logo

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको भारतिय गाडीबाट करिव ३५ लाख रुपैया बराबरको कपडा बरामद 

    9/19/2019 गते ००: ०० मा प्रकाशित   1298   पटक पढिएको

संजिव छतकुली
बीरगंज २ असोज 
सशस्त्र प्रहरीले पक्राउ गरी राजश्व अनुशंधान बिभाग मध्यमान्चल क्षेत्रिय ईकाई कार्यालय पथलैया बारामा बुझाएको भारतिय नम्बरको कागज बोकेको गाडीबाट करिव ३५ लाख रुपैया बराबरको अबैध लत्ता कपडा बिना बिल बिजकको बरामद भएको छ । 
सशस्त्र प्रहरी बल ३ नम्बर गण हेडक्वाटर चिनिमिल पर्साले बिशेष सुराकीको आधारमा भन्सारबाट निस्केको भारतिय नम्बरको कागज बोकेको गाडी नियन्त्रणमा लिएर राजश्व अनुशंधान पथलैयामा बुझाएको गाडीबाट २४ पोका अबैध कपडा राजश्व अनुशंधान कार्यालय बाराले आज चेकजाचको क्रममा बरामद गरेको हो ।  
राजश्व अनुशंधान कार्यालय पथलैया बाराले आज गरेकोे चेकजाचको क्रममा भन्सार प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा २४ पोका कपडा बढी अन्दाजी करिव ३५ लाख रुपैया बराबरको अबैध लत्ता कपडा बरामद गरेको राजश्व अनुशंधान कार्यालय बाराका प्रमुख राजन विसीले जनाएकाछन ।  
बीरगंज भन्सारबाट ग्रिन सिगनलबाट जा“चपास भई छुटेको इच् ज्ञद्ध ह् द्दज्ञढट नम्बरको माल बाहक ट्रक बीरगंज माहानगरपालिका वडा नम्बर १६ रजत जयन्ती चौकबाट भाद्र ११ गते नियन्त्रणमा लिएर सोही दिन राती २ बजे आवश्यक चेकजाचका लागी राजश्व अनुशंधान कार्यालय पथलैया बारामा बुझाएको सशस्त्र प्रहरी बल ३ नम्बर गण हेडक्वाटर चिनिमिल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरले जनाएकाछन । 
सशस्त्र प्रहरीले सो भारतिय नम्बरको गाडी बीरगंज माहानगरपालिका १६ स्थित रजत जयन्ति चौकबाट नियन्त्रणमा लिने बित्तिकै गाडी चालक फरार भएको र गाडी भित्र भन्सार राजश्व तिरेको भन्दा गाडीको चालकले तस्करहरु संग लाखौ रुपैया लिएर अबैध सामान उक्र गाडी भित्र लुकाई छिपाई २४ पोका लत्ता कपडा भारतको उडिसा राज्यबाट लोड गरी काठमाण्डौको लागी हिडेको उक्त ट्रकमा ठूलो मात्रामा अबैध भन्सार छलेर लादै गरेको बिशेष सुराकीको आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । 
बीरगंज भन्सार कार्यालयको ग्रिन सिंगलबाट चेकजाच भै निस्केको गाडी भन्सार कार्यालयले प्रज्ञापन पत्रको आधारमा कागजको भन्सार प्रज्ञापत्रमा उल्लेख भएको आधारमा चेकजाच गरी छाडेको थियो । 
भारतिय मालबाहक ट्रकका चालकहरुले तस्करहरु संग मोटो रकम लिएर गाडी भित्र अन्डर सेटिड्ढ फल्स बटम बनाएर नेपालको बिभिन्न शहर नारायणघाट, पोखरा काठमाण्डौ लगायतका स्थानहरुमा पुरयाउदै गरेका थिए ।
 यस सम्बन्धमा बीरगंज भन्सार कार्यालयका सुचना अधिकृत मनिष महतो संग बुझदा उक्त भारतिय नम्बरको इच् ज्ञद्ध ह् द्दज्ञढट नम्बरको माल बाहक ट्रक बीरगंज भन्सारमा पुरै माल सामान अन्लोड गरी चेकजा“च गरेर पठाईएको हो बढी अबैध सामान भन्सारबाट चेकजा“च भई छुटेर गए पछी भन्सार बाहिरबाट हालेको हुन सक्ने बताउनुभयो । 
भन्सार कार्यालयबाट जा“चपास भै छुटेको अधिकांस माल बाहक गाडीहरुलाई भन्सारले पुनः नियत्रणमा लिएर दैनिक रि चेकजा“च गरी हामीले कडाई गरी रहेको छौ सुचना अधिकारी महताले भने ।  
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुशंधान कार्यालय पथलैयामा बुझाएको उक्त भारतिय नम्बरको गाडी राजश्व कार्यालय पथलैयाले आज गरेको चेकजाचको क्रममा सटिड्ढ सुटि∙, कुर्ता शुरुवाल, महिलाहरुले लगाउने प्लाजा र टप्स लगायत करिव ३५ लाख रुपैया बराबरको अबैध लत्रा कपडा बराबरद गरेको र अझै थप अनुशंधान भै रहेको राजश्व अनुशंधान कार्यालय बाराका प्रमुख राजन विसीले बताउनुभयो ।  राजश्वले बरामद गरेको उक्त अबैध लत्रा कपडाको नेपाली बजार मुल्य करिव १ करोड रुपैया बराबर रहेको छ ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

विहानै देशभर बम आतंक , स्कुल बसमा आगजनी, सुरक्षा व्यवस्था कडा, तर्साउन राखिएको हो आत्तिनु पर्दैन – प्रहरी, 

काठमाडौं, २९ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।  

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।