logo

पर्सा बारामा ब्यापक तस्करी शुरु, सशस्त्रको राजश्व गस्तीले ७ महिना समात्यो पौने ५ करोडको सामान  भन्सारको लक्ष्य प्रभावित

    2/27/2019 गते 00 00 मा प्रकाशित   1300   पटक पढिएको

न्युज डेस्क
बीरगंज १५ फागुन 
बारा र पर्साको ग्रामिण भेगबाट नेपाल प्रहरीको मिलोमतो तस्करी बढदै गएपछी बीरगंज भन्सार कार्यालयको राजश्व असुली प्रभावित हुदै गएको छ । 
नेपाल भारतको प्रमुख प्रवेश द्धारको रुपमा रहेको पर्सा जिल्लाका ग्रमिण भेगहरुबाट पर्सा प्रहरीले ठूलो मात्रामा तस्करीको लाईन संचालन गर्न तस्करहरुलाई छुट दिएपछी बीरगंज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको हो । 
छिमेकी मुलुक भारतको रक्शौलको रेलबाट दैनिक रुपमा ५ सय कपडाको गाठहरु सिक्टा, भिष्वा, र ठोरी स्टेशनमा पुगेर तस्करहरुले अबैध रुपमा भन्सार छलेर प्रहरीको मिलोमतोमा नेपाल प्रवेश गरी रहेको स्रोतले दावी गरेको छ । 
पर्साको ग्रामिण भेगका सिमानामा रहेको भिष्वा, जानकीटोला, अमरपटी, धोरे, सिकटा, झौवा लगायतका नाकाहरुबाट ठूलो मात्रामा तस्करी संचालन पर्सा प्रहरी र पर्साको बिभिन्न प्रहरी युनिटहरुका प्रहरी प्रमुखहरुले तस्करी गर्न छुट दिएकाछन भने बाराको मटिअर्वा, बलिरामपुर, कवही, सिम्रोनगढ, कचोर्वा लगायतका नाकाहरुबाट बारा प्रहरीको चौकी अगाडीबाट युनिटका प्रमुखहरुले मोटो रकम लिएर तस्करी गर्न छुट दिएका कारण बीरगंज भन्सार कार्यालयको चालु आर्थिक बर्षको श्रावण देखी माघ महिनाको मसान्त सम्मको ७ महिनामा राजश्व असुलीमा गिरावट आएको हो । 
माघ १३ गते ठिक एक महिना पहिला सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ना २ त १६४८ नम्बरको धानको ट्रेकटरमा लुकाई छिपाई भिष्ण नाकाबाट नेपाल भित्रयाउदै गरेको करिव ७१ लख रुपैया बराबर तस्करीको लत्ता सहित एउटा ट्रेक्टर बीरगंज १७ स्थित अलौको तिलावे पुलबाट सशस्त्र प्रहरीको अलौ बेशले नियन्त्रणमा लिएको थियो ।
 त्यसको करिव एक हप्ता नवित्दै पर्साको ठोरीबाट एउटा धान बोकेको लु १ ख ३३१० नम्बरको ट्रकमा लुकाई छिपाई ठोरीको बाटो हुदै चितवन लादै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठोरीले करिव २० लाख रुपैया मुल्य बराबरको सटिड्ड सुटिड्डको कपडा र कुर्ता शुरुवाल नियन्त्रणमा लिएको थियो । 
पर्साको गा्रमिण भेगबाट पर्सा प्रहरीको मिलोमतोमा ठूलो मात्रामा तस्करी भै रहेको यसले प्रमाणित गर्दछ । 
यता सशस्त्र प्रहरी बलको भन्सार राजश्व गस्तीले दिनहु डेढ लाख देखी अढाई लाख सम्म नेपाल प्रहरीको बलिरामपुर नेपाल भारत सिमामा रहेको ईनरुवा प्रहरी चौकीले तस्करहरु संग तस्करीको लाईनको रकम लिएर छाडेको अबैध भन्सार छलेर भित्रयाउदै गरेको तस्करीको सामान पक्राउ गर्न सफल भएको । 
उता जिल्ला प्रहरी कार्यालय बाराले बाराको ग्रामिण भेग पिपरपातीबाट फागुन ८ गते विआर ०५ एफ ५७५० र विआर ०५ ओ ११२५ नम्बरको भारतिय मोटर साईकलमा भन्सार छलेर लादै गरेको अवस्थामा ३ लाख भन्दा बढी मुल्यको अबैध लत्ता कपडा सहित २ जनालाई नियन्त्रणमा लिएको थियो ।
   भने माघ २७ गते र फागुन १३ गते गरी बारा प्रहरीले अबैध भन्सार छलीको रजनीगंधा र लत्ता कपडा गरी करिव २ लाख रुपैया भन्दा बढीको तस्करी सामान पक्राउ गर्नुको साथै एकथान मोटर साईकल र एक युवकलाई नियन्त्रणमा लिएको थियो प्रहरीले । 
 बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्षको ७ महिनामा भन्सार लक्ष्य असुली गर्न असफल भएको छ । भन्सार कार्यलयले चालु आर्थिक बर्षको श्रावण देखी माघ मसान्त सम्मको ७ सात महिनामा ९५ प्वाईन्ट ४७ प्रतिशत मात्र भन्सार राजश्व असुली गर्न सफल भएको हो । 
चालु आर्थिक बर्षको ७ महिनामा भन्सार बिभागले ९२ अर्व ६६ करोड ७१ लाख ५७ हजार रुपैया राजश्व असुली गर्न बीरगंज भन्सारलाई जिम्मा दिएको भन्सार कार्यालयले ८८ अर्व ४७ करोड १५ लाख ८८ हजार रुपैया मात्र असुली भएको भन्सार कार्यालयका सुचना अधिकृत मनिष कुमार महतोले जनाएकाछन । 
भन्सार कार्यालयलाई असुली गर्न दिएको लक्ष्यको अनुपातमा जुन करिव साढे चार प्रतिशत कम भन्सार कार्यलयले लक्ष्यको अनुपातमा असुली गरेको छ । 
भन्सार कार्यालयले भन्सार कर, मुल्य अभिबृद्धी कर, अन्त शुल्क कर, पुर्वाधार कर, अग्रिम आयकर, स्वाथ्य जोखिम कर, गरी जम्मा ६ वटा शिर्षकहरु मध्ये सब भन्दा बढी कर असुली अन्त शुल्क करमा लक्ष्य भन्दा ३० प्रतिशत बढी असुली गर्न सफल भएको छ भने सब भन्दा कम भन्सार कर ७९ प्रतिशत मात्र भएको छ । 
भन्सार कार्यालयले सब भन्दा बढी राजश्व असुली गर्ने माल बस्तुहरुमा पेट्रोलिय पदार्थ र ठूला तथा साना सवारी साधनहरु र मेटरियलबाट भन्सार राजश्व असुली हुने गरेको भएता पनी सवारी साधनहरु र ईन्धनहरु कम मात्रामा आएकोे हुदा राजश्व असुलीमा कमी भएको सुचना अधिकृत महतो बताउछन । 
भारत र तेस्रो मुलुकबाट आयात हुने जिप कार भ्यान, मोटर साईकल, मिनी बस, बस, माईक्रो बस र ट्रकको चेचिसहरु जस्ताको आयात निकै घटेको महतो बताउछन । 
दार्जिलिङ्ग नजिक कालिम्पोङ्ग धातुङ्ग बाटो खुलेपछि ऐतिहासिक रुपमा चलेको नेपाल भोट व्यापार घट्दै गएको परिणति स्वरुप नेपाल भारत सिमाना तराई तर्फ नयाँ बजारहरु फस्टाउन गई भारतसँगको व्यापारमा बृद्धि हुन थाल्यो । अर्कातिर सम्वत् १९८० सालमा नेपाल बेलायत सरकार बीच भएको सन्धी अनुसार नेपालमा भारतको बाटो भई आउने समुन्द्रपारका मालवस्तुहरुमा करमुक्त आयात इजाजत तथा विदेशी मुद्राको सहुलियत प्राप्त क्षेत्रमा अन्य बजार अड्डा सहित वीरगन्ज बजार अड्डाले आयात र निर्यात हुने वस्तुहरुमा केन्द्रले तोके बमोजिम बजार महशुल असुल गर्न थाल्यो जसको फलस्वरुप आन्तरिक भन्सारहरुको औचित्य समाप्त भई खारेज भएपछि रक्सौल भई पैठारी भएका वस्तुहरु वीरगन्ज बजार अड्डाबाट चिम्पु भई काठाडौं गोश्वारा भन्सारमा मालसामान जान शुरु गर्यो । 
२००७ साल अघि मधेशतर्फका बजार अड्डाको काम मधेश बन्दोवस्त अड्डाबाट हुने गरेकोमा २००७ साल पछि सो काम अर्थ मन्त्रालय अन्तर्गतको “अर्थ आय विभाग” बाट शुरु भयो  वि सं २०१३ साल कार्तिममा तराईका सबै बजार अड्डालाई भन्सार कार्यालयमा परिणत गरेपछि वीरगन्ज बजार अड्डा वीरगन्ज भन्सार कार्यालयमा परिणत भयो । 
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं १९ इनर्वा हाल बीरगंज माहानगरपालिका १६ मा अवस्थित यस भन्सार कार्यालयले वि सं  २०१९ सालमा भन्सार ऐन जारी भएसँगै आधुनिक भन्सार कार्यालयको रुपमा आफ्नो कार्य गर्दै आएकोछ ।
यस भन्सार कार्यालय अन्तर्गत मटिअर्वा, सिर्सिया, पिपरपाती, सिम्रौनगढ, भिस्वा अमृतधारा ठोरी, अवही, कचर्वा, अलौ, गाढपर्सौनी र जानकी टोला गरी ११ वटा छोटी भन्सार कार्यालय रहेकाछन् । मालवस्तु आयात तथा राजस्वका दृष्टिले अन्य भन्सारको तुलनामा भन्सार राजस्वको करीब ५४ प्रतिशत राजस्व उढाउदै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।