logo

जोगाऔँ, विहारीकरण हुनबाट वीरगन्जलाई 

    12/2/2017 गते 00 00 मा प्रकाशित   660   पटक पढिएको

     वीरगन्ज– संघीय समाजवादी फोरम नेपालबाट वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएका विजय कुमार सरावगीले आफू चढ्ने गाडीमा मेयर वीरगन्जको नेम प्लेट लगाएका छन् । सामाजिक सञ्जालदेखि लिएर वीरगन्जको प्रवुद्ध वर्गमा उक्त नेम प्लेटलाई लिएर अझैपनि अनेक टिका टिप्पणी हुने गरेको छ । भारतको विहार र उत्तरप्रदेश राज्यमा आफू चढ्ने गाडीमा यस्तो ‘नेम प्लेट’ झुन्डयाउने प्रवृत्ति बढी छ । यता, नेपालमा वीरगन्जका मेयरले पहिलो पटक विहारी शैली अप्नाएका हुन् । उनी मात्र नभएर फोरमबाटै आसन्न प्रतिनिधी सभा चुनावमा पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदीप यादवले आफ्नो चुनावी अभियानमा विहारका सांसद अजय निसाद र राजदका नेता साविर अंसारीलाई सहभागि गराई भाषण गर्न लगाए । 
विदेशी सांसद र नेता नेपालको चुनावमा मतदातालाई प्रभाव पार्न प्रयोग गरिएपछि यस क्षेत्रका युवा तथा भद्रभलादमी वर्गले व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली जनताले आफ्नो भविष्य निर्माण गर्ने सांसद चयन गर्दा विदेशीको हस्तक्षेप भएको भन्दै विरोध गरेका हुन् । गत साता रिपोर्टस क्लबको आयोजनामा वीरगन्जको माइस्थान स्थित गहवा माई मन्दिर अगाडि भएको चुनावी अन्तरक्रियामा फोरमका कार्यकर्ताले आफ्ना उम्मेदवार प्रदीप यादव बाहेक अन्य पार्टीका उम्मेदवारलाई बोल्नै दिएनन् । 
कांग्रेस र एमालेका उम्मेदवारले बोल्न लाग्दा सिटबाट उठेर हुलहुज्जतमा उत्रेका थिए । चुनावी अन्तरक्रियामा सहभागि हुन आएका अधिकांश जनता फोरम कार्यकर्ताको उच्छश्रृंखल गतिविधीबाट निराश बन्दै फर्किएका थिए । नजित्दै यस्तो गुन्डागर्दी प्रदर्शन गरेका फोरमका कार्यकर्ताले उसको नेता जितेपछि भविष्यमा के–के गर्ने होलान् भन्दै फर्किएका थिए । 
आर्थिक नगरी वीरगन्ज नेपालकै मूख्य व्यापारिक केन्द्र हो । यहाँको जनता मुलुकको हरेक राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाएका छन् । तर, यहाको नेताको केन्द्रमा पहुच नहुदा वीरगन्जको विकास हुन सकेन् । २००७ सालमा पर्सामै पहिलो पटक नेपाली कांग्रेसको मुक्ति सेनाले वीरगन्जमा राणाहरुको ब्यारेक कब्जामा लिएका थिए । त्यसपछि भएको ०४६ सालको आन्दोलन होस् वा ०६२र०६३ जनआन्दोलन वीरगन्जवासीको व्यापाक सहभागिता रहेको थियो । ०६४ को पहिलो मधेस आन्दोलनपनि वीरगन्जमा चर्किएपछि मात्र सफल भएको थियो । पछिल्लो पटक भएको तेस्रो मधेस आन्दोलन मधेसका अन्य सहरहरुमा फितलो बनेपछि वीरगन्ज एक्लैले आन्दोलनको बिँडो थामेको थियो । सम्पूर्ण जनताले आन्दोलन र नाकाधर्नामा साथ दिए तर फोरमका नेताले तेल तस्करी र सुक्खा बन्दरगाहबाट गाडी पठाएर अकुत सम्पक्ति कमाए । त्यही नेता अहिले मधेसको ‘मसिहा’ भएको दाबी गर्दै जनतासंग भोट मागिरहेका छन् । ऐतिहासिक व्यापारिक नगरीका मतदाता अहिले जटिल मोडमा उभिएका छन् । ५ वर्षका लागि सांसद प्रतिनिधी चयन गर्ने बेला गलत व्यक्ति जितेर गएमा यो क्षेत्र थप १० वर्ष पछाडि पर्ने पक्का छ ।  कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटा एक सफल उद्योगी र व्यापारी पनि हुन् । वीरगन्जको समस्या समाधान गर्न चौतर्फी योजना बनाएका रुंगटाको राज्यको माथिल्लो निकायमा राम्रो सम्बन्ध छ । सांसदमा निर्वाचित भएपछि रुंगटाले सजिलै योजना ल्याउन सक्छन् । युवालाई रोजगारी र वीरगन्जको वैभव फर्काउने मूख्य लक्ष्य लिएर चुनावी अभियानमा होमिएका रुंगटाले संविधान संशोधन गरी मधेसको असन्तुष्टि समेत पुरा गर्ने बताउँदै आएका छन् ।  ईसिमाना

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।