logo

 नेपालगन्जमा भन्सारको ‘सेटिङ’मै भित्रिन्छ अवैध सामान

    10/29/2017 गते 00 00 मा प्रकाशित   683   पटक पढिएको

 नेपालगन्ज १२ कार्तिक,  करिब २० लाख मूल्य बराबरको ईलेक्ट्रिकल मेसिन बोकेको यूपी ३५ टी ७३०७ नम्बरको भारतीय ट्रक शनिबार बेलुका साढे ७ बजेतिर भन्सार पास नगराएरै नेपालगन्ज भित्रियो।

प्रत्यक्षदर्शीका अनुसार शनिबार दिउँसो भन्सार नजिक रोकिएको उक्त ट्रक बेलुका भएपछि चेकपोष्ट पार गरेको थियो।

लाखौं मूल्य पर्ने सामान भन्सार नगरेर भित्रिएको सुईको पाएपछि पुगेको प्रहरीले ट्रकलाई स्थानीय महेन्द्र बहुमुखी क्याम्पस नजिकबाट नियन्त्रणमा लियो।

भन्सार कार्यालय सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिव आधा दर्जन सुरक्षा पोष्ट पार गरेर सहज रुपमा भित्रेको उक्त ट्रकलाई संघीय प्रहरी ईकाई कार्यालय नेपालगन्जले नियन्त्रणमा लिएको हो। 

कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक महेशविक्रम शाहका अनुसार उक्त ट्रकमा रहेको मेसिन नेपालगन्जस्थित दुर्गेश्वरी इन्टरप्राईजेजको रहेको खुलेको छ ।

संलग्न व्यवसायीको नाम पत्ता लागेको छैन, फोन नम्बर छ, तर मोबाईल अफ छ,’ एसएसपी शाहले भने । ट्रकले भारतीय कस्टममा ईन्ट्री गरेपनि सामान अनुसार बिलमा मूल्य नभएको उनले बताए। ‘

भन्सारको बाटो हुँदै चौलिका चोकलाई क्रस गरेर ट्रक माथी आएको छ,’ एसएसपी शाहले भने ‘यसलाई भन्सार कार्यालयले रोक्नुपर्ने हो, रोकेको पाइएको छैन, यसमा लापरबाही भएको देखिन्छ ।’

सामान लोड गरेर आएको ट्रकलाई भन्सारले यसरी छाड्दा राज्यको राजश्व गुम्ने उनले बताए। नियन्त्रणमा रहेको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागी प्रहरीले राजश्व अनुसन्धान कार्यालय कोहलपुरको जिम्मा लगाएको छ। 
      उता भन्सार कार्यालय प्रमुख जनार्दन आचार्यले भन्सार नतिरेर प्रवेश गरेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको सुनेको बताएका छन्। ‘म कहाँ डिटेलमा आएको छैन,’ आईतबार नागरिकसँग भने ‘यसको छानविन गर्न एउटा टोली बनाएको छु ।’ ट्रकले कसरी चेकपोष्ट पार गर्‍यो भन्ने विषयमा अनुसन्धान गरिने भन्सार प्रमुख आचार्यले बताए। जाँचपास नगरेरै ट्रक भित्रिएकोमा आश्चर्यता प्रकट गरे। उनका अनुसार कार्यालयले मेसिन आयातमा ४ प्रतिशत भन्सार लिन्छ । ‘यो ठूलो रकम होईन, लगभग ७० हजार बराबरको भन्सार लाग्थ्यो,’ उनले भने । सर्वसाधारणलाई कडाई गर्ने कार्यायलले पटक–पटक ठूला व्यवसायीको सामान बिना भन्सार ‘सेटिङ मिलाएर’ भित्र्याएको भन्दै स्थानीयस्तरमा व्यापक आलोचना हुने गरेको छ । यस्तो घटना नेपालगन्ज भन्सारमा नौलो भने होईन्। 
      गत असोज अन्तिम साता भन्सार कार्यालयले भारतबाट ल्याउँदै गरिएको ठूलो परिमाणको मासु ट्रक सहित बरामद गर्‍यो । एचआर ५५ एन ५२४० नम्बरको भारतीय ट्रकमा लोड गरिएको १५ मेट्रीक टन मासु झुठो कागजात पेश गरेर नेपालगन्ज प्रवेश गराउन लागेको भन्दै कार्यालयले बरामद गरी नष्ट गरेको थियो । केही समयपछि भने घटनाको तथ्य फरक आयो । स्रोतका अनुसार मासु आयात गर्ने व्यवसायी र भन्सार कर्मचारीबीच रकममा कुरा नमिलेपछि ट्रकलाई रोकेर मासु नष्ट गरिएको थियो ।       करिव १० महिना अघिपनि ‘कनिका’को नाममा एक ट्रक चामल भित्रेको तथ्य बाहिर आएको थियो । भन्सार पार गरी आएको युपी २२ सी ९८०४ नम्बरको ट्रक पल्टिएपछि ट्रकमा कनिका नभएर चामल फेला परेको थियो । यसमा पनि भन्सार कर्मचारीकै सेटिङ रहेको स्रोत बताउँछ। चामल बोकेर आएको उक्त ट्रकले नेपालगन्ज भन्सार कार्यालयमा कनिकाको राजश्व तिरेको थियो । कनिका र चामल चार चार सय बोरा रहेकोमा व्यवसायीले ८ सय बोरा कनिकाको भन्सार तिरेका थिए। नेपालगन्जस्थित अंशु ट्रेडिङले कनिकाको नाममा चामल भित्र्याएर ६० हजार ९ सय १० रूपैयाँ राजश्व तिरेको भन्सारको अभिलेख छ। पटक–पटक भन्सारमा हुने गरेका यस्ता गतिविधीबारे सम्बन्धित निकाय बोल्न चाहँदैनन्। नागरिक दैनिकबाट 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।