logo

पर्साका नेताहरूलाई शाख जोगाउन हम्मे हम्मे

    11/16/2017 गते 00 00 मा प्रकाशित   1086   पटक पढिएको

 वीरगज, ३० कातिक
    प्रदेश नं २ को मङ्सिर २१ हुन् गइरहेको दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूको निर्वाचनमा अहिले पर्साका नाम चलेका नेताहरूलाई आप्mनो शाख जोगाउन हम्मे हम्मे परेको छ । पर्सामा ४ वटा प्रतिनिधिसभा तथा ८ वटा प्रदेशसभा क्षेत्रमा अहिले चुनावी प्रतिस्पर्धामा विगत र वर्तमानमा नाम कमाएका उम्मेदवारहरू चुनाव लडिरहेका छन । केही पुराना अनुहार छन् भने केही नयाँ । पुरानाहरूलाई आप्mनो शाख जोगाउन र नयाँलाई आप्mनो शाख बनाउने सुर छ । 
    प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा बढी सङ्घर्षबाट टिकट लिएकाहरू अहिले चुनाव कसरी जित्ने भन्ने धुनमा छन् । टिकट नपाउनेहरूले व्यक्तिगत र राजनीतिक प्रतिस्पर्धा उम्मेदवारहरूले भोग्नुपरेको अवस्था पनि छ । बाह्य सम्बन्ध प्रगाढ देखाएर भित्री रूपमा आप्mनै पार्टीका उम्मेदवार विरुद्ध अभियानमा लागेकाहरू प्रायः सबै पार्टीमा देखिएका छन् । 
    नेपाली काङग्रेसबाट पर्सा क्षेत्र नं। ४ उम्मेदवार रमेश रिजालले नै पटक–पटक टिकट पाएको कुरा पार्टी भित्रका अन्य आकाङ्क्षीहरूले रुचाएका छैनन् । प्रजातन्त्र स्थापनापछि एकपटक र गणतन्त्र स्थापनापछि एकपटक गरी दुई पटक निर्वाचित भएका रिजाल यसबीच थप दुईपटक पराजित पनि भएका थिए ।         लामो समयसम्म एकै व्यक्तिले जिते पनि हारे पनि टिकट पाउँदै आएकोले सो क्षेत्रमा काङ्ग्रेसबाटै अन्तर्घातको प्रयास भइरहेको छ । अन्तर्घात मत्थर पार्न रिजाल लागिपरेका छन् तर कति सफल हुने हुन् चुनाव परिणामबाटै थाहा हुन्छ । यस क्षेत्रबाट रिजालको प्रतिस्पर्धा दुईपटक पराजित र एकपटक निर्वाचित उर्मिला अर्याल ९वामगठबन्धन० तथा लक्ष्मणलाल कर्ण राजपा–फोरम नेपाल गठबन्धनबाट उम्मेदवार छन् । 
    अर्याललाई पनि वामगठबन्धनमा उनकै पार्टीभित्र विरोध छ । यद्यपि अर्याल विरोध मत्थर पार्ने कामसँगै चुनावी अभियान तीव्र पार्दै अगाडि बढेकी छन् । अर्का प्रतिस्पर्धी कर्ण सो क्षेत्रबाट पहिलो चोटी निर्वाचन लडदै छन् । दुईपटक समानुपातिकबाट चुनिएका कर्ण पुराना दुई प्रतिस्पर्धीलाई पराजित गरेर चुनाव जित्ने अभियानमा लागिपरेका छन् ।         निर्वाचन क्षेत्र नम्बर ३ मा नेकाबाट तीनपटक निर्वाचित र एकपटक पराजित निवर्तमान सांसद सुरेन्द्र चौधरी, वामगठबन्धनबाट एकपटक निर्वाचित निवर्तमान सांसद राजकुमार गुप्ता र राजपा–फोरम नेपालको गठबन्धनबाट पहिलोचोटी प्रतिनिधिसभा चुनावमा होमिएका हरिनारायण रौनियार तथा सङ्घीय समाजवादी पार्टीबाट दुईपटक हारको सामना गर्दै आएका राजकुमार यादव पनि चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा अनुभवी उम्मेदवारको रूपमा नेकाका चौधरी छन् । निर्वाचन क्षेत्र हेरफेर र पाँच क्षेत्रबाट एक क्षेत्र घटेपछि ४ नम्बरका उम्मेदवार चौधरी ३ नम्बरको उम्मेदवार बनेका हुन् । सो क्षेत्रका निर्वाचित सांसद वामगठबन्धनका गुप्ता र नेकाका पुराना कार्यकर्ता रौनियार मधेसी गठबन्धनबाट चुनाव लडिरहेका छन् । 
    यो क्षेत्रमा सङ्घीय समाजवादी पार्टीका यादवको पकड पनि द¥हो छ । यस कारण क्षेत्र  नं। ३ मा भने चारजनाबीच प्रतिस्पर्धा देखिन्छ । निर्वाचन क्षेत्र नं २ मा नेकाका अजय चौरसिया, वामगठबन्धनका सलिम मंसुर र राजपा–फोरम गठबन्धनबाट बिमल श्रीवास्तव मुख्य प्रतिस्पर्धी छन् । क्षेत्र नं। ३ बाट एकपटक निर्वाचित चौरसिया दुईपटक पराजित पनि भएका हुन् । मधेसी गठबन्धनका श्रीवास्तव वीरगंजको मेयरमा चारपटक निर्वाचित दुईपटक पराजित भएका हुन् । प्रतिनिधिसभा निर्वाचनामा पञ्चायतकालदेखि प्रतिस्पर्धा गर्दै आएका श्रीवास्तवलाई जीत हात परेको छैन । वामगठबन्धका म। सलिम मंसुरी जगरनाथपुर गाविस अध्यक्ष भइसकेको व्यक्ति हुन् । प्रतिनिधिसभाको निर्वाचनमा उनको यो पहिलो यात्रा हो । यो क्षेत्रमा त्रिकोणात्मक प्रतिस्पर्धा हुने आकलन गरिंदैछ । 
    पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निवर्तमान सांसद विचारीप्रसाद यादव वामगठबन्घनबाट उम्मेदवार छन् । प्रतिनिधिसभा निर्वाचनमा दोस्रो संविधानसभा सदस्यका रूपमा पहिलोचोटी उम्मेदवारी दिएर यादवले जित हासिल गरेका थिए । यो क्षेत्रबाट राजपा–फोरम नेपालको गठबन्धनबाट प्रदीप यादव उम्मेदवार छन् । दोस्रो संविधानसभामा विचारीसँग प्रदीप यादव पराजित भएका थिए । त्यतिखेर क्षेत्र नं। २ थियो भने अहिले क्षेत्र नं। १ बाट पनि दुवैजना प्रतिस्पर्धी भएका छन् । नेकाबाट भने समानुपातिकमा निवर्तमान सांसद अनिल रूंगटा चुनावी मैदानमा छन् । चुनावी यात्रा यो उनको पहिलो हो । यो क्षेत्रमा पनि त्रिकोणात्मक प्रतिस्पर्धा हुने अनुमान गरिंदैछ । प्रतिक दैनिक

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।