logo

नेपाल प्रहरीका एक ईमान्दार र होनाहार योद्धा हुन एसएसपी श्रेष्ठ 

    8/25/2017 गते 00 00 मा प्रकाशित   808   पटक पढिएको

बीरगंज ८ भदौ 
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्रमान श्रेष्ठलाई नेपाल सरकारले बिशेष पद सिर्जना गरी प्रहरी नायव माहानिरिक्षक ( डि आई जी ) मा बढुवा गर्ने तयारी गरेको छ । 
गृह मन्त्रालयको बढुवा समितीले वरिष्ठ प्रहरी उपरिक्षक श्रेष्ठको बढुवाको लागी बाटो खोलेको हो । 
वरिष्ठ प्रहरी उपरिक्षक श्रेष्ठ २०७३ साल साउन १५ गतेका दिन ब्याडमिन्टन खेल्दा अचानक बेहोस भएर भुईमा लडेपछी उनको उपचारको लागी तत्काल धरान स्थित बिपी अस्पतालमा उपचारका लागी लगिएको थियो । 
त्यस बेला श्रेष्ठ पुर्व क्षेत्रिय तालिम केन्द्र बिराटनगरमा कार्यरत थिए । 
 उनको उपचार धरानमा हुन नसकेपछी थप उपचारको लागी काठमाण्डौको ग्रान्डी अस्पतालमा पुरयाईएको थियो । त्यसो त श्रेष्ठको स्वास्थयमा पहिलाको भन्दा केही सुधार भएपनी उनी अहिले अचेत अवस्थामा नै रहेका छन । 
वरिष्ठ प्रहरी उपरिक्षक श्रेष्ठ २०४६ साल फागुन २८ गतेका प्रहरी निरिक्षक पदमा भर्ती भएका थिए ।  श्रेष्ठका ब्याचका सर्वेन्द्र खनाल, रमेश खरेल पुष्कर कार्की लगायतका १५ जना केही महिना पहिला बरिष्ठ प्रहरी उपरिक्षबाट प्रहरी नायव माहानिरिक्षकमा बढुवा उनिहरुलाई  नेपाल सरकारले गरेको थियो । श्रेष्ठ २०६६ साल मंसिर १५ गते देखी उनले जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रमुख पदभार सम्भालेका थिए भने  श्रेष्ठको २०६८ साल जेष्ठ ३१ गतेका दिन सम्म मात्र उनले पर्सामा प्रमुख कार्यभार सम्भालेका थिए । 
एसएसपी श्रेष्ठ बीरगंजमा आउना साथ उनले पर्सामा अपराध नियन्त्रण गर्न सफल मात्र भएनन उनले पर्सा जिल्लामा हुने गरेको लागु औषध गाजा, अफिमको खेती नै सदाका लगाी समाप्त पार्ने पहिलो पर्सा प्रहरीको एक ईमानदार प्रहरीको योद्धाको रुपमा नेपालमा प्रहरीमा आफुलाई चिनाउन सफल पनी भए । उनले पर्सामा गरेको सबैखाले अबैध धन्दा तस्करी लागु औषध ओसार पसार जस्ता अबैध कार्यपनी सदाका लागी बन्द गरेर बीरगंजबाट गएका थिए । एसएसपी श्रेष्ठले पर्सामा एसपी छदा गरेको कार्यको आजपनी पर्सावासीले गुनगान गरी रहेका छन । पर्सामा एसपी आओस त राजेन्द्रमान श्रेष्ठ जस्तो भनेर अहिले पनी बीरगंजमा बीरगंजवासीहरुले उनको चर्चा गर्ने गर्छन र भन्छन एसएसपी रोजेन्द्रमान श्रेष्ठ नेपाल प्रहरीको एक कर्मठ र ईमान्दार योद्धा हुन । अहिले उनको मस्तिष्कको तन्तुले काम गर्न नगर्दा उनी एकहोरो हेर्नमात्र सकी रहेकाछन बोल्न नस्कदा उनको उपचार काठमाण्डौ स्थित प्रहरी अस्पतालमा भै रहेको छ । नेपाल सरकारले ढिलो भएपनी कमसेकम उनको बढुवाको लागी अहिले बाटो त खुल्ला गरेको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।