logo

पूर्वआईजीपीको लुट, अख्तियारमा छानविन रोक्न यस्तो चलखेल

    11/7/2017 गते 00 00 मा प्रकाशित   873   पटक पढिएको

काठमाण्डु, २१ कात्तिक – नेपाल प्रहरीका पूर्वआईजीपी उपेन्द्रकान्त अर्याललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन सुरू गरेको छ । पदिय दुरूपयोग गरेर अकुत सम्पत्ती कमाएको आरोप लगाउँदै उनीमाथि छानविन सुरू गरेको हो ।
आयोगले चार महिनाअघि अर्याललाई १३ पन्ने भराएर अनुसन्धान सुरू गरेको थियो । चार महिनाको अनुसन्धान पश्चात आयोगले आइतबार पूर्वआईजी अर्यालसँग पहिलो चरणको बयान लिएको छ ।
बयान दिन अर्याल आइतबार विहान ११ बजेतिर टंगालस्थित कार्यालयमा पुगेका थिए । उनीमाथि पाँच करोड भन्दा बढी अकुत सम्पत्ति जोडेको प्रमाण अख्तियारले फेला पारेपछि छानविन अगाडि बढाएको हो ।
लोकमानसिंह कार्की अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमूख हुँदा विनाटेण्डर जामर मेसिन खरिददेखि गुणस्तरहीन डीएमएस बुट, पार्का ज्याकेट, म्याजिक लाईट, सिलपिङ व्याक लगाएतका बन्दबस्तिका सामन खरिदमा ढेड करोड भ्रष्टाचार गरेको आरोप अर्यालमाथि लागेको छ ।
सार्क सम्मेलनकै क्रममा छिमेकी मुलुकहरूका सरकार प्रमूखको सवारीमा स्कर्टिङको व्यवस्था मिलाउन प्रहरीले बुलेट मोटरसाइकल खरिद गरेको थियो । साढे ४ देखि ५ लाख बजारमूल्य पर्ने ३ सय ५० सीसीको मोटरसाइकललाई ६ लाख ८१ हजार रूपैयाँका दरले खरिद गरिएको प्रमाण अख्तियारले फेला पारेको छ । कम दरमा प्रस्ताव गरेको बजाज समूहले असन्तुष्ट भई प्रहरी मुख्यालय र अख्तियारमा उजुरी दियो ।
छानबिन गर्नुको साटो उल्टै अख्तियारले भुक्तानीका लागि निर्देशन दिए लोकमान समेत पदको दुरू प्रयोग गरेको प्रमाण फेला परेको छ । उनकै पालमा ३० रूपैयाँ पर्ने सिट्ठीलाई डेढ सयसम्म र १२ सय रूपैयाँ पर्ने म्याजिक लाइटलाई ४५ सय रूपैयाँमा खरिद गरी भ्रष्टाचार गरेको स्रोतले बतायो ।
‘लोकमानमाथि महाअभियोग लाग्नासाथ खरिद प्रक्रियामा संलग्न प्रहरी अधिकारीहरू डरले अख्तियारका केही आयुक्तकहाँ धाउदै आएका छन् । लोकमानको कार्यकालभर प्रहरीभित्रका अनियमितता र भ्रष्टाचारका एउटा पनि उजुरीको छानबिन भएको छैन’, स्रोतले भन्यो । 
एकाध प्रतिशोधबाहेक प्रहरी अधिकारीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जनको उजुरीमा समेत छानविन अघि बढेको थिएन । अख्तियारमा पुगेका प्रहरीका उजुरीहरू तामेलीमा राखिन्थे भने अन्यत्रको छानविन पनि लोकमानको निर्देशनमा रोकिएको थियो । प्रहरीको ज्याकेट खरिदमा भएको अनियमितताको उजुरी संसदको लेखा समितिमा पुगेको थियो ।
१५ सय रूपैयाँको प्रस्ताव लत्याएर प्रहरीले श्लोक इन्टरप्राइजेजले प्रस्ताव गरेको २२ सयमा खरिद गरिएको थियो । तत्कानि समयमा लेखा समित प्रमूख रहेका जर्नादन शर्माले यस बिषयमा अनुसन्धान सुरू गरेका थिए । तर शर्मा उर्जा मन्त्रालय सम्हाल्न पुगेपछि तत्कालिन अख्तियार प्रमूख लोकमान सिंहको निगाहा छानविन रोकिएको थियो ।
उनले एसएसपी हुँदादेखि नै अकुत सम्पत्ति आर्जन गरी हुन्डी कारोबारी पवन सरियाहरूलाई मिटर ब्याजमा करोडौैं रूपैयाँ लगानी गरेको आरोप समेत लागेको छ । उनले २०७३ फागुन १ मा ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाएका थिए । अख्तियारले अनुसन्धान अगाडी बढाएपछि अर्याल भने शक्ति केन्द्र धाउँदै आएका छन् ।
अख्तियारका आयुक्त नविन घिमिरेलाई प्रभाबमा पार्न अर्याल अहिले घिमिरेका सम्धि डिआईजी पवन खरेलको शरणमा पुगेका छन् । भ्रष्टाचार गरेको पैसाले अर्यालले देशका विभिन्न ठाउँमा जग्गा खरिद गरेको पाईएको छ । पहिलो संविधानसभाको चुनावमा नेपाली कांग्रेसबाट सभासद भएका सिन्धुलीका सभासद् उज्ज्वल वराल र अर्याल रूवमको साझेदारीमा सिन्धुलीको दुधैलीमा ६ सय रोपनी जग्गा खरिद गरेको अख्तियारले भेट्टाएको छ ।
मंहगो भाउमा उक्त जग्गा संगठनलाई भिडाएर प्रहरीको तालिम केन्द्र सार्ने मनसाय राखेर जग्गा किनेको अनुमान आयोगले गरेको छ । त्यस्तै निवर्तमान सभासद् मोहन बरालसँग पनि काभ्रे लगायत विभिन्न ठाँउमा जग्गा खरिद गरेको आयोगले पाएको छ ।
अर्याललाई बचाउन उनका मित समेत रहेका व्यापारी उपेन्द्र महतो लागेका छन् । उनले रसियामै भएको बेला आफ्नो कारोबार हेर्ने दिपक तिमिल्सेनालाई अख्तियार प्रमुख वस्नेतलाई भेट्न पठाएको उच्च स्रोतको दाबी छ । तिमिल्सेनाले वस्नेतलाई भेटेर महतोको सन्देश सुनाइसकेका छन् । काठमाण्डु टुडेबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।