज छपकैया स्थित रहेको मालपोत कार्यालयमा बिहिवार राती करिव साढे आठ बजे राती छापामारी १५ जना कर्मचारी र बिचौलियालाई नियन्त्रणमा लिएको छ । मालपोत कार्यालयमा अफिस समय सकिएपछि पनि कार्यालयमा बसेर काम गरी रहेको बिशेष सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले बिहिवार राती साढे आठ बजेको समयमा छापामारी गरी १५ जनालाई नियन्त्रणमा लिएको हो ।
आश्विन २१ बुधबार, विश्वव्यापी कोरोना महामारीका कारण देशमा गत चैत्र ११ गतेदेखि लकडाउन लाग्यो । लकडाउनका कारण बन्द भएको व्यापार व्यवसाय अझै पनि राम्रोसँग तङ्ग्रिन सकेको छैन् । लामो समयसम्म बजार बन्द हुँदा विभिन्न पसलहरुमा म्याद गुज्रिएका सामाग्री पहिले भन्दा केही बढेकोलाई स्वभाविक मान्न सकिन्छ ।
सन्जु छतकुली बीरगंज २० असोज डाक्टर गोविन्द के सीको माग पुरा गर्न नेपाली काग्रेस पर्साले आज बीरगंजमा धर्ना दिएको छ । नेपाली काग्रेसका जिल्ला सभापती अजय कुमार द्धिवेदीको अध्यक्षतामा बीरगंजको घण्टाघरमा २३ मिनेट धर्ना दिएको हो ।
शेखर छतकुली असोज,२० बीरगंज नेशनल मेडिकल कलेज वीरगंजले वीरगञ्जको नगवामा रहेको बाबा होटलको अस्थायी नेशनल मेडिकल कलेजले कोरोना अस्पतालको पी सी आर टेस्ट सञ्चालनमा ल्याएको छ। नेशनल मेडिकल कलेज बीरगंजले कोरोना अस्पताललाई विश्व स्वास्थय संगठन डव्लु एचओ को मापदण्ड अनुसार र आधुनिक सुविधा सम्पन्न तरिकाले बनाएर सञ्चालनमा ल्याएको हो।
कृष्णा यादव बीरगंज १५ असोज विभिन्न पदमा जागिर लगाई दिने भन्दै नक्कली ईन्सपेक्टर बनी किर्ते परिक्षा सञ्चालन गर्ने एक जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । बीरगंज महानगरपालिका वडा नं १६ स्थित नगवामा रहेको देव पार्टि प्यालेसमा परिक्षा लिईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च प्रहरीले छापामारी गरि पक्राउ गरेको हो ।
सन्जु छत्कुली बीरगंज १५ असोज प्रहरीले ठूलो परिमाणमा हरियो केराउ बरामद गरी गोदाममा शिल गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च टोली र प्रदेश २ प्रहरीको संयुक्त प्रहरी टोली भण्डारन गरी राखेको ३ लाख २५ हजार किलो हरियो केराउको गोदाम शिल गरी नियन्त्रणमा लिएको हो ।
बीरगंज १३ असोज पर्सा प्रहरीले तस्करीमा कडाई गरेपछी अहिले बाराको मुशहर्वा वलिामपुर, बरैनिया, छतवा, नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा ब्यापक तस्करी शुरु भएको छ । पर्सामा प्रहरीले अबैध रुपमा हुने गरेको तस्करीमा कडाई गरेपछी अहिले तस्करहरु पर्सा नाका छाडेर बाराको बिभिन्न नाकाहरुबाट तस्करी गर्दै आएको स्थानियहरुले यस अनलाईनलाई बताएकाछन ।
बीरगंज ३ असोज सरकारले संबिधान दिवसको अवसरमा १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ । सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलसहित १६ जना पत्रकारलाई मानपदव, अलंकार र पदकद्वारा बिभुषित गर्ने निर्णय गरेको हो ।
सन्जु छतकुली बीरगंज २६ भदौ नेशनल मेडिकल कलेज वीरगंजले आज देखी अस्थाई कोरोना अस्पताल सेवा शुरु गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवमा रहेको नेशनल मेडिकल कलेजको निजी भवनमा आज देखी स्वास्थय मन्त्रालयको सहमतीमा आज देखी २० वटा आईसियुलेशन सहित १७० बेड क्षमता भएको कोभिड अस्पताल संचालनमा ल्याएको हो ।
वीरगञ्ज १७ भदौ । कोभिड १९ कोरोना भाईरसको जोखिमबाट बच्ने र बचाउने उद्देश्यले पर्सामा वातावरण जिउने आधारद्वारा वीरगञ्जमा जनचेतना फैलाउन गाउँ टोलमा आज दोस्रो दिन पनी अभियान शुरु गरेको छ । वातावरण जिउने आधारद्वारा पर्साको बीरगंजमा दोस्रो दिन पर्चा पम्पलेट बाटने र माईकिङ्ग गर्ने अभियान शुरु गरेको हो ।
सन्जु छतकुली बीरगंज ५ भदौ सशस्त्र प्रहरी बल पर्साले करिब छ लाख रुपैया बराबरको अबैध भारतिय कुखुराको चल्ला नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल १३ नम्वर गण बीरगंज पर्साको टोलीले भारतबाट अबैध रुपमा छ वटा साईकलमा नेपाल तर्फ भित्रयाउदै गरेको अवस्थामा ५ लाख ४६ हजार रुपैयाँ मुल्य बराबरको अबैध कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।
कृष्णा यादव वीरगंज, १ भदौ÷ वीरगंजबाट प्रकाशित प्रतीक दैनिकले आज ३४ औं वार्षिकोत्सव एक कार्यक्रम बिच सम्पन्न भएको छ । प्रतीक दैनिकले आज ३४ औं वार्षिकोत्सव आफनै कार्यालयमा सम्पन्न गरेको हो ।
काठमाडौं, ३२ साउन । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रशासन कार्यालयबाट जारी आदेशको प्रभावकारी कार्यान्वयन गराउन अनुगमन टोलि खटिएको छ । उपत्यकाका तीन ओटा जिल्लामा जिल्ला प्रशासन कार्यालय, प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, स्वास्थ्यकर्मीको टोलि अनुगमनको लागि परिचालन भएको हो ।
सन्जु छतकुली बीरगन्ज ३२ श्रावण बारा र पर्सामा रहेको चोर बाटो खेतको आली हुदै भारतियहरु केही दिन पहिले नेपाल प्रवेश गरे पछी अहीले बीरगंज लगात पर्सा जिल्लामा कोरोना संक्रमितहरुको संख्यामा बृदि भएको छ। बीरगंज पथलैयामा रहेको औधोगिक कोरिडोरका उधोगहरुमा कार्यरत भारतिय मजदुरहरु बारा जिल्ला र पर्सा जिल्लाको सिमा नाकामा रहेको चोर बाटो खेतको आली हुदै केही दिन पहिला भारतियहरु नेपाल प्रवेश गरेपछी बीरगंजमा कोरोना संक्रमितहरुको संख्यामा बृदि भएको हो ।
बुटवल २० श्रावण। राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय राना सेवाग्राही सँग घुस लिंदालिंदै अख्तियारको फन्दामा परेका छन् । उनलाई घुस दिने स्थानीय उद्योगी पनि राना सहित पक्राउमा परेका छन् ।
काठमाडौं । नेपाल प्रेस युनियनले कोरोना महामारीको बेला अग्रपंक्तिमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । नेपाल प्रेस युनियका अध्यक्ष बद्री सिग्देलको सभापतित्वमा युनियनको प्रकाशन विभागले गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका सहमहामन्त्री डा। प्रकाशरण महतले स्वास्थ्य सामग्री वितरण गरेका हुन ।
सन्जु छतकुली वीरगंज १९ असार । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले गणतन्त्र नेपालको पहिलो प्रधान मन्त्रि एवम नेपाली काग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तिको अवसरमा आज वृक्षारोपन गरिएको छ । फाउण्डेशन पर्साले आज बीरगंजमा विभिन्न प्रजातिका २४३ थान वोट बिरुवाहरु रोपिएको हो ।
कृष्णा यादव बीरगंज १९ असार पर्साको बिन्दवासनी गाँउपालिकाका उपमेयर किरण गुप्ताले अज १ सय १० जना पत्रकारहरुलाई आवश्यक सामग्री बितरण गर्नु भएको छ । बिन्दवासिनी गाउपालिकाका उप मेयर गुप्ताले एक कार्यक्रमको आयोजना गर्दै पत्रकारमाहासंघको सभाहलमा त्रियाशिल पत्रकारहरुलाई सेनिटाईजर, आयुर्वेदिक औषधी, च्यनप्राश, मास्क र केही औषधीहरु बितरण गर्नु भएको हो ।
कृष्णा यादव बीरगंज १६ असार सरकारले जारी गरेको नागरिकता बिधेयकको बिरुद्धमा जनता समाजवादी पार्टी पर्साले आज बिरगंजमा जुलुश निकालेर बिरोध प्रर्दशन गरेको छ । जनता समाजवादी पार्टीले बीरगंजमा सरकारले मधेश बिरोधी नागरिकता ल्याएको भन्दै बीरगंजमा प्रर्दशन गरेको हो ।
कृष्णा यादव वीरगंज १६ असार सशस्त्र प्रहरीको बिओपी अलौले करिव १ लाख भारतिय रुपैया सहित एक जनालाई नियन्त्रण लिएको छ । पर्साको अलौमा रहेको सशस्त्र प्रहरी नायव निरिक्षक रामशरण पुडाशैनीको नेतृत्वमा रहेको टोलीले स्रोत नखुलेको ९१ हजार भारतिय रुपैया सहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
सन्जु छतकुली बीरगंज १५ असार सरकारले ल्याएको नागरिकता विद्येयकको विरुद्धमा वीरगञ्जमा नागरिक समाजले १ धर्ना दिएर बिरोध प्रदर्शन गरेको छ । सरकारले केही दिन पहिला ल्याएको नागरिकता बिधेयकको बिरुद्धमा सोमवार बीरगंजको घण्टाघरमा बसेर धर्ना दिई नागरिक ुसमाजले बिरोध जनाएका हुन ।