logo

अधिकारकर्मी महिलामाथि बोक्सी भन्दै दुव्र्यवहार मुद्दा फिर्ता लिन दबाब

    10/19/2017 गते 00 00 मा प्रकाशित   646   पटक पढिएको

 वीरगन्ज , बोक्सीको आरोपमा प्रताडित वीरगन्जकी अधिकारकर्मी ५५ वर्षीया राजकुमारी उपाध्यायलाई मुद्दा फिर्ता लिन पीडक पक्षले दबाब दिएका छन् । उनीहरूले आर्थिक प्रलोभन र भावनात्मक रूपमा बोक्सी कसुरविरुद्धको मुद्दा फिर्ता लिन दबाब दिएका हुन् । महिलाअधिकार मञ्च पर्साकी अध्यक्ष राजकुमारीविरुद्ध एकै घरमा कोठा भाडामा बस्ने छिमेकीले ८ असोजमा बोक्सीको आरोपमा दुव्र्यवहार र यातना दिएका थिए । अहिले पीडकहरूले गल्ती भएको भन्दै माफी दिन आग्रह गरेको राजकुमारीकी छोरी रसना ढकालले बताइन् । ‘राजनीतिक व्यक्तिबाट दबाब आएन, तर पीडक पक्षबाट मुद्दा फिर्ता लिन चर्को दबाब आइरहेको छ ।’ छोरी रसनाले भनिन् । ‘जे भयो भयो, बच्चाहरूले गल्ती गरे माफ गरिदिनुस् भन्दै थिए । हामीले मानेनौँ ।’

उनीहरूले भनेको नमानेपछि पीडकहरूले अन्य व्यक्तिलाई समेत फोन गर्न लगाएको रसनाले बताइन् । ‘घरमै आएर आग्रह गरे । त्यति गर्दा पनि नमानेपछि आर्थिक प्रलोभन देखाए ।’ उनले भनिन् । 
‘५० हजारदेखि दुई लाखसम्मको अफर आएको थियो । हामीले कानुनी उपचार नै विकल्प हो भन्यौँ ।’ उपाध्याय पर्सामा डेढ दशकदेखि महिलाअधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मी हुन् । उपाध्यायले पनि आफूलाई बोक्सीको आरोप लगाउनेहरूलाई कानुनी कारबाही गराएरै छोड्ने बताइन् । ‘मुद्दा फिर्ता लिन दबाब दिइरहेका छन् । 
तर, हामीले मानेका छैनौँ ।’ उनले भनिन् ‘एउटा अधिकारकर्मी भएर मैले नै गलत गर्नेहरूलाई उम्कन दिएँ भने अरूको अवस्था के होला र त्यसैले म उनीहरूलाई कारबाही गराएरै छोड्छु । 
पीडित राजकुमारीको स्वास्थ्य सुधार हुँदै 
बोक्सीको आरोपमा शारीरिक र मानसिक यातना खेपेपछि राजकुमारी उपाध्यायको स्वास्थ्य अवस्था निकै कमजोर बनेको थियो । घटनापछि उनलाई नारायणी उपक्षेत्रीय अस्पतालको आइसियुमा राखेर उपचार गरिएको थियो । नारायणी उपक्षेत्रीय अस्पतालमा चार दिन उपचारपछि काठमाडौँ लगेको छोरी रसना ढकालले बताइन् । काठमाडौंको टिचिङ अस्पतालमा सात दिन उपचारपछि उनलाई वीरगन्ज ल्याइएको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको परिवारका सदस्यले बताएका छन् । राजकुमारीले भनिन् ‘अहिले अलि सजिलो महसुस भइरहेको छ । उनले उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहेको बताइन् । फेरि पनि महिलाको हक–अधिकारका लागि लड्ने उनले बताइन् । ‘सबैको शुभकामनाले म बाँचेको छु । स्वास्थ्यमा सुधार भइरहेको महसुस भएको छ । मलाई ‘जिल्लामै आइन् दिदी‘’ भन्दै धेरै फोन आइरहेको छ ।’ उनले भनिन् ‘मान्छेलाई चिन्ने कामले नै हो, म महिला अधिकारका लागि सकुन्जेलसम्म लड्छु ।’
पीडकहरू पुर्पक्षका लागि थुनामा 
राजकुमारी उपाध्यायलाई बोक्सीको आरोप लगाउनेलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालतले घटनामा संलग्न सशस्त्र प्रहरी जवानसहित पाँचैजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालतका श्रेस्तेदार ठाकुर खरेलले जानकारी दिए ।
पीडित पक्षले २६ वर्षीया सरिता श्रेष्ठ अर्चना बाबाको शक्ति आउने बताउने महिला उनको दिदी २८ वर्षीया सोनु कार्की, सोनुको श्रीमान् एवं सशस्त्र प्रहरीका सहायक हवल्दार योगेन्द्र कार्की, ३५ वर्षीया प्रीति गुरुङ र उनको श्रीमान् ४० वर्षीय सुनिल गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएका थिए । प्रहरीले घटनालगत्तै उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।  श्रोत  नयाँ पत्रिका

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।