logo

६ दल चुनावी मैदानमा को बन्लान बीरगंजको मेयर, कडा प्रतिस्पर्दा 

    9/8/2017 गते 00 00 मा प्रकाशित   911   पटक पढिएको

बीरगंज २३ भदौ 
असोज २ गते हुने स्थानिय तहको निर्वाचनका लागी पर्सामा ११ सय ३९ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएकोछ । 
पर्सा जिल्लामा एक बीरगंज माहनगरपालिका र ३ नगरपालिका, पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, बहुदरामाई नगरपालिका र १० गाउपालिका रहेको छ । 
बीरगंज माहानगरपालिकामा नेपाली काग्रेसबाट मेयरका उम्मेदवार अजय कुमार द्धिवेदी उप मेयरमा शान्ति कार्की, नेकपा एमालेबाट मेयरमा बसुरुदिन अन्सारी, उपमेयरमा सोफिया आर्चाय, माओवादी केन्द्रबाट मेयरमा रहवर अन्सारी, उपमेयरमा दुर्गा देवी क्षेत्री, संघिय समाजवादी फोरम नेपालबाट मेयरमा विजय कुमार सरावगी, उपमेयरमा पिंकी यादव, राजपाबाट मेयरमा राजेशमान सिंह, उपमेयरमा रम्भा मिश्रा, र फोरम लोकतान्त्रिकबाट मेयरमा बिमल श्रीवास्तव, उपमेयरमा रिंकु यादव रहेकाछन । त्यसैगरी राप्रपाबाट मेयरमा अजुन बहादुर सिंह ठकुरीले उम्मेदवारी मनोनयन गराएकाछन भने राप्रपा प्रजातान्त्रिकबाट उपमेयरमा सुमेश्वरनाथ उपाध्यायले मनोनयन दर्ता गराएकाछन । काग्रेसका मेयरको उम्मेदवार अजय कुमार द्धिवेदी बिधार्थी जिवन काल देखी नेपाल बिधार्थी संघबाट आफनो राजनितिक शुरु गर्दै २०४९ सालको स्थानिय निर्वाचनमा बीरगंजको उपमेयरमा निर्वाचित भएका थिए भने २०६४ सालको संविधान सभाको निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । २०७० सालको संविधान सभाको निर्वाचनमा नेकपा एमालेका बिचारी यादव संग द्धिवेदी पराजित भएका थिए । त्यस्तै बीरगंज माहानगरपालिकाका तर्फबाट मेयरमा नेकपा एमालेको तर्फबाट बसुरुदिन अन्सारीले आफनो राजनिती नेपाली काग्रेसबाट शुरु गरेपनी  उनी बीरगंजमा रहेको नेशनल मेडिकल कालेजका एम डी हुन । अन्सारी २०७० सालको संबिधान सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट पर्साको २ नम्बर क्षेत्रबाट चुनावमा पराजित भएका थिए भने अहिले नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएकाछन । अन्सारीले आफुलाई एमालेबाट मेयरमा टिकट दिनेभए एमालेमा प्रवेश गर्ने भनेपछी उनी केही पहिलामात्र नेकपा एमाले पार्टीमा प्रवेश गरेका हुन अन्सराी राजनितिक ब्यक्ती नभएपनी उनी अहिले राजनितिकमा दोस्रो संविधान सभाको निर्वाचनबाट सक्रिय रहेकाछन । माओदी केन्द्रबाट मेयरमा उम्मेदवारी दिएका रहवर अन्सरी उनी बीरगंज स्थित गण्डक अस्पतालका निर्देशक हुन । रहवर पर्सा जिल्ला कमिटीका सदस्य हुन भने माओवादी आबद्ध मुस्लिम मुक्ती मोर्चाका केन्द्रिय सदस्य पनी हुन रहवरले हंगेरीको बुडापेष्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक निती र शासन प्रणालीमा भर्खरै मात्र स्नाकोत्तर गरेर नेपाल फर्केका हुन । उनले २०७१ सालमा माओवादी केन्द्रबाट सदस्यता लिएका हुन । रहवर बीरगंजका मेयरका उम्मेदवारहरु मध्ये सब भन्दा कान्छो उम्मेदवार हुन 
संघिय समाजवादी फोरम नेपालबाट मेयरका उम्मेदवार विजय कुमार सरावगी बीरगंज उधोग बाणिज्य संघका पुर्व अध्यक्ष र उधोग बाणिज्य माहा संघका केन्द्रिय सदस्य तथा बीरगंजका उधोगपती पनी हुन । उनी बिगतका दिनहरुमा पहिला नेपाली काग्रेसबिचार भएका ब्यक्ती हुन भने २०७० सालको संविधान सभाको निर्वाचन पछी २६ जना मध्ये समानुपातिकमा उनलाई माओवादी केन्द्रले छनौट नगरेपछी सरावगी करिव ३ महिना पहिला संघिय समाजवादी फोरम नेपाल पार्टीमा प्रवेश गरेका हुन । राजेशमान सिंह राजपा नेपाल पार्टीको तर्फबाट बीरगंज माहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकाछन । सिंह २०४९ सालको स्थानिय निर्वाचनमा बीरगंजको वडा सदस्यमा निर्वाचित भएका थिए । सिंह बीरगंजका पुर्व मेयर बिमल प्रसाद श्रीवास्तवका चेला पनी हुन । 
त्यसपछी नेपाली काग्रेसबाट अलग भएर सरद सिंह भण्डारीले खोलेको राष्ट्रिय समाजवादी पाटीका
 केन्द्रिय सदस्य भएका थिए भने ६ दल मिलेर बनेको राजपा पार्टीका माहासचिव हुन राजेशमान सिंह । 
२०७० सालको संविधान सभाको निर्वाचनमा राजेशमान सिंह पर्साको क्षेत्र नम्बर १ बाट चुनावमा लडेका थिए भने उनले तेस्रो स्थान हासिल गरेका थिए ।  
उनी युवामा एकदम लोकप्रियछन २०७२ सालको मधेश आन्दोलनका अगुवा समेत रहेकाछन भने ६ महिनाको मधेश बन्द र १ सय ३४ दिन सम्म बीरगंज नाका बन्दमा उनको सबै भन्दा ठूलो भुमिका रहेको छ । लामो समय यानीकी पंचायतकाल देखी ४ पटक बीरगंजको मेयर भैसकेका बिमल श्रिवास्तव अहिले फोरम लोक्तान्त्रिकबाट मेयरमा उम्मेदवारी दिएकाछन । उनी २०४६ साल पछी राप्रपा पार्टीमा थिए भने त्यसपछी उनले आफनै पार्टी स्वतन्त्र समुह भनेर पार्टी संचालन समेत गरेका थिए । त्यसपछी उनी २०६४ सालको संबिधान सभाको निर्वाचनमा तराई मधेश लोक्तान्त्रिक पार्टीबाट पर्साको क्षेत्र नम्बर १ बाट चुनावमा भाग लिएपनी उनि पराजित भएका थिए भने २०७० सालको संबिधान सभाको निर्वाचनमा पनी उनले तराई मधेश लोक्तान्त्रिक पार्टीबाट पर्साको क्षेत्र नम्बर १ बाट चुनावमा भाग लिएर फेरी उनी दोस्रो पटक पनी संबिधान सभाको निर्वाचनमा नेपाली काग्रेसका सांसद राजेन्द्र बहादुर अमात्य संग पराजित भएका थिए । छव दल मिलेर एक भएका पार्टी राजपाबाट श्रीवास्तवलाई राजपाले नपतयाएर टिकट नदिएपछी उनले २०७४ साल भदौ २० गते साझ आफनै निवासमा पत्रकार सम्मेलन गरेर आफुले राजपा पार्टी परित्याग गरेको घोषणा गरेर फोरम लोक्तान्त्रिक पार्टीबाट चुनाव लडने घोषण समेत गरेका थिए । श्रीवास्तव राजनितिकमा एकदमै चलाक र चतुर ब्यक्तीत्व र खप्पिस मानिन्छन । यसरी छ बीरगंज माहानगरपालिकामा उम्मेदवारी दिएका मेयरका उम्मेदवारहरुका पछिल्लो ईतिहासहरु । अहिले मेयरमा आआफुहरुले मेयरमा बाजी मार्ने भनेपनी बीरगंज माहानगरपालिकाको मेयरमा काग्रेसका अजय कुमार द्धिवेदी, राजपाका राजेशमान सिंह  र एमालेका बसुरुदिन अन्सारी संघिय समाजवादी फोरम नेपाल बिच कडा प्रतिशपर्दा रहेको देखिन्छन । बाजी कस्ले मार्छ भन्ने त्यो निर्वाचनको परिणामले देखाउने छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।