logo

मलहोत्राको सुन तस्करीमा कनेक्सन, किन रोकियो ३३ किलो सुन काण्डको छानविन

    5/7/2019 गते 00 00 मा प्रकाशित   925   पटक पढिएको

वैशाख, २२ काठमाडौं । अहिले भइरहेको सुन तस्करीको योजनाकर्ता दीपक मलहोत्रा नै रहेको आशंका गरिएको छ । २०५३ सालमा वामदेव गौतम गृहमन्त्री हुँदा पनि उनै मलहोत्रा तस्करीको सेटिङ मिलाउँथे । त्यसबेला सांसद परी थापा संयोजकत्वको संसदीय समितिले उनलाई कारबाहीको सिफारिस गरेको थियो । उनै मलहोत्रा अख्तियारदेखि वालुवाटारसम्म सेटिङ मिलाउन खप्पिस मानिन्छन । सामसुङ मोबाइलको व्यापारको आवरणमा अनेक धन्दा चलाउँदै आएका मलहोत्राको पुर्व आईजीपी उपेन्द्रकान्त अर्याल, पुर्व एआईजी नवराज ढकालदेखि हालका केही एआईजीसम्म राम्रो सम्बन्ध छ । बिदेशी मुद्रा तस्करीमा एसएसपी रविराज श्रेष्ठमाथि भएको छानबिनमा अर्यालले मलहोत्रालाई जोगाएका थिए । खासमा मलहोत्राकै सेटिङ अनुसार एसएसपी श्रेष्ठ एयरपोर्ट गएका थिए र सुन तथा बिदेशी मुद्राको तस्करी गराएका थिए । 
श्रेष्ठलाई जस्तै गरी बिजयलाल कायस्थलाई सोही समूहले एयरपोर्टमा सरुवा गरी तस्करीको धन्दा चलाएको थियो । एयरपोर्ट भन्सारका तत्कालिन प्रमुख सुदीपचन्द्र शाह र यस्थको मिलेमतोमा यस्तो धन्दामा मौलाएको थियो । पुर्व अर्थमन्त्री डा। रामशरण महतले पनि संरक्षण दिएका थिए । भन्सारका शाह निलम्बनमा पर्दा पनि कायस्थलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमानसिंह कार्की र अर्यालले जोगाएका थिए । स्रोतका अनुसार विभिन्न ब्राण्डेड सामानमार्फत अहिले सुन तस्करी हुने गरेको छ । एयरपोर्टमा काम गर्ने अन्य प्रहरीलाई थाहा नदिई कार्गोमार्फत विभिन्न सामानभित्र लुकाएर सुन आउने गरेको उच्च स्रोतले बताउछ । 
त्यसवापत मोटो रकम प्रहरी नेतृत्व र मन्त्रीसम्म पुग्ने गरेको छ । तस्करीमा प्रत्यक्ष रुपमा भने काठमाडौंका सुन पसलेदेखि केही मारवाडी व्यवसायीहरु छन् । त्यसरी तस्करी भएर आउनेमध्ये २५ प्रतिशत सुन नेपालमै खपत हुने गरेको छ भने बाँकी भारत पुग्ने गरेको छ । सुन तस्करी रोक्न पुर्व आईजीपी अर्यालले निर्देशन दिंदा प्रहरी मुख्यालयका अधिकारीहरुले भने त्यसलाई जोकका रुपमा लिएका थिए । किनकी सेटिङमा भइरहेको तस्करीबारे धेरै अधिकारीले चाल पाइसकेका थिए । तस्करीमा मेट्रोका तत्कालिन एआईजी बिज्ञान शर्माको समेत मिलेमतो रहेको स्रोत बताउँछ । 
शर्माका भाई दया शर्मा पनि तस्करीको धन्दा गर्ने व्यक्ति हुन् । उनी मलहोत्राका पार्टनर समेत हुन् । सामसुङको नेपालमा आधिकारीक बिक्रेताको रुपमा रहेका दिपक मलहोत्रा परिवारले मोवाइलको कारोबार देखाउदै अबैध रुपमा गैरकानूनी काम गरेको प्रमाण भेटेपछि उनलाई बिक्री वितरणको जिम्मेवारीबाट हटाईएको थियो । 
सामसुङ मोवाइलको नेपालस्थित आधिकारिक विक्रेता इन्टरनेशनल माकेटिङ सभिर्सेज प्रालि आइएमएस कोे मुख्य काम मोवाइलको बिक्री, बजार प्रबद्र्धन तथा विस्तार गर्ने हुनु पर्ने हो । तर सो काम देखाउदै सामसुङलाई भजाएर सुनको तस्करीमा संलग्न भएको प्रमाण भेटिएको भन्दै सो अधिकारबाट हटाइएको उच्च स्रोतको भनाई रहेको छ । 
सामसुङ मोवाइलका प्रमुख आधिकारिक नेपाली बिक्रेता रहेका मलहोत्रा परिबारले मोवाइललाई हात्तीको देखाउने दाँत जस्तो बनाएर लामो समयदेखि सुनको तस्करी गर्दै आएको समेत पुष्टी सो कम्पनीले गरेको स्रोतको दाबी रहेको छ । उनले विना भन्सार र चोरी निकारी गरि ल्याइएका सुनलाई बैद्य बनाउन समेत देखावटी ज्वेलर्स सञ्चालन गरेको समेत एक व्यवसायीले नाम नलेख्ने सर्तमा बताए । उनका अनुसार काठमाडौंको दरवारमार्गस्थित याक एण्ड होटल नजिकै इविसु ज्वेलर्स सञ्चालन गर्दै आएका छन् । प्राप्त विवरण अनुसार उनले काठमाडौंको भेडा सिंह लगायत अन्य पाँच स्थानमा विभिन्न व्यक्तिको नाममा सुन पसलहरु सञ्चालन गर्दै आएको समेत स्रोतले जनाएको छ । अबैध रुपमा भित्राएका सुनहरु बेचविखन तथा बिक्री कार्य ति पसलहरुबाट गरिने समेत गरेको छ । मलहोत्राले सञ्चालनमा ल्याएका सुन पसलहरुमा बिक्री गर्ने सुन प्रायः अबैध रुपमा भित्राएका नै हुन्छन् ।’ मलहोत्राले आफ्नो अबैध कार्यलाई अगाडि बढाउनका लागि राजनीतिक पहुँचलाई उपयोग गदै आएका छन् । मलहोत्राले सुनको तस्करी गर्नका लागि सामसुङ मोवाइलका देशभरका बिक्रेताहरुलाई समेत उपयोग गर्दै आएका थिए । मलहोत्राले सामसुङ मार्फत देशभरबाट छनोट गरेर ३० जनालाई दुबई भ्रमणमा लगेको र सोही अबसरमा उनले अबैधरुपमा सुन बोकाई नेपाल भित्राएको समेत आरोप उनीमाथी लागेको छ । विदेश भ्रमणमा लगेका सबै ३० जनालाई नै १ किलोका दरले सुन बोकाएका थिए । दुबइको ड्युटी फ्रि पसलको सुविधाको उपयोग गर्दै उनले आफुसँगै रहेका तीस जनालाई अबैधरुपमा ३० किलो सुन खरिद गरि विना भन्सार भित्राएको आरोप रहेको छ । उनले विभिन्न देशको भ्रमण गर्दा समेत अबैध रुपमा सुन ल्याउने र सोही सुन भारत लगाएत अन्य देशमा निर्यात गर्दै आएका थिए । विगतमा पनि थाइल्यान्डबाट यसरी नै नेपालमा सुन ल्याउने गरिएको थियो । केही वर्ष अगाडिसम्म थाइल्याण्डमा भाडाका मान्छे लगेर सुन लगायत बहुमुल्य बस्तु ल्याउने गरिएकोमा अहिले त्यही फर्मूला प्रयोग गरेर सुन तस्करी गरिरहेका छन् तर प्रतिव्यक्ति तोकिएको परिणामभित्रै । मलहोत्रा परिबारको विशेषगरि अख्तियार, प्रहरी प्रसाशन र उच्च पदस्थ कर्मचारीको मिलेमतोमा अबैध कार्य गर्दै आएको पाईएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका सवै कर्मचारीलाई आफ्नो बसमा लिएकै कारण विमानस्थल दिपक परिवारलाई मलिलो, अनुकुल र सुरक्षित नाका भएको छ । उनले बिमानस्थलमा ठूलै रकम खर्च गरेका कारण उनी विना चेकजाँच उनको सामान घर आईपुग्ने गरेको छ ।
रकम खुवाएकै कारण विमानस्थलमा रहेको आन्तरिक उडान केन्द्रको मर्मतको टेन्डर समेत लिएका थिए तर अहिले सो मर्मत कार्य भन्दापनि अबैधरुपमा सून आयात गर्नकै लागि मलहोत्रा परिबारले सो टेन्डर लिएको समेत खुल्न आएको छ । उनले मर्मतको टेन्डर पाएपनि सो र्ममत भने अहिलेसम्म भएको छैन ।
सुत्रका अनुसार सुन तस्करीमा धेरैको संलग्नता भए पनि विमानस्थलमा सुन तस्करीका लागि अनुकुल माहोल बनाउने योजना मलहोत्रको जस्तो अरुको भने खासै बलियो छैन अबैध रुपमा नेपाल आएको सुन मलहोत्रा परिवारको भएको प्रमाणित हुदाँ समेत प्रहरीले उनलाई नियन्त्रणमा लिने आट समेत गरेको छैन । मलहोत्रा परिबारले प्रहरी प्रशासनलाई समेत खरिदनै गरेका कारण सुन तस्करीमा दीपकको संलग्नता भएको पुष्टी नै भइसक्दा समेत प्रहरीले उनलाई नियन्त्रणमा लिने आटँ गरेन । प्रहरीले उनका कागजातहरु फेला पारेको थियो । तर पछि उक्त कागजातहरु नै प्रहरीले गुपचुप पारेर दीपकलाई जोगाए सुन काण्डको फाइलनै लुकाएको छ । स्रोतले दिएको सूचनाका आधारमा मलहोत्रा परिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कर्मचारीको सहयोगमा सो अबैध कार्य गरेको आरोप लगाइएको छ । स्रोतका अनुसार मलहोत्राको प्रहरीमा यसरी पहुँच बढ्नुमा पुर्वडिएसपी सुरेन्द्रबहादुर सिंहनै सुन तस्करीका पार्टनर भएको समेत आरोप लगाइएको छ ।
पछिल्लो समयमा मलहोत्राको नाम जोडिएपछि अवरुद्ध भयो निकै चर्चामा रहेको ३३ किलो सुन तस्करी काण्डको छानवीन पनि त्यतिकै हराएको छ ।
नेपालमा ३३ किलो सुन तस्करी काण्डले करिब २ महिना लगातार बजार पिट्यो । सबै दैनिक अखबार र अनलाइनका समाचारका शिर्षक नै ३३ किलो सुनको विषय बन्यो । सुन त गायव नै भयो त्यससँग जोडिएका दुई जनाको ज्यान पनि गयो । करिब ७५ जना यस काण्डमा अनुसन्धानका लागि पक्राउ परे र एक दर्जन जतिलाई अभियोगमा मुद्धा नै दायर गरी जेलमा राखिए कोहि धरौटीमा छुटे । सुन तस्करीको मुख्य अभियुक्त ठहर गरिएको अत्यन्त चर्चित गोरे अर्थात चुडामणी उप्रेतिले आत्मसमर्पण गरी गिरफ्तारी दिएपछि यस काण्डको पुरै अनुसन्धान भई अन्त्यसम्म पुग्ने विश्वास अनुसन्धानमा खटिएको समिति र जनतामा थियो ।
तर अन्त्यमा अनुसन्धानको रिपोर्ट तयार पार्ने र बुझाउने काम मात्र गरेर समितिको दोश्रो पटकको म्यादबाट विदा गरियो । सुन तस्करी काण्डमा अनुसन्धान गरिरहेको गृह मन्त्रालयको सहसचिव इश्वरराज पौडेल नेतृत्वको समितिले सुन तस्करी काण्डमा अन्तिम बयानकर्ताका रुपमा रहेका पोदारको बयानपश्चात पोदारले पोलेका थप व्यक्तिको बयान लिने अनुमति पाएन । तर उच्च राजनीतिक संरक्षण प्राप्त मलहोत्रालाई छानविन गर्ने हिम्मत प्रहरीले गर्न सकेन । त्यसपछि अनुसन्धानको प्रक्रिया नै स्थगित जस्तो भयो । पछि अनुसन्धान समितिले प्रधानमन्त्रीसमक्ष सम्पूर्ण विवरण संलग्न गरिएको रिपोर्ट पेश गर्यो । 
अनुसन्धान समितिको लागि थप म्याद आवश्यक नरहेको भन्दै तेश्रो पटक म्याद थप्ने कष्ट सरकारले गरेन । छानविन समितिका एक सदस्यका अनुसार मलहोत्राको नाम जोडिएपछि सरकार मात्रै होइन प्रतिपक्षी दलले समेत अनुसन्धान अगाडि वढाइराख्न नहुने र यसले राजनीतिक अस्थिरता ल्याउन सक्ने चेतावनी दिएका थिए । साभार एवीसी न्युज

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।