सन्जिव छतकुली
बीरगंज १३ जेष्ठ
सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले तस्करीमा कडाई गरेपछी तस्करहरुले राती राती पर्सा र बाराको बिभिन्न नाकाबाट अबैध रुपमा भारतबाट लुकाई छिपाई नेपाल भित्रयाउन थालेकाछन ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा बीरगंजका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाको निर्देशनमा राजश्व गस्ती टोलीले चेकजाच तिब्र रुपमा बढाएको छ । सोही क्रममा सशस्त्र प्रहरीको बीरगंज भन्सार राजश्व गस्ती टोलीले करिव चार लाख रुपैया बराबरको अबैध सामान सोमवार नियन्त्रणमा लिन सफल भएको छ ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा बीरगंजले अबैध रुपमा भन्सार छलेर भित्रयाउदै गरेको ३ लाख २२ हजार २ सय ५० रुपैया बराबरको लत्ता कपडा र ईलेक्ट्रिकको सामान नियन्त्रणमा लिएको हो ।
बीरगंज माहानगरपालिका १६ स्थित ईनरुवा गाउबाट तस्करहरुले टाउको र साईकलमा भारतबाट भन्सार छलेर बीरगंज तर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोली बीरगंजले पक्राउ गरेको थियो ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा बीरगंजका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाको कमाण्डमा रहेको गस्ती टोलीले उक्त अबैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको थियो ।
राजश्व गस्ती टोलीले नियन्त्रणमा लिएको उक्त अबैध लत्ता कपडा र बिजुलीको सामानहरु आजै बीरगंज भन्सार कार्यालयमा बुझाईएको राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले जनाएकाछन ।
सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले चालु आर्थिक बर्ष ०७५÷०७६ को श्रावण महिना देखी बैशाष मसान्त सम्मको १० महिनामा ५ करोड ५१ लाख रुपैया बराबरको अबैध भारतिय नम्बरको गाडी लत्ता कपडा, बिजुलीको सामान, हार्डवेयर, भाडाकुडा, मरिच, केराउ लगायतका सामानहरु पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाई सकेको खडकाको दाबी रहेको छ ।
सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले गत आर्थिक बर्ष ०७४÷०७५ को श्रावण महिना देखी असार मसान्त सम्मको एक बर्षमा करिव १ करोड ४० लाख रुपैया बराबरको मात्र अबैध तस्करीको सामानहरु पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाएका थिए ।
तपाईको प्रतिक्रिया