logo

काग्रेसका उम्मेदवार अनिल रुंगटालाई जिताउन जनता जुटे

    12/2/2017 गते 00 00 मा प्रकाशित   1650   पटक पढिएको

वीरगन्ज १६ मंसिर
नेपाली काग्रेसका सांसद उम्मेदवार अनिल रुंगटालाई जिताउन पर्सा क्षेत्र नम्बर १ का जनता कम्मर कसेर लागि परेका छन । चुनावी अभियानलाई तिव्र बनाउदै आफनो क्षेत्रमा आयोजना गरेका घरदैलो तथा चुनावी सभा कार्यक्रममा स्थानिय स्वतस्र्फुत रुपमा लागि काग्रेसलाई जिताउन अघि बढेका हुन ।
       काग्रेसले नै मुलुकलाई सहि दिशा दिन्छ त्यसैले हामी काग्रेसलाई जिताउन खुलेर लागेको चोर्नीका स्थानिय अगुवा नेता संजय मण्डलले बताए । यसअघि मण्डल स्थानिय निकायको चुनावमा वडा नम्बर ३२ बाट स्वतन्त्र अध्यक्ष पदका उम्मेदवार बनेका थिए । उनले ३ सयको हराहरीमा मत पाएका थिए । अहिले खुलेर काग्रेसको पक्षमा भोट माग्दैन छन ।
       सम्मृद्ध नेपाल निर्माण गर्न एक मात्र पार्टी नेपाली काग्रेस नै सक्षम रहेको हुनाले आफू काग्रेसको लागि भोट मागेको प्रिपाका युवा नेता राजेश पटेलले बताए । एमालेका भातृ संगठन युवा सघका जिल्ला सदस्य रहेका पटेल अहिले काग्रेसलाई जिताउने अभियान लागेका हुन ।
       मुलुकको लोकतन्त्र जोगाउन र मधेशलाई अधिकार सम्पन्न बनाई मुलुकको विकासको गतिलाई तिव्र बनाउने एक मात्र नेपाली काग्रेस पार्टी रहेको हुनाले काग्रेसलाई जिताउने अभियानमा लागि परेको पटेलले बताए । प्रिपाबाट काग्रेसको जित सुनिश्चित छ उनले भने अब यहाको जनता सचेत भई सकेका छन कुनै प्रकारको प्रलोभन या मधेश आन्दोलनको भावनात्मक कुरामा पर्नेवाला छैन ।
       त्यसैगरी वीरगन्ज १६ नगवाका शेख मईमले भने मधेशको हकअधिकारको लागि भएको लडाईमा सच्चा सिपाईको भुमिका निर्वाह गरे तर केहि उपलब्धी भएन, उपलब्धी भयो त मधेशी नेताहरुको । एका विहान टायरबालि सडक तताउने हामी नै नगवा वासी हौ, आन्दोलनलाई चरणउत्कर्षमा पु¥याउने भुमिका हाम्रै नगवा हो, बलिदानी दिने नगवा नै तर आफूलाई आन्दोलनको नेतृत्व गर्ने बताउने नेताहरु आन्दोलनको नाममा हामी प्रयोग मात्र गरे ।
       मधेशी नेता प्रति आक्रोश व्यक्त गर्दे मईमले भने हामी नाकाबन्दी गरेर पुलिसको लाठि र गोली खाई राखेका थिए उनले भने आन्दोलनको नेतृत्व गर्ने नेताले प्रहरी संग मिली ड्राईपोर्टबाट मालबाहक ट्रक देखि लिएर पेट्रोलिय पर्दाथ सम्म ढुवानीमा व्यस्त रहे र आन्दोलनलाई कमजोर बनाउने काम गरे । उनले भने हामीलाई प्रयोग गर्नेलाई भोट दिनौं, काग्रेसलाई नै जसरी जिताउछौ, काग्रेसले नै मुलुकमा लोकतन्त्रलाई रक्षा गर्दे नया सविधान दियो, मधेशका केहि माग पनि सविधान संशोधन गरेर दिएकै हो र बाकी रहेको माग पनि काग्रेसले नै पुरा गर्ने विश्वास रहेको हुनाले काग्रेसलाई जिताउन नगवाका युवाहरु कम्मर कसर लागि परेको बताए । 
       सांसद उम्मेदवार रुंगटाले क्षेत्र नम्बर १ को जनताको विश्वास टुट्न नदिने वाचा गरे । जितहार आफनो ठाउमा छ म जे वाचा गरेको छु जसरी पुरा गर्छु उम्मेदवार रुंगटाले भने नेपाली काग्रेसको दुई तिहाई बहुमत आए पहिलो बैठकमा सविधान संशोधन गरेर मधेशको बाकी रहेको माग पुरा गराउने छु । उनले भने गरिबी न्यूनिकरण गर्दे रोजगार मुलक कार्यक्रम ल्याउने, वेरोजगार युवालाई व्यवस्थापन गर्ने, विधवा र एकल महिलाको भत्तामा बृद्धि गर्ने जस्ता समाज विकासको योजना कार्यान्वयन ल्याउने छु ।
       घरदैलो कार्यक्रममा क्षेत्र नम्बर १ कै (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मी, (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफ, वडा नम्बर ३१ का वडा अध्यक्ष चुमन प्रसाद चौधरी, तरुण दलका विरेन्द्र पटेल, राधेश्याम चौरसिया, नेवि संघका राकेश यादव, दिलिपराज कार्की लगायतका स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।