logo

एक मतले पराजित एमाले उम्मेदवार दोस्रो पटक गणना गर्दा ११ मतले विजयी

    9/21/2017 गते 00 00 मा प्रकाशित   607   पटक पढिएको

बिहिबार, ०५ असोज 
वीरगन्ज—पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल र प्रहरी उपरीक्षक सुदिप गिरीले बिहीबार बिहान प्रमुख निर्वाचन अधिकृत बिष्णु पराजुलीलाई भेटेर निष्पक्ष मतगणनाका लागि आग्रह गरेका छन्। बुधवार साँझ वीरगन्ज वडा नम्बर ३० निर्वाचन अधिकारीले काँग्रेस उम्मेदवार अलि हुसेन देवानलाई १ मतले विजय घोषणा गरिदिएका थिए।
एमाले साँसदद्वय बिचारी यादव र राजकुमार गुप्ताले त्यहाँ निर्वाचन अधिकृतले गडबड गरेको भन्दै चर्को विरोध गरे। त्यसपछि पुनःमतणना भयो। दोस्रो पटक मतगणना गर्दा वडा नम्बर ३० मा पहिले १ मतले पराजित भएकाी एमालेका अमानत मिया विजयी भए। उनले ४६६ मत प्राप्त गरे। मियाले आफ्ना निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवानभन्दा ११ मत बढी ल्याएर विजयी भए। यो घटनाले वीरगन्जको मगणनाको निष्पक्षतामाथि गम्भीर प्रश्न उब्जिएको छ।
निर्वाचन कर्मचारीबाट ४५ वटा मतपत्र लुकाएर काँग्रेस उम्मेदवारलाई १ मतले विजयी घोषणा गरिएको आरोप एमाले एवं संघीय समाजवादी फोरमका बुथ प्रतिनिधिको छ।
 प्रमुख निर्वाचन अधिकृतको कार्यालयले नै मतपत्रमा गोलमाल गरेको पाइएपछि दल र उम्मेदवारहरुले मतगणनाको निष्पक्षतालाई लिएर चिन्ता व्यक्त गरेका छन्। मत गणना गरेको लामो समयसम्म पनि नतिजा सार्वजनिक नगरेको भन्दै संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताले मतगणनास्थल अगाडि बिरोध जनाएका छन्।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले नै मतपत्रमा गोलमाल गरेको पाइएपछि दल र उम्मेदवारहरुले मतगणनाको निष्पक्षतालाई लिएर चिन्ता व्यक्त गरेका छन्। मत गणना गरेको लामो समयसम्म पनि नतिजा सार्वजनिक नगरेको भन्दै संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताले मतगणनास्थल अगाडि बिरोध जनाएका छन्।
‘करिब ६ हजार मतपत्र गणना भए उनले नतिजा सार्वजनिक नगरेको सूचना आएको छ, हामी बुझदैछौं, के रहेछ,’ फोरमका पर्सा अध्यक्ष प्रदीप यादवले नागरिकन्युजसँग भने। यसअघि मनोनयन दर्ताकै समयमा काँग्रेसका दलित महिला वडा सदस्य निविरोध निर्वाचित गराउन पराजुलीले ३ वटा वडामा फोरम नेपालका दलित महिला उम्मेदवारको उम्मेदवारी दर्ता गर्न नमानेको विषय अदालतसम्म पुगेको थियो।
वीरगन्ज महानगरपालिका वडा नम्बर २१ कि सुरसती देवी, वडा नम्बर २२ कि सुनिता देवी र वडा नम्बर २८ कि कैलशिया देवी जनकपुर उच्च अदालतको वीरगन्ज इजलासले आदेश गरेपछि पनि पराजुलीले एक दिन ती दलित महिलाका उम्मेदवारी रोकेका थिए।
अन्तमा निर्वाचन आयोगका आयुक्तहरुले चासो जनाएपछि मात्र मौन अवधि सुरु हुनुभन्दा एक दिन अगाडि महिला उम्मेदवारको मनोनयन दर्ता भएको थियो।
वीरगन्ज महानगरपालिकाको मतगणना चलिरहँदा पनि पराजुलीसहितका उनको कार्यालयका कर्मचारीहरुको भूमिका उस्तै देखिएपछि जिल्ला प्रसाशन कार्यालयमा गुनासोहरु पुग्न थालेका छन्।
‘आज बिहानै गएर म र एसपी साहेबले श्रीमान प्रमुख निर्वाचन अधिकृतज्युलाई निश्पक्ष भएर काम सम्पादन गर्न आग्रह गरेका छौं,’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले नागरिकन्युजसँग भने, ‘यसअघि स्थानीय निर्वाचन स्थानीय प्रसाशनले र संसदीय निर्वाचन अदालतका न्याधीश ज्युहरुले गराउने ब्यवस्था रहेकोमा यस पटक स्थानीय निर्वाचन पनि अदालतका न्याधीशहरुलाई जिम्मा दिएपछि हाम्रो शान्ति सुरक्षा मात्र मुख्य दायित्व हुन गएको छ। हामीले दिने सुझाव दिएका छौं।
यता प्रमुख निर्वाचन अधिकृत पराजुलीले आफूहरुले निर्वाचनसम्बन्धी नियम कानूनको पालना गर्दै एकदम निष्पक्ष काम गरिरहेको प्रतिक्रिया दिए । वीरगन्जका मुख्य निर्वाचन अधिकृत बिष्णु पराजुली रातो घेरामा ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।