एस वि सी
बीरगंज २ बैशाष
सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले अवैध रुपमा बीरगंज आसपास नाकाहरुवाट भन्सार छलेर भित्रयाउदै गरेको करिव चार लाख रुपैया मुल्य बराबरको अबै सामान पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती टोलीले बाराको बलिरामपुर र बीरगंज माहानगरपालिका १ स्थित छकपैया भकुवा नाकाबाट तस्करहरुले टाउकोमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीको भन्सार राजश्व गस्तीले बिशेष सुचनाको आधारमा अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको ३ लाख ९२ हजार २ सय ९० रुपैया बराबरको लत्ता कपडा र पेन्ट पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी भन्सार राजश्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाको नेतृत्वमा रहेको गस्ती टोलीले बीरगंज भन्सार देखी १ किलो मिटर पश्चिममा रहेको भकुवा नाकाबाट आईतबार राती करिव १२ बजे तिर तस्करहरुले टाउको र साईकलमा भन्सार छलेर भित्राउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अबैध भन्सार छलीका सामानहरुमा सटिड्ड सुटिड्डको कपडा, कुर्ता शुरुवाल, पाईन्टको कपडा, चोलो पेटिकोटको कपडा र पेन्ट गरी करिव ४ लाख रुपैया बराबरको सामान रहेको राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले जनाएकाछन ।
सशस्त्र प्रहरीको राजश्व गस्ती टोलीले पक्राउ गरेको अबैध सामान आवश्यक कारवाहीको लागी आजै बीरगंज भन्सार कार्यालयमा बुझाईएको खडकाले जनाएकाछन ।
तपाईको प्रतिक्रिया