कृष्णा यादव
बीरगंज १ चैत्र
पर्साको ग्रमिण भेगबाट तस्करी प्रहरी चौकीको मिलोमतोमा दिन दिनै मौलाउदै गएको छ ।
पर्सामा नेपाल भारतको नाकाहरु मध्ये भिष्वाबाट ठूलो मात्रामा प्रहरी चौकीका प्रहरीहरुको मिलोमतोमा ब्यापक लत्ता कपडा कुखुराको चल्ला र चाईनिज सामानहरुको तस्करी अहिले तिब्र रुपमा संचालनमा आएको हो ।
पर्साको भिष्वा नाकाबाट तस्करहरुले दिनहु भारतिय नम्बरको पिकप र मोटरसाईलमा भारतबाट नेपाल तर्फ भन्सार छलेर लत्ता कपडा लगायतका अबैध सामानहरु सो स्थानमा रहेको प्रहरी चौकीका प्रमुख र नाकामा डियुटीमा रहेका प्रहरीहरुको साठगाठमा तस्करहरुले भित्रयाउने गर्छन भने बीरगंजबाट सो बाटो हुदै ५० लाख रुपैया भन्दा बढीको चाईनिज कम्बल, तन्ना लगायतका सामानहरु भारत तर्फ तस्करी हुने गरेको छ । अहिले पर्साको बीरगंज आसपास लगायत ग्रामिण भेगमा रहेको अमरपटी प्रहरी चौकी, जानकीटोला लगायतका नाकाहरुबाट प्रहरी चौकीका प्रहरीले रकम लिएर तस्करहरुलाई तस्करी गर्न छुट दिएका छन ।
सशस्त्र प्रहरीले अबैध रुपमा भन्सार छलेर अबैध रुपमा भित्रयाउदै गरेको ७ लाख रुपैया बराबरको चल्ला सहित सामान पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलको भन्सार राजश्व तथा भन्सार गस्ती टोली बीरगंजले भन्सार छलेर मोटर साईकलमा नेपाल तर्फ ल्याउदै गरेको ७ लाख रुपैया भन्दा बढी सामान पक्राउ गरेको हो ।
छिमेकी मुलुक भारतबाट पर्साको ग्रामिण भेगमा रहेको भिष्वा नाकाबाट २ वटा भारतिय नम्बरको मोटर साईकलमा भित्रयाउने क्रममा पर्साको पोखरियाबाट सशस्त्र प्रहरीको भन्सार राजश्व गस्तीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी भन्सार राजश्व गस्ती टोली बीरगंजका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाएकाछन ।
राजश्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाको नेतृत्वमा रहेको टोलीलाई तस्करहरुले देख्ना साथ उक्त भारतिय नम्बरको मोटर साईकल सहित त्यसमा रहेकोे अबैध ५ हजार पिस भारतिय कुखुराको चल्ला, लत्ता कपडा, टिभीको रिमोट, पिचकारी र २१ सय किलो मरिच छाडेर तस्करहरु भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले नियन्त्रणमा लिएको सामानहरुमा १ लाख ५६ हजार रुपैया बराबरको कपडा टिभीको रिमोट पिचकारी ५ लाख ५० हजार बराबर मुल्यको तस्करीमा प्रयोग गरिएको मोटरसाईकल कुखुराको चल्ला ५ हजार पिस २१ हजार रुपैया बराबर मरिच लगायत गरी जम्मा ७ लाख २६ हजार रुपैया बराबरको अबैध भन्सार छलीको सामान पक्राउ गरेको थियो ।
राजश्व गस्ती टोलीले पक्राउ गरेको उक्त भन्सार छलीका सामानहरु आवश्यक कारवाहीका लागी आजै बीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले बताए ।
तपाईको प्रतिक्रिया