logo

डिआईजी  पालका टोलीले सीमा क्षेत्रबाट १० लाखको हरियो मटर  बरामद गरे 

    5/7/2019 गते 00 00 मा प्रकाशित   1047   पटक पढिएको

 लहान, २४ बैशाख । सिरहाको माडर सीमाक्षेत्रबाट तेस्रो मुलुकबाट आयात चार सय ४७ बोरा हरियो मटर प्रहरीले बरामद गरिएको छ । सीमाक्षेत्रमा घर भाडा लिएर आठ महिनादेखि भारतीय नागरिक र नेपालका केही तस्कर मिलेर नेपालबाट भारत मटर पुर्याउँने गर्दै आएका छन् ।  भारत पुर्याउँन तयारीमा रहेको अवस्थामा नेपाल प्रहरीको डिआईजी हरिबहादुर पालका टोलीले हरियो मटर बरामद गरिएको हो । बरामद गरिएको मटर माडर भन्सारमा बुझाएको छ भने दूई मध्ये एक गोदाम खालि गरिसकेको छ । अर्का एक गोदाममा ४ सय ४७ बोरा मात्रै मटर भारत लैजाने तयारीमा रहँदा प्रहरीले नियन्त्रणमा लिएको छ । भाडा लिएको घरदेखि २ सय मिटर दुरीमा नेपाल भारतको सीमा रहेको छ । त्यस सिमामा सशस्त्र प्रहरीको मात्र ड्युटी रहेको छ । स्थानीयहरु भन्छन् — तस्करहरुलाई संरक्षणको रुपमा सशस्त्र प्रहरीले नै आफ्नै अगाडिबाट मटर निकासी गराउँने काम भइरहेको छ । प्रहरीकै मिलोमतोमा राती १२ देखि ३ बजेसम्म सो मटर पिकअप गाडीले भारत निकासी हुने गरेको स्थानीयहरु बताउँछन् । बरामद गरिएको मटरको मूल्य करिब १० लाख रहेको छ भने एक क्वाँटलमा १८ सय नेपाली रुपैयाँ मुनाफा हुने गरेको छ भने बरामद गरिएको मटरमा करिब ४ लाख मुनाफा हुने रहेको छ । उक्त बरामद गरिएको मटर साक्षी इन्टरप्राइजेज लहान ८ को नाममा ८६ हजार १ सय र साक्षीकै नाममा २ लाख ४६ हजारको बैशाख २२ गतेको एउटै मितिमा दूई पटक वील काटिएको छ । यस्तै रुँगटा प्रोसेसिँग इण्डट्रीज निपनीमाल ८ ९परवानीपुर वारा० नाममा ३ लाख ९५ हजार २ सय ५० रुपैयाँको वील बैशाख २१ गतेको मितिमा काटिएको छ । उक्त खरिद गरिएको बील सुमन ट्रेड सेन्टर माडर सिरहा १६ को नाममा बील काटिएको हो । 
खरिद गरिएको मटर खुद्रा विक्री मात्र गर्न पाउँने प्रावधान रहेको छ । तर, तेस्रो मुलुकको मालसमान नेपालबाट प्रहरीकै मिलोमतोमा सहज रुपमा तस्करी हुँदै आएको छ । डिआईजी पालका टोलीले सिरहा १६ माडरको नाममा खरिद बील रहेकोमा सिरहा १७ माडरबाट अवैद्य रुपमा रहेको मटर बरामद गरिएको छ । जहाँ वाणिज्य दर्ता प्रमाणपत्रमा सुमन ट्रेड सेन्टरको कारोबार तीन लाखसम्म मात्र उल्लेख छ । डिआईजी पालको टोलीले पहिलो चोटी यत्ती धेरै परिमाणको मटर बरामद गरिएको छ । यसैबीच बरामद गरिरहेको अवस्थाको पत्रकारहरुले फोटो लिन खोज्दा नेपाल प्रहरीका असय रामबाबु यादवले रोक लगाएका थिए । असय यादवले ‘म कस्ता कस्ता पत्रकारलाई देखिसके तिमीहरुलाई ठीक हुँदैन ।’ ‘फोटो खिच्न पाइदैन भन्दैछु ।’ त्यसपछि पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलसँग सम्पर्क गर्दा ‘प्रहरीले नियन्त्रणमा लिएको समानमा कहाँ पत्रकारको फोटोसोटो खिच्ने अधिकार छ ।’ ‘म भरै फोटोसोटो लिएर पठाईदेउला ।’ भन्दै डिएसपी खरेल पन्छिएका थिए । जिल्ला प्रशासन कार्यालय सिरहाका सिडियो रुद्रप्रसाद पण्डितले भने ‘मेरो मान्छे छैन त्यहाँ , म एसपी साहेवसँग कुरा गर्छु ।’ ‘त्यसपछि केही होला ।’ पत्रकारहरुले सिरहाका प्रहरी प्रशासनबाट निराशा पाएपछि डिआईजी पालसँग सम्पर्क गर्दा मात्रै फोटो खिच्न पाएका छन् । सिरहामा केही पत्रकारहरुले मिशन बोर्डर शुरु गरेकोमा हालसम्म सिमा अतिक्रमण, तस्करी तथा लुटपाटको घटना निरन्तर लेख्दै आएको छ । साभार एवीसी न्युज

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।