logo

सिराहाका छोटी नाकाबाट सेटिङमा तस्करी

    10/29/2017 गते 00 00 मा प्रकाशित   1096   पटक पढिएको

सिरहा  १२ कार्तिक – कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपालमा विना भन्सार सामान भित्र्याउँथे । समयसँगै अहिले तस्करीको तरिका पनि फेरिएको छ । पछिल्लो समय तस्करहरु दिउँसै भन्सार नतिरी सामान सहरमा भित्र्याउँछन् र पसल–पसलमा पुर्‍याउँछन् । कानुन पालना गर्न भन्सारमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले नदेखेको जस्तो गर्छन्।
पछिल्लो समय सुरक्षाकर्मी र कर्मचारीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सिराहाका छोटी भन्सार नाकामार्फत बिनाभन्सार सामान ल्याउने क्रम बढेको छ । तस्करहरुले खाद्य सामग्री मात्र होइन बढी मूल्यका कपडा, मोटर पार्ट्स, र कस्मेटिक्स सामान सेटिङ मिलाएर ल्याइरहेका छन् । सुर्ती, गुट्खाजस्ता धेरै बिक्री हुने सामान पनि भन्सार नतिरी आइरहेको छ । तस्करी बढेसँगै राज्यले पाउने करोडौं राजस्व गुमिरहेको छ।
स्थानीय व्यापारीहरुका अनुसार सिरहाका तीनवटा भन्सार कार्यालयबाटै सेटिङ मिलाएर अहिले तस्करी हुने गरेको छ । सिराहामा ठाढी, वरियारपट्टी र मुख्य भन्सार माडर ९खैरटोका० छन् । यी तीनै भन्सार परिसरभित्र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बिओपी० र सँगै नेपाल प्रहरी पनि छ। 
स्थानीयका अनुसार झाझपट्टी, नरगी र मूल भन्सार खैरटोकाबाट पछिल्लो समय तस्करी बढी भइरहेको छ । झाझपट्टी र नरगी नाकामा भन्सार कार्यालय छैन । यहाँ सशस्त्र र नेपाल प्रहरी तैनाथ छन् । खैरटोका मूल भन्सारमा उपसचिवको नेतृत्वमा करिब एक दर्जन कर्मचारी छन्। 
चोरी पैठारी नियन्त्रणमा भन्सारकर्मीको सहयोगका लागि भन्सार परिसरमै इन्सपेक्टरको कमान्डमा सशस्त्र प्रहरी तैनाथ छ । ‘कर्मचारी र सुरक्षाकर्मीसँग सेटिङ नमिलाएको भए यतिका संयन्त्रलाई छलेर कसरी तस्करले यहाँका सहरमा सामान ल्याउँछन् रु स्थानीय एक व्यापारीले सुरक्षाको कारण देखाउँदै नाम नबताउने सर्तमा भने, ‘दर्जनौं सुरक्षा पोस्ट पार गर्दै सहरका व्यापारीको गोदामसम्म तस्करका सामान पुगेका छन्।’
पछिल्लो समय तस्करीका लागि चम्केको झाझपट्टी नाका पारी भारतीय ललमनिया बजारबाट दैनिक उपभोग्य सामानसँगै सुर्ती, राजनिवास, रजनिगन्धा गुट्खा आउने गरेको स्थानीयले बताए । उनीहरुका अनुसार यो नाकाबाट तस्करी हुने सामान राजमार्गका गोलबजार, धनगडी, लहानसम्म पुग्ने गरेको छ।
यहाँको मुख्य भन्सार माडर हो । यहाँ भन्सार परिसरभित्रै सशस्त्र प्रहरीको बिओपी छ । जहाँ इन्सपेक्टरको कमान्डमा सशस्त्र प्रहरी चोरी पैठारी नियन्त्रणमा भन्सारकर्मीलाई सहयोग पु¥याउन उपस्थित छ । व्यापारीहरुका अनुसार यो नाकाबाट तस्करी बेरोकटोक चलेको छ । दैनिक उपभोग्य वस्तुदेखि चाँदीका तयारी गहना र सुन तस्करी हुने गरेको उनीहरुको दाबी छ । यस्तै लत्ताकपडा, मोटर पाटर््स, खाद्य सामान, प्रतिबन्धित कुखुरा, सेतो अण्डा तस्करले सेटिङमा भित्र्याउने गरेका छन्।
अर्कोतिर सिरहाको पटहेर्वा र मूल भन्सारको पूर्व–उत्तरको बाटोबाट पनि तस्करले सामान भिœयाउने गरेको माडरका स्थानीय बताउँछन् । ‘हामीले घर खर्चका लागि दुईचार किलो तेल, चिनी ल्याउँदा नाकामा तैनाथ सुरक्षाकर्मीदेखि भन्सारकर्मीसम्मले कचकच गर्छन्,’ माडर बजारका एक चिया पसलेले नागरिकसँग भने, ‘तस्करले पोकाका पोका माल भित्र्याउँदा कोही चुइँक्क बोल्दैन।’
माडर बजारका अर्का व्यापारी भन्छन्, ‘राज्यको राजस्व चुहाएर कर्मचारीहरु रजाइँ गर्दैछन् ।’ राजस्व बढाउनेतर्फ नभई चुहावट गराएर भाग खानेतर्फ सबैको ध्यान गएको उनले बताए । 
यस्तै झाझपट्टी र खैरटोका नाका पनि पछिल्लो समय चम्केका छन् । यी नाकाबाट दैनिक उपभोग्य वस्तुसँगै सुर्ती र सुर्तीजन्य पदार्थ तस्करी भएर नेपाल भित्रिने क्रम बढेको छ । तस्करी भएर आएको सामान पहिले माडर बजार पुग्ने र त्यसपछि पटेर्वा लगायत बाटो प्रयोग भएर जिल्लाभरका बजारमा फिँजाइन्छ ।
व्यापारीका अनुसार नरगी अर्को चल्तीको नाका बनेको छ । भारततर्फको बजार पिपराहीबाट लत्ताकपडा र दैनिक उपभोग्य सामान नरगीमा भण्डारण गरिन्छ । यहाँबाट मोटरसाइकलको पछाडि बाँधेर सिरहाका विभिन्न व्यापारीको गोदामसम्म पु¥याइन्छ । बोर्डर वारिका व्यापारीको गोदामसम्म तस्करीका सामान बोकेको मोटरसाइकल आइपुग्न न्यूनतम चार र अधिकतम सातवटा सुरक्षा पोस्ट पार गर्नुपर्छ । 
भन्सार कर्मचारीहरु भने तस्करीका सामान नाकाबाट छिर्न नसक्ने दाबी गर्छन् । ‘हामीकहाँ आए जतिलाई भन्सार काटेरै पठाउँछौं । तस्करीका सामान हामीकहाँ छिर्दै छिर्दैन,’ खैरटोका भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद हमालले दाबी गरे ।’
तस्करी बढेकै कारण भन्सार असुली लक्ष्यभन्दा निकै कम छ । भन्सार कार्यालयका अनुसार गत असारमा लक्ष्यको ५६ प्रतिशत, साउनमा ६२ प्रतिशत र असोज २८ सम्म २० प्रतिशत मात्र राजस्व असुली भएको छ । दसैं र तिहारजस्ता पर्व सामान आयातको प्रमुख सिजन मानिन्छन् । तर, असोजमा राजस्व असुली २० प्रतिशत मात्र छ।
भन्सार छलेर सामान भित्रिने क्रम बढेकोले भन्सार राजस्व असुलीमा भारी कमी आएको हो । 
राजस्व चुहाबट नियन्त्रण समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्ण श्रेष्ठ भन्छन्, ‘भन्सार प्रमुखको निस्क्रियताले असुली दर घटेको हो । भन्सार राजस्व असुली दर बढाउन उहाँ ९भन्सार प्रमुख० सिरियस हुनुहुन्न,’ उनले भने, ‘व्यापारीलाई राजस्वको दायरामा ल्याउन गर्नुपर्ने काम नगरेपछि असुली दरमा कमी आइहाल्छ १ भन्सार प्रमुख राजस्व दर बढाउनभन्दा काठमाडौं बढी दौड्नुहुन्छ । नागरिक दैनिकबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।