logo

क्लिंकर रक्शौलमा खसाल्न नपाउने 

    12/26/2017 गते 00 00 मा प्रकाशित   737   पटक पढिएको

वीरगन्ज १० पुष 
 अहिलेसम्म कन्टेनर, फलाम र बोराबन्द सामान मात्र आउने गरेको वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा अब सिमेन्टको कच्चा पदार्थ क्लिंकर, जिप्सम, स्लेग, फ्लाई एस जस्ता डस्टी कार्गो पनि ल्याउनुपर्ने गरी भारतीय पक्षले निर्णय गरेको छ । सुक्खा बन्दरगाहमा पूर्वाधार अपुग भइरहेको भनिएको बेला त्यहाँ डस्टी कार्गो पनि अनलोड गर्नुपर्ने अवस्था आएको हो ।
डस्टी धुलो उड्ने कार्गोले असह्य प्रदूषण भएको भन्दै रक्सोलबासीले आन्दोलन थालेपछि सीमावर्ती क्षेत्रका जनप्रतिनिधिको पहलमा भारतको केन्द्र सरकार मातहतको भारतीय रेल्वे र त्यसको भगिनी संस्था भारतीय कन्टेनर निगम लिमिटेड कन्कोरले यस्तो निर्णय लिएका हुन् । नेपालको लागि रक्सोलमा आउने डस्टी कार्गो सुक्खा बन्दरगाहमा पठाइदिने निर्णय भारतले गरे पनि नेपाललाई यस विषयमा औपचारिक जानकारी छैन ।
भारतको सीमावर्ती बेतिया क्षेत्रबाट केन्द्रीय सांसद बनेका संजय जयसवालले भारतीय रेलमन्त्री पियूष गोयल र विदेशमन्त्री शुष्मा स्वराजमार्फत उक्त निर्णय गराउन आफूहरु सफल भएको बताए । ‘नेपाल र भारतबीच हजारौं वर्षको सम्बन्ध छ, यसमा व्यापारिक सम्बन्धले दुवै देशलाई एउटा महŒवपूर्ण कडीको रुपमा जोडेको छ,’ रक्सोलस्थित भारतीय जनता पार्टीको कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जयसवालले भने, ‘अहिले अर्को ऐतिहासिक कुरा हुँदैछ, नेपाली सिमेन्ट उद्योगका कच्चा पदार्थ नेपालसम्मै पुग्ने ।’
भारतीय रेल्वेका एकजना निर्देशक एमके श्रीवास्तवले नेपालमा क्लिंकर पु¥याउने स्वीकृतिपत्र गत शुक्रबार सम्बन्धित निकायमा पठाएका छन् । कन्कोर अध्यक्ष तथा प्रबन्ध निर्देशक भी कल्याण रामाले रेल्वे बोर्डलाई शुक्रबारै लेखेको अर्को पत्रमा वीरगन्ज आइसिडी ९इनल्यान्ड कन्टेनर डिपो० सम्म क्लिंकरवाला रेक लैजाने सहमति दिइएको छ । वीरगन्ज आइसिडी अर्थात सुक्खा बन्दरगाहको स्वामित्व लिएको सरकारी निकाय इन्टर मोडेल विकास समितिलाई नेपाल सरकारबाट न यसबारे कुनै निर्देशन छ, न भारतीय पक्षले नै औपचारिक जानकारी दिएको छ ।
‘सिमेन्टको खपत बढ्नु भनेको विकासको सूचक हो, नेपालमा राजनीतिक स्थिरता स्थापित हुँदै गएसँगै त्यहाँ विकासको पनि लहर चलेको हामी बुझिरहेका छौं,’ सांसद जयसवालले भने, ‘यो नयाँ व्यवस्थाले नेपालको विकासमा टेवा पुग्नेछ ।’ पत्रकार सम्मेलनमा उनीसँगै रक्सोल विधानसभाका विधायक अजयकुमार सिंह, सुगौली विधानसभाका विधायक रामचन्द्र सहनी, रक्सोलका नागरिक अगुवा प्राध्यापक अलिनकुमार सिन्हा लगायतको उपस्थिति थियो । रक्सोलमा अनलोड हुने तोकेर तय भइसकेका कार्गो आउने तर नयाँ कार्गो रक्सोल अनलोड हुने तोकेर तय नै नहुने जयसवालले बताए ।
नेपाल पक्ष वीरगन्ज–रक्सोल नाका हुँदै भित्रिने क्लिंकर लगायतका कारण प्रदूषण भएको भन्दै नाका बन्द गर्ने चेतावनी सहित रक्सोलका संघ–संस्थाले आन्दोलन चलाएका थिए । त्यहाँ विकसित अवस्था र नयाँ घटनाक्रमले वीरगन्ज क्षेत्रका सिमेन्ट उद्योगी चिन्तित भएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए । वीरगन्जमा दर्जनभन्दा बढी सिमेन्ट उद्योग छन् । ती उद्योगले करिब ८५ प्रतिशत कच्चा पदार्थ भारतबाटै ल्याउने गरेका छन् । रक्सोलमा अनलोड हुँदै आएको क्लिंकर त्यहाँ खसाल्न रोक लगाएर नेपाल पठाउन भनिएको हो । नेपालमा त्यसको लागि कुनै तयारी छैन ।
कन्कोरले सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सलाई १५ दिन तयारीको समय दिएको छ । रेल्वेका अधिकारीले वीरगन्जको सुक्खा बन्दरगाहमा डस्टी कार्गो अनलोडको सम्भाव्यता अध्ययन नगरी क्लिंकर पठाउन भनेका हुन् । नेपाल पक्षले औपचारिक रुपमा यसको जानकारी पनि पाएको छैन । ‘मैले औनपाचारिक माध्यमबाट यस कुराको जानकारी पाएको छु,’ इन्टर मोडेल विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले नागरिकसँग भने, ‘नेपाल भारत रेल सेवा सम्झौतामा विभिन्न किसिमको कार्गोको उल्लेख छ, त्यसमा डस्टी कार्गोको उल्लेख कहीँ कतै छैन ।’
सन २०१२ को पुनरावलोकन बैठकमा आउँदा दिनमा डस्टी कार्गोको सम्बन्धमा दुई पक्षको सम्झौता अनुसार हुने उल्लेख भए अनुसार नेपाल सरकारले आग्रह गरेर सहमति माग्नुपर्ने थियो । भारतीय पक्षले नेपालको सहमति नमागी आफैं सहमति जनाउँदै ढुवानी गर्ने एजेन्सीलाई आदेश दिएको देखिएको छ । भविष्यमा डस्टी कार्गो व्यवस्थापनको लागि नेपालले अहिलेदेखि तयारी गर्दै सम्भाव्यता हेरेर योजना ल्याउन जरुरी रहे पनि हाललाई सुक्खा बन्दरगाह मै डस्टी कार्गो भिœयाइहाल्ने अवस्था नरहेको बस्नेतले बताए ।
अरु खाले कार्गोभन्दा बेग्लै डस्टी कार्गो राख्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेकोले सुक्खा बन्दरगाहभन्दा बाहिर ६० बिघा जग्गा लिएर त्यसमा चाहिने पूर्वाधार विकास गर्ने वा अलि पर अर्को ठाउँ खोजेर त्यहाँ डस्टी कार्गोको लागि बेग्लै व्यवस्था गर्ने भन्नेमा विमर्श भइरहेको बेला भारतीय पक्षले एक्कासि सुक्खा बन्दरगाहमा नै त्यस्तो कार्गो पठाउने तयारी गरेको कुराले झसंग भएको बस्नेतले बताए । आफूहरुले औपचारिक जानकारी नआए पनि सरोकार जोडिएको हुनाले स्वतः चासो लिएर भारतीय पक्षलाई कानुनी कुरा, अन्तर्राष्ट्रिय अभ्यासका कुरा, पूर्वाधार अपुग रहेको विषय र व्यवहारिक कठिनाइका कुरा राखेर अहिलेलाई तुरुन्तै डस्टी कार्गो भिœयाइहाल्ने अवस्था नरहेको भन्ने अवगत गराउने बस्नेतले बताए । नागरिक 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।