कृष्णा यादव
बीरगंज १ जेष्ठ
सशस्त्र प्रहरीको गस्ती टोलीले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको करिव तिन लाख रुपैया मुल्य बराबरको सामान पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा बीरगंजले छिमेकी मुलुक भारतबाट अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको २ लाख ६२ हजार ५ सय रुपैया मुल्य बराबरको लत्ता कपडा र भाडा कुडा बरामद गरेको हो ।
सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले बीरगंज माहानगरपालिका १६ स्थित ईनरुवा गाउबाट उक्त मुल्य बराबरको लत्ता कपडा र भाडाकुडा नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीको राजश्व गस्ती टोलीले पक्राउ गरेको लत्ता कपडाहरुमा साडी, कुर्ता शुरुवाल लगायतका महंगा मुल्यका लत्ता कपडाहरु रहेकाछन ।
सशस्त्र प्रहरी बल भन्सार राजश्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाको कमाण्डमा गएको गस्ती टोलीले बुधवार उक्त मुल्य बराबरको भन्सार छलेर ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको र तस्करले सशस्त्र प्रहरीलाई देख्ना साथ सामान फालेर भागेको खडकाले जनाएकाछन ।
भन्सार राजश्व गस्ती टोलीले पक्राउ गरेको उक्त अबैध लत्ता कपडा र भाडाकुडा आजै बीरगंज भन्सार कार्यालयमा बुझाईएको भन्सार राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले जनाएकाछन ।
तपाईको प्रतिक्रिया