logo

जनता नै सर्वक्षेष्ठ, सर्वमान्य हुन यसको जवाफ २१ गते जनताले नै दिनेछन  उम्मेदवार रुंगटा

    11/27/2017 गते 00 00 मा प्रकाशित   976   पटक पढिएको

वीरगन्ज ११ मंसिर
पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज १४ पिप्रामा सोमबार घरदैलो गर्न पुगेका नेपाली कांग्रेसका नेता तथा सासंद उम्मेदवार अनिल रुंगटालाई स्थानियले भब्य स्वागत गरेका छन । 
चुनावी प्रचार प्रसार अन्तरगत सांसद उम्मेदवार रुंगटा र क्षेत्र नम्बर १ कै (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मी पिप्रामा पुग्नासाथ स्थानिय उत्साहित भएर भब्य रुपमा स्वागत गरेका हुन ।
        काग्रेसले जे भने त्यो गरे, सविधान पनि दियो, सविधान संशोधन पनि गरे र बाकी रहेको मधेशको माग पुरा गराउन काग्रेसले नै सविधान संशोधन गराउछ भन्दै स्थानियले काग्रेसका उम्मेदवारलाई विजय गराउन उत्साहित भएर घरदैलोमा सहभागिता जनाएका थिए । घर घरमा पुगेका रुंगटालाई स्थानिय महिला तथा पुरुषहरुले फुलमाला लगाई भब्य रुपले स्वागत गर्दै उनका घरदैलो कार्यक्रममा सहभागिता जनाउदै काग्रेसको पक्षमा भोट मागेका थिए ।
        मधेश आन्दोलनको नाममा भावनात्मक कुरा गरेर मधेशी नेताहरुले पुन मधेशीलाई भ्रमित बनाउन खोजेका थिए स्थानिय युवा राजेश पटेलले भने हामी सचेत भई सकेका छौ कसैले कुनै पनि प्रकारको प्रलोभन देखाए केहि फरक पर्नेवाला छैन हाम्रो भोट काग्रेसलाई नै जाने बताउदै बीरगंज माहनगरपालिका १४ पिप्राका मतदाताहरु संग रुख चिन्हमा मतदान गर्न आग्रस समेत गरेका छन ।
        उनले थपे ६ महिनाको उपलब्धी विहिन नाकाबन्दी गरेर हामीलाई भोकै मार्ने, हाम्रा रोजगार खोस्ने असफल मधेशी नेताले आफनो स्वार्थ पुरा गर्न मात्र मधेशमा मधेश आन्दोलन तथा नाकाबन्दी गरेका हुन । अब हामी आन्दोलन, बन्द, हडताल गरी अनाश्यक दुख दिनेलाई यही चुनावमा पाखा लगाउदै विकास गर्ने विश्वासिलो सासंद उम्मेदवार रुंगटा लगायतका काग्रेसका उम्मेदवारलाई जसरी पनि जिताउछौ स्थानिय सन्देश साहले बताए ।
        घर घरमा भोट माग्न पुगेका सांसद उम्मेदवार रुंगटाले भने मेरो छवि कस्तो छ तपाईहरु विच लुकेको छैन, म एउटा सफल उद्यमी मात्र होईन समाजसेवी पनि हु र भोलिको दिनमा समाजलाई सही दिशा दिएर अगाडी बढाउने क्षमता पनि राखेको छु रुगटाले मतदाताहरु माझ आफना कुरा समेत राखे । उनले भने जिल्लालाई कसरी विकशित गर्ने हो त्यो लक्ष्य लिएर अगाडी बढेको छु, लक्ष्य पुरा गर्न आफू तैयार र सक्षम पनि रहेको छु, तर तपाईहरुको सहयोग अनिर्वाह चाईन्छ त्यसैले नेपाली काग्रेसलाई नै भोट दिएर लक्ष्य पुरा गराउन सहयोग गर्नुस् ।
        चुनाव हार्ने मनस्थितिमा पुगि सकेका फोरम नेपालका उम्मेदवारले मेरो बारेमा अनावश्यक टिकाटिप्पणी गरी जनतालाई भ्रमित पार्ने खेलमा लागि परेको आरोप लगाउदै सांसद उम्मेदवार रुंगटाले भने जनता हेर्दै छन जनता नै सर्वक्षेष्ठ, सर्वमान्य हुन यसको जवाफ २१ गते जनताले नै दिने छन ।
        यसैगरी काग्रेसले सोमबार साझ वीरगन्ज १३ मुर्ली र तेजारथटोलमा घरदैलो सम्पन्न गरेको छ । सांसद उम्मेदवार अनिल रुंगटा र प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मी जनताको घर घरमा पुगि नेपाली काग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।
        पिप्राका बुथ सभापती संजय साहको अगुवाई तथा मुर्लिका बुथ सभापती विरेन्द्र महतोको अगुवाईमा निकालिएको घरदैलो कार्यक्रममा पार्टीका जिल्ला सभापती अजय दुवेदी, वीरगन्ज महानगरपालिका उप प्रमुख तथा महिला नेतृ शान्ति कार्की, पूर्व राज्य मन्त्री दुर्गा देवी महतो, नेता ईश्वरभक्त श्रेष्ठ, विरबहादुर पटेल, रामबाबु पटेल, नगर सभापती भोला साह कलवार, क्षेत्रिय सभापती अरविन्द्र गुप्ता, तरुण दलका विरेन्द्र पटेल, पार्षद विजय सिंह, नेता राजु गुप्ता, नेविसंघका राकेश यादव, दिलिपराज कार्की, विकास तिवारी, फिरोज अंसारी, राहुल कर्ण लगायतको नेता कार्यकर्ताहरुको र स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।