logo

फोरमले कांग्रेसको झण्डा हटाएकोमा नेपाली कांग्रेसद्धारा आपत्ति

    11/25/2017 गते 00 00 मा प्रकाशित   1234   पटक पढिएको

      वीरगन्ज, ९ मंसिर । नेपाली कांग्रेसका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुंगटाले फोरमले कांग्रेसको झण्डा हटाएर आफनो झण्डा राखेकोकोमा  आपती जनाएको छ । 
 नेपाली कांग्रेसका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुंगटाले नेपाली कांग्रेस विधिको शासनमा चल्ने पार्टी भएको हुदा  पावर चौक देखी मुर्ली चौक सम्म कांग्रेसको झण्डा  हटाएर फोरम नेपालका पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदिप यादवले आफनो झण्डा गाडेको आरोप लगाएकाछन । 
बीरगंजको बिभिन्न स्थानबाट नेपाली कांग्रेसको झण्डा हटाएकोमा नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।
शनिबार वीरगन्जको मूर्लीमा रहेको पार्टी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार रुंगटाले अस्वस्थ प्रतिस्पर्धाको निर्वाचन आपूmहरुलाई सह्य नहुने भन्दै हतास मानसिकताले फोरम नेपाल पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार प्रदिप यादवले कांग्रेसको झण्डा हटाउनेहरुकै कारण लोकतन्त्र खतरामा रहेको बताए । काग्रेस १ का प्रतिनिधी सभाका उम्मेदवार अनिल रुगटाले जनताले दिएको जनादेशलाई मान्न तयार रहेको भन्दै स्वस्थ प्रतिस्पर्धामा निर्वाचन लड्न फोरमका उम्मेदवार यादवलाई  अपिल गरे ।
शुक्रबार राति फोरम नेपालका कार्यकर्ताहरुले मूर्ली चोकमा नेपाली कांग्रेसको झण्डा हटाएर फोरम नेपालको झण्डा लगाएको भेटेपछि फोरम नेपालको कार्यशैलीको विरोध गर्दै झण्डा हटाएकोमा पत्रकार सम्मेलन गरेर आपत्ति जनाएका थिए ।  प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले कांग्रेसको झण्डा हटाएको किटानी सहित उजुरी गर्दा समेत निर्वाचन आयोग र स्थानीय प्रशासनले कारवाही गर्न चासो नदेखाएकोमा आपत्ति जनाएका थिए ।
द्धिवेदीले कांग्रेसको झण्डा हटाउँदा कांग्रेस समर्थकहरु आक्रोशित भएपनि विधिको शासनमा चल्ने पार्टी भएकोले कार्यकर्ताहरुलाई संयमित बनाएको भन्दै कांग्रेसको संयमता र सहनशीलतालाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन् । प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क का उम्मेदवार विजय सर्राफले आफ्नो आँखा अगाडि नै फोरमका कार्यकर्ताले कांग्रेसको झण्डा निकालेको अवस्थामा फोरम नेपालका कार्यकर्ता कुन्दन यादवलाई यस्तो नगर्न र यो ठिक नगरेको संचारकर्मीहरुलाई बताए ।
कांग्रेसको झण्डा निकालेर फोरमको झण्डा राखेको देखेपछि त्यस विषयमा प्रहरीलाई जानकारी गराएपनि कुनै किसिमको कारवाही नगरिएको प्रति रोष्ट समेत सरार्फले प्रकट गरे ।
झण्डा निकालेको प्रति आक्रोशित हुदै एक कार्यकर्ताले भने, “अहिले झण्डा चोर्दैछ, चुनाव जितेपछि झन मान्छे नै अपहरण गर्ला  ‘चुनाव अघि नै यस्तो प्रवृत्ति देखाउनले चुनाव जितेपछि के गर्ला त्यो सबै जनताले बुझेका छन्’, उनले भने।  
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, क्षेत्रीय सभापित अरविन्द गुप्ता, तरुण दलका जिल्ला सभापति विरेन्द्र पटेल, नेपाली काग्रेसका कोषाध्यक्ष ईम्तयाज आलम लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।