logo

पर्सा प्रहरी द्धारा हुण्डीको रकम सहित २ करोड भन्दा बढी को  अबैध  सामान पक्राउ 

    3/22/2020 गते 00 00 मा प्रकाशित   1317   पटक पढिएको

सन्जु छतकुली
वीरगंज ९ फाल्गुन 
पर्सा प्रहरीले डेढ महिनामा हुण्डीको रकम सहित करिव २ करोड रुपैया बराबरको अवैध तस्करीको सामान नियन्त्रणमा लिएको छ । 
जिल्ला प्रहरी कार्यालय पर्सामा करिव डेढ महिना पहिला प्रमुखको रुपमा सरुवा भएर आउनु भएकी प्रहरी उपरिक्षक गंगा पन्तले अबैध रुपमा ओसार पसार हुने हुन्डीको रकम सहित १ करोड २८ लाख ७२ हजार १ सय ९५ रुपैया बराबरको अबैध तस्करीको सामान नियन्त्रणमा लिएको हो । 
त्यसैगरी पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पन्तले   ३६ लाख ६१ हजार, ८ सय ४४ रुपैयाको हुण्डी कारोवारमा संल्गन रहेको ब्यक्तीहरुलाइ श्रोत नखुलेको रकम सहित प्रकाउ गरी राजश्व अनुसंधान बिभागमा बुझाईएको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो । 
जिल्ला प्रहरी कार्यालय पर्साले  माघ महिनाको अन्तिम साता देखी चैत्र महिनाको पहिलो साता सम्ममा उक्त मुल्य बराबरको सामान नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रहरी उरिक्षक गंगा पन्तले जनाउनु भएको छ । तस्करहरुले अबैध रुपमा भन्सार छलेर भारतबाट नेपाल भित्रयाउदै गरेको र नेपालबाट भारत तर्फ अबैध रुपमा लादै गरेको अवस्थामा पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । यसरी पर्सा प्रहरीले नियन्त्रणमा लिएको अबैध भन्सार  छलीको सामानहरु भारतबाट नेपालमा ल्याउदै गरेको अवस्थामा लत्ताकपडा , सटिङ सुटिङ, हार्डवेयर लगायतका सामानहरु पक्राउ गरेको छ भने त्यसैगरी नेपालबाट भारत तर्फ तस्करहरुले अबैध रुपमा लादै गरेको मरिच, केराउ ,  छोहडा ओखर लगाएतको अवैध समानहरु, नियन्त्रणमा लिएर बीरगंज भन्सारमा बुभाmईएको पर्साको प्रहरी उपरिक्षक पन्तले बताउनुभएको छ ।  
पर्सा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक  गंगा पन्त  पर्सामा २०७६ साल माघ २३ गते देखी कार्यभार सम्भालेका दिनदेखी बीरगंज लगायत जिल्लामा शान्ति सुरक्षा कायम राख्नुको साथसाथै तस्करीको सामान धमाधम पक्राउ गरी जिल्लाबाट हुने गरेको तस्करी पुर्ण रुपमा बन्द गर्न पर्सा प्रहरी सफल भएको प्रहरी उपरिक्षक पन्तको दावी छ । 
पर्सा प्रहरीका एसपी पन्तले कुनैपनी अबैध रुपमा हुने गरेको तस्करी वा क्राईम जिरोमा झार्न नसके पनी पर्सा प्रहरीको सादा पोसाकमा ( क्राईम प्रहरी टोली  ) रहेको प्रहरी टोली नागरिक समाज, बुद्धीजिवी, पर्सेली सन्चारकर्मी लगायतका सहयोग र सक्रियतामा पर्सा जिल्लाको वीरगंज सिमानाका हुने समेत अपराधी गतिविधि र तस्करी शुन्य भएको बताउनुभयो । त्यस्तै पर्सा जिल्लाको ग्रामीण भेगको  सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधि शुन्य भएको कारणले पर्सा जिल्लाका बासिहरु प्रहरी उपरीक्षक पन्त संग निकैने खुशी रहेको  पर्सा जिल्ला बासिहरु  बताउछन् । 

  पर्सा प्रहरीले पर्सा जिल्लामा बिभिन्न मुद्धामा जिल्ला अदालत पर्साले सजाए तोकेको र बिभिन्न मुददामा फरार रहेका २३  जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको क्राईम ब्रान्च शाखाका प्रमुख प्रहरी निरिक्षक रबि भुषण यादबले बताउनु भयो। 
एसपी पन्तले हरेक महिनामा प्रहरी संग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको र जिल्लामा शान्ति सुरक्षाको अनुभुती दिलाउनका लागी प्रहरी उपरीक्षक पन्त  प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिने गरेको उनी बताउछन । प्रहरी उपरीक्षक पन्तले प्रहरी ऐन बिपरीत कार्य गरेका  प्रहरीहरुलाई कारवाही समेत गर्नुभएको छिन् ।
पर्साका प्रहरी उपरिक्षक पन्त  भन्छिन्  आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भालेको दिन देखी बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको समेत दावी गरेकी छिन् । पन्त  भन्छिन  प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनी सोही गरेको बताउनु जिकिर समेत गर्नुभयो । पर्साका प्रहरी उपरिक्षक पन्त पर्साको प्रहरी उपरिक्षक महिला पहिलो हुन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।