logo

सञ्चारकर्मीहरूलाई प्रशिक्षण, गलत समाचार सम्प्रेषण नगर्न आग्रह

    8/30/2017 गते 00 00 मा प्रकाशित   625   पटक पढिएको

वीरगंज, १३ भदौ
    युएनडिपी र जिल्ला निर्वाचन कार्यालय, पर्साको सहयोगमा  वीरगंजमा निर्वाचन र सञ्चार प्रशिक्षण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
     युएनडिजपीको सहयोग र निर्वाचन आयोगको आयोजनामा मंगलवार  वीरगंजमा आयोजना गरिएको निर्वाचन र सन्चार प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै पर्साका जिल्ला अदालतका मुख्य न्याधिश समेत रहनु भएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सन्चारकर्मीहरुले आफनो  तर्फबाट भुमिकबा निर्वाह गर्नुपनेमा जोड दिनुभयो ।  पर्साका मुख्य निर्वाचन अधिकृत न्यायाधीश सुवेदीले स्थानीय तहको निर्वाचनमा सञ्चारमाध्यमको अहम् भूमिका रहने बताउनु भएको छ ।
 उनले निर्वाचनका समाचारहरू सत्यतथ्य आधारमा आप्mनो स्रोत र साधनबाट पाठक समक्ष पस्केर जिम्मेवार पत्रकारको भूमिका निर्वाह गर्न सुझाए दिनुभयो । गलत समाचारका कारण आमजनता भ्रममा पर्ने भएकोले सत्यतथ्य समाचार सम्प्रेषण गर्न उनले आग्रह गरे । 
    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले गलत समाचारका कारण सुरक्ष निकायको मनोबल खस्किने गरेकाले सत्यतथ्य समाचार सम्प्रेषण गर्न सुझाएका दिए । 
    वर्षौंपछि स्थानीय तहको निर्वाचन हुन गइरहेकोमा यसलाई सभ्य तथा मर्यादित बनाउन सञ्चारकर्मीको भूमिका अपरिहार्य रहेको उनले बताए । 
    कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमनाथ पराजुली, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जारा, प्रेस काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले मन्तव्य राखेका थिए । 
    कार्यक्रममा निर्वाचन आचारसंहिताबारे सहभागी पत्रकारहरूसँग छलफल गरिएको थियो । कार्यक्रममा नमूना मतदान गरेर सञ्चारकर्मीहरूलाई स्थानीय तहको निर्वाचनबारे जानकारी गराइएको थियो । 
    कार्यक्रममा प्रदेश नं। २ मा २६ लाख ६४ हजार १६७ मतदाता रहेको बताइएको थियो । जसमध्ये पर्साको वीरगंज महानगरपालिकामा १ लाख ८ हजार ५ सय  १, पर्सागढी नपामा १७ हजार ७२३, बहुदरामाई नपामा १९ हजार ५२३, पोखरिया नपामा १५ हजार २६६, कालिका गाउँपालिकामा १० हजार ४२३, पटेर्वा सुगौली गापामा ११ हजार ४७३, ठोरी गापामा ११ हजार ८७, जीराभवानी गापामा १० हजार ९१६, छिपहरमाई गापामा १२ हजार ५४४, जगरनाथपुर गापामा १५ हजार २२२, धोबिनी गापामा १० हजार ३७, पकाहा मैनपुर गापामा १० हजार ७६, विन्ध्यवासिनी गापामा ११ हजार ६०८ र सखुवा प्रसौनी गापामा १५ हजार ८१५ गरी २ लाख ८० हजार २१२ मतदाता रहेको जानकारी गराइएको थियो ।
    पर्सा जिल्लामा जम्मा ११२ वटा वडा र १६७ वटा मतदान केन्द्र तोकिएको कार्यक्रममा जानकारी गराइएको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा  बिभिन्न सन्चार माध्यममा कार्यरत पर्साका करिव ८० जना सन्चारकर्मीहरुको सहभागिता रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।