बीरगंज २९ श्रावण नेकपा एमाले महानगर कार्य समीती विरगंज द्धारा विरगंज महानगरपालीका वडा नं. १८ भवानीपुर ईनर्वा मा सांसद विचारी यादव को अध्यक्ष्ता मा बृहत पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको छ । शिवजी ठाकुर को नेतृत्व मा पार्टि प्रवेश कार्यक्रम मा विभिन्न पार्टि परित्याग गरी एमाले पार्टि मा सैयौँ को संख्या मा पार्टि प्रवेश गरेका छन् ।
वीरगंज २५ साउन, नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगरपालिकाको वडा नंं। ७ मा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको उम्मेदवार बसरुदिन अंसारीले नेकपा एमाले जनताको सुख दुःखमा साथ दिने पार्टी भएकोले यसमा पार्टी प्रवेश गर्नेहरुको लहर बढदै गएको चर्चा बढदै गएको बताउनुभयो ।
काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष निकालेका छन् । सम्बन्ध तिक्त रहेको राष्ट्रिय जनता पार्टीसंँग तालमेल गर्ने एमालेको पहिलो प्राथमिकता छ । त्यहीअनुसार एमाले नेताहरूले सम्बन्ध सुधार्ने प्रयास तीव्र पारेका छन् । प्रदेश २ मा पार्टीको स्थिति मजबुत रहेको र पहिलो स्थान नै हासिल गर्ने सम्भावना रहेको ती नेताहरूले केन्द्रलाई रिपोर्टिङ गरेका छन् । कान्तिपुरमा खबर छ ।
काठमाडौं, २४ साउन । हाम्रो देशमा पार्टी बन्ने र फुट्ने श्रृङखला नौलो होइन । ठूलै ढोङ सहित पार्टी स्थापना हुन्छ । तर, केही समय पछि विभाजन हुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना भने निक्कै रोचक छ । किनकी, राप्रपा जन्मदै जुम्ल्याहा पार्टी हो । पञ्चायती व्यवस्था ढले लगत्तै पूर्व पञ्चहरुको पार्टीको रुपमा २०४७ सालमा राप्रपा बनाउने कसरत सुरु भयो । एकै दिन एउटै नाममा दुई अध्यक्ष भएको पार्टी घोषणा भयो – राष्ट्रिय प्रजातन्त्र पार्टी । एउटा पार्टीको नेतृत्व सूर्यबहादुर थापाले गरे भने अर्को पार्टीको नेतृत्व लोकेन्द्र बहादुर चन्दले ।
वीरगंज २१ साउन, नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले नेकपा एमाले मधेसी बिरोधी पार्टी नभई मधेसको विकासका लागि कुनै पनि मुल्य चुकाउन तयार रहेको पार्टी भएको चर्चा गर्नु हुदै असोज दुई गते हुने स्थानिय निर्वाचनमा एमाले पार्टीका उम्मेदवारहरुलाई अत्याधिक मतले बिजयी बनाउन आग्रह समेत गरेका थिए ।
बारा २१ साउन दोस्रो संविधानसभा २०७० सालमा भएको निर्वाचनमा उम्मेदवार भएका हासिम अंसारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन । तराई मधेश फोरम पार्टी बाराबाट क्षेत्र नं. ३ मा बाल्टिन चिन्ह लिएर दोस्रो संविधान सभामा उम्मेदवार भएका अंसारी एक समारोहका बिच शनिबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन । बाराको फेंटा गांउपालिका भएको कार्यक्रमका बिच साविक पुरैनिया गाविस ५ निवासी अंसारी कांग्रेसमा प्रवेश गरेका हुन ।
काठमाडौँ २०,–साउन राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० को बैठक साउन १८ गतेदेखि शुरु भएको छ । पहिलो चरणमा पदाधिकारीहरुको बैठक बसेको छ भने २२ गतेदेखि दोस्रो चरणमा केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ । जारी बैठकमा पार्टीभित्र असन्तुष्टिका स्वरहरु सुनिन थालिएको छ । खासगरी यसअघि महन्थ ठाकुरले नेतृत्व गरेको तमलोपामा आबद्ध नेताहरुमा त्यस्तो असन्तुष्टि देखिएको हो ।
बीरगंज २० श्रावण संघिय समाजवादी फोरम नेपाल पार्टीको नगर स्तरिय भेलाले बीरगंज माहानगरपालिकाको नगर समिती अध्यक्षमा मुकेश द्धिवेदीको अध्यक्षतामा ५१ सदसिय चयन गरेको छ । साउन २० गते बीरगंजको घडिअर्वा स्थित गोपाल मण्डलीमा बसेको फोरम नेपालको बसेको भेलाले नगर समितीको अध्यक्षमा मुकेश द्धिवेदीलाई चयन गरेको हो । बुधवार बसेको नगर स्तरिय भेलाले अध्यक्षमा मुकेश द्धिवेदी उपाध्यक्षमा घनश्याम गुप्ता, प्रकाश शर्मा, शेख रुस्तम सचिवमा राजिव कुमार सरार्फ सहसचिवमा शंकर साह कानु र कोषाध्यक्षमा शिवनाथ राउत कुर्मी चयन भएकाछन ।
बीरगंज १८ श्रावण बीरगंज माहानगरपालिका १७ स्थित अलौ टोलमा बिभिन्न पार्टी परियाग गरी संघिय समाजवादी फोरमा नेपाल पार्टीमा प्रवेश गरेकाछन । बुधवार फोरम नेपाल अलौ ईकाई समितीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा करिव एक दर्ज भन्दा बढीको संख्यामा फोरम पार्टी प्रवेश गरेका हुन ।
धनुषा, १७ साउन । शहरी विकास तथा भवन निर्माण मन्त्री प्रभु साहले जनकपुरधामको विकासको लागि जनकपुरवासी इमान्दारीपूर्वक एकजुट हुनु आवश्यक रहेको बताउनुभएको छ ।
वीरगन्ज १६ साउन संघीय समाजवादी फोरम नेपालका मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगीले मधेस आन्दोलनको मांग फोरम नेपालको विजयले मात्र सुश्चित हुने धारणा व्यक्त गर्नुभएको छ ।
जनकपुर, साउन १६ – स्थानीय निकायको निर्वाचन हुन बाँकी रहेको प्रदेश नम्बर २ मा पार्टीलाई एक नम्बर बनाउन नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु मधेस झरेका छन् ।
वीरगंज १५ साउन, नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले नेकपा एमाले मधेसी बिरोधी
वीरगंज १५ साउन, नेपाल कम्युष्टि पार्टी एमालेको वीरगंज महानगरपालिकाको वडा नं। १० मा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंज १३ साउन, नेकपा एमाले वीरगंज महानगरसमितिले आज वीरगंजमा चुनावी छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
वीरगंज १२ साउन, नेकपा एमाले निकट अखिल नेपाल महिला संघ वीरगंज महानगरपालिकाको नगर स्तरिय महिला भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
श्रम तथा रोजागर मन्त्री फरमुल्लाह मंसुरको बारा निर्वाचन क्षेत्र नं. ३ मा सञ्चालित योजनाहरुको जिल्लाको सञ्चारकर्मीहरुको टोलीले अनुगमन गरेका छन । आर्थिक वर्ष २०७३÷०७४ मा क्षेत्र नं. ३ मा सञ्चालित निर्वाचन क्षेत्र
वीरगंज १० साउन, नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश नं। २ को असोज २ गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमालेलाई जसरी भए पछि बिजयी बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
वीरगंज ८ साउन, नेकपा एमालेको वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ ।