logo

भदौ ३० बाट पाँच अर्बको रिसोर्ट सञ्चालन हुने

    8/31/2017 गते 00 00 मा प्रकाशित   720   पटक पढिएको

काठमाडौं १५ भदौ, मुलुकको पर्यटन उद्योगले विस्तारै गति लिइरहेका बेला ५ अर्ब रुपैयाँबराबरको विदेशी लगानीमा रुपन्देही तिलोत्तमा नगरपालिकामा पाँचतारे स्तरको एक रिसोर्ट सञ्चालनमा आउन लागेको छ । 
अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको रिसोर्ट भदौ ३० बाट ‘सफ्ट ओपनिङ’ हुँदैछ । रिसोर्टको नाम ‘टाइगर प्यालेस रिसोर्ट’ राखिएको छ । पहिलो चरणमा १ सय कोठा सञ्चालनमा आउने छ भने दोस्रो चरण आगामी कात्तिक दोस्रो सातादेखि मंसिर दोस्रो साता मा थप ३ सय कोठा पाहुनाका लागि तयार हुनेछन् । यसका सबै कोठा ‘डिलक्स’ हुनेछन् । ‘विनाशकारी भूकम्पपछि पर्यटन उद्योगले ठूलो क्षति बेहो¥यो तर विस्तारै यसले गति लिँदैछ । मुलुकको अर्थतन्त्रमा पर्यटन उद्योगको योगदान थप उच्च बनाउनुपर्छ भन्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हौं उक्त ग्रुपको नेपालस्थित आधिकारिक कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले बुधबार नागरिकसँग भने, ‘आतिथ्य सत्कार उद्योगमा भिन्नै पहिचान दिने यो रिसोर्टबाट हामी धेरै हौसिएका छौं । बजगाईंका अनुसार सकेसम्म स्थानीय र त्यसमा पनि अनुभव नभएकालाई प्राथमिकता दिएर रिसोर्टमा रोजगारी दिइएको छ । सबैलाई तालिम दिलाएर दक्ष बनाइएको छ । रिसोर्टको म्यानेजर तहमा ५० जना विदेशीले काम गर्नेछन् भने बाँकी सबै नेपाली र त्यसमा पनि स्थानीय हुनेछन् । 
उनका अनुसार रिसोर्टमा न्यूनतम १ हजार ५ सयदेखि १ हजार ८ सयजनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । यसमध्ये ९५ प्रतिशत जनशक्ति स्थानीय नै हुनेछन् ।    रिसोर्ट भैरहवाबाट बुटवलतर्फ जाँदा करिब ८ किलोमिटरको दुरीमा रहेको छ । तिलोत्तमा नगरपालिकाको कटिहवामा निर्माण भएको रिसोर्टले १५ बिघा क्षेत्रफल ओगटेको छ । रिसोर्ट भवनले मात्र दुई बिघा क्षेत्रफल ओगट्छ । पहिलो चरणमा १ सय कोठा पूर्णरूपमा तयार भएका छन् । रिसोर्टमा ४ सय कोठाबाहेक दुईवटा ‘भिल्ला’ पनि निर्माण गरिएका छन् । प्रत्येक भिल्लामा ३ कोठा, भान्छादेखि सौना, ज्याकुजीलगायत सबै सुविधा उपलब्ध हुनेछन् । रिसोर्टको डिजाइनअनुसार २० वटा कोठा र पौडी पोखरी स्विमिङ पुल एकआपसमा जोडिएका छन् । पाहुनाले कोठाबाट सिधै स्विमिङ पुलमा ‘डाइभ’ हान्न सक्छन् । 
‘पाँचतारे होटलमा हुने सबै सुविधा हाम्रो रिसोर्टमा उपलब्ध हुनेछन् बजगाईंले भने, ‘पहिलो चरणमा ५० कोठा बुक भएका छन् । यसबाट पनि हामी थप उत्साही छौं । बुद्ध जन्मस्थल लुम्बिनी र त्यस क्षेत्रमात्र नभई मुलुककै पर्यटन उद्योगमा उत्कृष्ट हुने विश्वास छ । रिसोर्टमा क्यासिनो र कन्भेन्सन सेन्टर पनि हुनेछन् । क्यासिनो भने दोस्रो चरणदेखि सञ्चालनमा आउने छ । रिसोर्टले बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक लक्ष्य गरेको छ । प्रतिरात प्रतिकोठा २ सय अमेरिकी डलरमा बिक्री गर्ने योजना रिसोर्ट व्यवस्थापनको छ । यो मूल्य १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० बाहेक हो । रिसोर्टको पूर्णरूपमा तयार भएपछि कोठाको मूल्य अझ यकिन हुने बजगाईंले बताए । 
‘हामीले गत वर्षबाटै रिसोर्ट सञ्चालनमा ल्याउने गरी काम गरिरहेका थियौं,’ उनले भने, ‘तर, भूकम्प र लगत्तै भारतको अघोषित नाकाबन्दीका कारण निर्माण कार्य सुस्त हुन पुग्यो र त्यसमाथि हामीले रिसोर्टको डिजाइन पनि परिवर्तन गरेपछि झन् ढिला हुन पुग्यो । रिसोर्टले गर्ने कूल आम्दानीको दुई प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाघ संरक्षणका लागि खर्च गर्ने उद्देश्य लिएको छ । ‘हाम्रो रिसोर्टले वार्षिक जति कमाउँछ त्यसको दुई प्रतिशत हिस्सा संरक्षण सूचीमा रहेको जंगली जनावर बाघको संरक्षणमा खर्च गर्छौं,’ उनले भने, ‘त्यही भएर रिसोर्टको नाम टाइगर प्यालेस राखेका हौं । रिसोर्टसँगै रहेको सामुदायिक वनसँग सहकार्य गरी केही सामाजिक काम गर्ने योजना पनि रिसोर्टले बनाएको छ । रिसोर्टमा स्पा, टेनिस कोर्ट, चिल्ड्रेन पार्क, वाटर फन पार्कलगायत विभिन्न आकर्षण रहनेछन् । बजगाईंका अनुसार रिसोर्ट सिल्भर हेरिटेज चेनअन्तर्गत सञ्चालन हुनेछ । यो चेनले हाल लाओस, फिलिपिन्स, भियतनाम, कम्बोडिया, गुआम आइल्यान्डलगायत देशमा ३३ वटा रिसोर्ट सञ्चालन गरिरहेको छ । रिसोर्ट निर्माणको काम अमेरिकाको हार्वर्ड बिजनेस स्कुलका स्कलर ह्यु होल्म्सले हेरेका थिए । ‘यस किसिमको रिसोर्ट सञ्चालनमा आएपछि नेपालको पर्यटन उद्योगमा नयाँ विशेषता थपिने छ भने अन्तर्राष्ट्रिय पर्यटन बजारमा पनि छुट्टै सकारात्मक सन्देश जाने छ,’ उनले भने, ‘विदेशी कम्पनीको वृहत लगानीमा निर्माण हुने र उनीहरूकै व्यवस्थापनमा सञ्चालन हुने भएका कारण नेपालमा थप विदेशी लगानी आकर्षित गर्न यसबाट पनि उल्लेख्य मद्दत पुग्ने विश्वास छ ।
सिल्भर हेरिटेज ग्रुपले यो रिसोर्टसहित राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा क्यासिनो सांग्रिला सञ्चालन गरिरहेको छ । बजगाईंका अनुसार ग्रुपको सञ्चालक समितिले नेपालमा पहिलो चरणमा १० अर्ब रुपैयाँ लगानी गर्ने निर्णय गरिसकेको छ । यसमा क्यासिनो सांग्रिला, भैरहवामा टाइगर प्यालेस रिसोर्ट, विभिन्न ठाउँमा पाँचतारे होटल, जलविद्युत आयोजनासम्म छन् । लगानी वृद्धि गर्दै ३० अर्बसम्म पु¥याउने ग्रुपको लक्ष्य छ । सिल्भर हेरिटेज ग्रुप अस्ट्रेलियाको सिड्नी स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो ।  नागरिक न्युज

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।