logo

आज रसियाउ रोटी भोली छठ, छठको सम्पुर्ण तयारी पुरा 

    10/25/2017 गते 00 00 मा प्रकाशित   784   पटक पढिएको

वीरगंज, ८ कात्तिक ।
एक दिन बाकी रहदा तराईवासीहरुको माहान पर्व छठको कारण बीरगंज बजारमा चहल पहल बढनुको साथसाथै नदी, पोखरी, र तलाउहरुमा छठको सम्पुर्ण तयारी पुरा भएको छ । 
     तराईबासीहरुको महान पर्व छठको लागि वीरगंजको पर्यटकिय स्थल घडिअर्वा पोखरी, स्विमिङ्ग पुल, छपकैंया, नगवा पोखरी, मूर्ली पोखरी, श्रीसिया, अलौं लगायतका घाटहरु सरसफाईको साथै भव्य रुपमा सजाईएको छ । 
कात्तिकको चतुर्थी तिथी देखी  घर आंगन सर सफाई गर्नुको साथ साथै नुहाई धुहाई गरेर बर्तालुहरुले चोखो खाने गरेपछी बिधिवत रुपमा छठ पर्व शुरु हुने गर्छ । 
    आज ब्रतालुहरु दिनभरी पानी समेत नखाएर साझ एकैचोटी छठी माताको पुजागरी (खर्ना) अर्थात खिरपुरी खाने गर्छन् । 
यही खर्नाको भरमा पनि दिनभरी पानी समेत नपिएर ब्रतालुहरु भोकै प्यासै बस्ने गर्छन् ।
आज छठको ब्रतालुहरु बिहानै देखी घरको आगन लिपपोत गरी दिनभरी भोकै बसी साझ दुधमा सख्खर हालेर आमको दाउराले पकाएको खिर र पुरी खाएर भोली दिनभरी पानी समेत नखाएर बस्ने गर्छन र भोली बेलुकी छठ घाटमा गएर अस्ताउदै गरेको सुर्य अर्घ दिएर साझ छठ घाटबाट घर फर्कने गर्छन ।  
ब्रतालुहरुले बिहानै देखी भोकै बसेर आज साझ दुधमा सख्खर हालेर आमको दाउराले पकाएको खिर र पुरीलाई पुजा गरेर त्यही खिर पुरी खाएपछी भोली दिन भरी भोकभोकै बसी बिहिवार दिउसो छठ घाटमा गएर अस्ताउदै गरेको सुर्यलाई ब्रतालुहरुले छठघाटमा अर्घ दिन्छन  र  शुक्रवार बिहान पुन छठघाटमा पुगेर उदाउदै गरेको सुर्यलाई अर्घ दिएर बिधिपुर्व छठीमाताको बिदाई हुनेगर्छ । जलाशयहरुमा क्रमशः अस्ताउदो र उदाउदो सूर्यलाई अघ्र्य दिएर पर्वलाई विधिपूर्वक सम्पन्न गर्ने छन् । भोली बिहिवार सा“झ घरबाट बिशेष पुजाआजाका साथ पुजाको सामाग्री छैटीमा राखी टाउकोमा बोकेर नजिकको घाटमा बर्तालुहरु पुग्ने छन् । घाटमा गई अस्ताउन लागेको सूर्य देवतालाई अघ्र्य दिई सूर्य डुविसकेपछि घर फर्कन्छन् । कतिपय ब्रतालुहरुले भने भाकल गरे अनुसार रात भरी घाटमै बसी भजन किर्तन आदि समेत गर्ने गर्छन् । घरमा आएका ब्रतालुहरु रातभरी छठी माताको कोसी थापी पुजाआर्चना गरी सूर्योदय हुनु अघिनै पून घाटमा पुग्छन् । सूर्य नउदाञ्जेल सम्म पुजाआजा गरी बस्छन, र सूर्य उदाउना साथ ब्रतालुहरु पोखरीमा गई उदाउदो सूर्यलाई अर्ग दिई घर फर्कन्छन् । घर फर्केर ब्रतालुहरुले सबैभन्दा पहिले छठ्ठीमाताको प्रसादको रुपमा रहेको ठेकुवा, मिठाई, अदुवा, मिठा, केरा, बतासा, कसार र केराउ खाईकन मात्रै अन्य भोजन गर्ने गर्दछन् । 
    हिन्दुधर्ममा यही मात्रै एउटा यस्तो पुजा हो जस्मा डुब्न लागेको सुर्यलाई पुजा गरिन्छ र यस पुजामा प्रायः सबै समुदायका मानिसहरु बढो श्रदापुर्वक सहभागी हुने गर्दछन । छठको ब्रत लिंदा चर्म रोग नलाग्ने, पुत्र लाभ हुने, सौभाग्य वृद्धि हुने, परीवारमा सुख, सम्वृद्धि आउने, परीवारका सदस्यहरु सम्भावित दुर्घटनाबाट जोगिने जस्ता धार्मिक विश्वास रहेको छ ।
    यो पर्व जति नजिकिदैं छ उती तराई छठ मय बन्दै गएको छ । पहाडको दशै पर्व झै तराईको सबै भन्दा ठूलो यो पर्व मान्न रोजगारीका लागि देश बिदेशमा गएकाहरु धमाधम घर फर्किने क्रम जारी छ । तराईको महान पर्व छठका लागि वीरगंजका छठ घाटहरु अहिले बेहुली झैं सिंगारीएका छन् । यहाका घडिअर्वा, रानीघाट, मूर्ली, नगवा आदि गरी करीब एक दर्जन जलाशयहरुलाई सिंगारेर अन्तिम तयारी गरीएको छ । 
गत बर्ष बीरगंजको घडिअर्वा पोखरीलाई सजावटका लागी छठ पुजा ब्यवस्थापन समितीले चिठठा, चन्दा र बिज्ञापनबाट १६ लाख ७२ हजार २ सय २६ रुपैया आम्दानी गरेको थियो भने खर्च ११ लाख ८९ हजार ३ सय ५७ रुपैया गरेकोमा यस बर्ष अनुमानित आम्दानी ११ लाख ५१ ह्जार रुपैया र खर्च १० लाख ३५ हजार रुपैया रहेको घडिअर्वा छठ ब्यवस्थापन समितीले जनाएको छ ।  
    यस बर्ष यो घाटमा एकै साथ १० हजार ब्रतालुले पुजा अर्चना गर्ने संभावना रहेको समितिका अध्यक्ष रामनगिना प्रसाद कानु बताउछन् । पर्वको मुख्य दिन घाटमा आउने श्रद्धालु तथा भक्तजनको संख्या लाखौंमा हुने भएकाले त्यसको गणना तथा पूर्व अनुमान गर्न नसकिने उनी बताउछन् । घडिअर्वा पोखरीमा बिहिवार छठका दिन जनपद र सशस्त्र प्रहरी तथा सामुदायिक महिला प्रहरी समेत गरी करीब दुई सय ५० सुरक्षाकर्मी परीचालन हुने भएका छन् । यस बाहेक सुरक्षालाई दृष्टिगत गरी घडिअर्वा पोखरीको प्रवेशद्वारहरुमा यस बर्ष क्लोज र्सिर्कट क्यामेरा समेत जडान गरीएको पनि साहले बताए । मधेशी,पहाडी,दलित र मुस्लिम समुदायका ब्रतालुहरु समेत यो घाटमा पुजाका लागि आउने भएकाले अल्पसंख्यक समुदायका ब्रतालुहरुलाई बिशेष सुरक्षा र ध्यान समितिले दिने पनि साह दाबि गर्छन् । कुनै पनि ब्रतालुसंग समितिले शुल्क नलिने पनि उनले बताएका छन् ।  
        छठ घाटहरुमा चोरी, बदमासी, गहना लुटपाट जस्ता घटनाहरुलाई नियन्त्रण गर्नका लागि ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परीचालन गरीएको सशस्त्र सीमा सुरक्षा बल कार्यालय पर्साका प्रमुख र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखले बताएका छन् । घाटहरुमा पर्वको मुख्य दिनहरुमा सादा पोशाकमा समेत सुरक्षाकर्मीहरु परीचालन हुने भएका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।