logo

पर्सा प्रहरीले तस्करीमा कडाई गरेपछि बारावाट भैसी, रांगा, लत्ता कपडाको ब्यापक तस्करी

    9/29/2020 गते 00 00 मा प्रकाशित   1023   पटक पढिएको

बीरगंज १३ असोज 
पर्सा प्रहरीले तस्करीमा कडाई गरेपछी अहिले बाराको मुशहर्वा वलिामपुर, बरैनिया, छतवा, नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा ब्यापक तस्करी शुरु भएको छ । 
पर्सामा प्रहरीले अबैध रुपमा हुने गरेको तस्करीमा कडाई गरेपछी अहिले तस्करहरु पर्सा नाका छाडेर बाराको बिभिन्न नाकाहरुबाट तस्करी गर्दै आएको स्थानियहरुले यस अनलाईनलाई बताएकाछन ।  
तस्करहरुले अहिले बाराको मुशहर्वामा रहेको सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीका प्रहरीहरुलाई नजराना दिएर दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा भैसी, रांगा, लत्ता कपडा भित्रयाउने गरेकाछन । प्राप्त समाचार अनुसार सोमबार राती ५५ गोटा भैसी तस्करहरुले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलेर भित्रयाउदै सो नाकामा रहेको सशस्त्र प्रहरीको बिओपीलाई प्रती भैसी ४ सय रुपैयाको दरले दिएको बारा बलिरामपुर निवासी एक स्थानियले नाम नछाप्ने शर्तमा बीरगंज डेलीलाई बताएकाछन । 
अहिले बाराको बलिरामपुर मुशहर्वा नाकाबाट दैनिक रातीको समयमा भारतबाट भैंसी, रांगा, लत्ता कपडा लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा त्रियाउने गरेपनी बारा जिल्लाका नाकाहरुमा बसेका सशस्त्र प्रहरी र नेपाल प्रहरी रकम बुझेर आखामा पटटी बाधेर चुप लागेर बस्ने गरेकाछन ।

बारा जिल्लाको बलिरामपुर , मुसहरवा , छतवा नाकावाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा  तस्करी भईरहेको अहिले ब्यापक चर्चामा रहेपनी बाराका सशस्त्र प्रहरी प्रमुख र नेपाल प्रहरी प्रमुख कानमा तेल हालेर बस्ने गरेकाछन । 
बाराको मुशहर्वा,बलिरामपुर नाकाबाट दैनिक लाखौं रुपैयाको तस्करी भईरहेको छ। तस्करले दिन रात उक्त नाका बाट दैनिक रुपमा सुर्ती, राजनिवास, भैंसी, रजनीगंधा, लत्ताकपडा , हाडयेवर लागाएतको सामाग्री तस्करी गरिरहेको स्थानीयले बताएका छन्।
पर्सा प्रहरी र सशस्त्र प्रहरी १३ नम्बर गण पर्सा द्वयले पर्सा जिल्लामा अबैध रुपमा भित्रिने गरेको तस्करीमा कडाई गरेपछि अहिले पर्सा र बाराका  नामुदत तस्करहरु बाराको बलिरामपुर नाकामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु भएपछी सरकारलाई दैनिक रुपमा लाखौं रुपैया राजश्व घाटा हुदै आएको छ । 
कोरोनाको कारण सिमानाका सिल भएपनि राती राती खुल्म खुल्ला रुपले सो नाकावाट मानिस आवतजावत र रातभरि तस्करी भइरहेको स्थानीयहरुले बताएका छन्।
बाराको बलिरामपुर र मुशर्हवाको चोर बाट प्रयोग गरी रातभरी भैंसीको तस्करी भइरहेपनी सो नाकाको प्रहरीहरुले केही कडाई नगरेपछी सशस्त्र प्रहरी र नेपाल माथी नै प्रश्न चिन्ह खडा भएको छ । बाराको बलीरामपुर मुशहर्वा र भारतका नामुद तस्करहरु बाराको बलीरामपुर र मुशर्हवाको नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर दैनिक ५० देखी १ सय सम्म भैंसी रातीको १२ बजे देखि ४ बजे भैसी तस्करहरुले पुरयाउने गरेको स्थानियहरुले बताउछन । 
सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले किहे दिन पहिला अनुगमन गरि सिमानाका पुर्णरुपले अवैध तस्करी बन्द गर्ने निर्देशन दिए पनि मुसहार्वाका बिओपीले निर्देशन विपरीत तस्करी गराईरहेको स्थानीयहरुले बताएछन्।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।