logo

फोरम नेपालको हार निश्चित, त्यस्ताको पछि नलाग्न मतदाताहरुलाई आग्रह ,नेता अनिल रुगटा

    11/23/2017 गते 00 00 मा प्रकाशित   902   पटक पढिएको

वीरगन्ज ७ मंसिर
        नेपाली काग्रेसले आफनो चुनावी प्रसार अभियानलाई तिव्रता बनाउदै बिहिबार पनि वीरगन्जको १ नम्बर क्षेत्रको विभिन्न वडामा घरदैलो कार्यक्रम तिब्र रुपमा अगाडी बढाएको छ ।
 पार्टीका नेता एव पर्सा क्षेत्र नम्बर १ का सांसाद उम्मेदवार अनिल रुंगटा र क्षेत्र नम्बर १ को (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मीले वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेलवाको विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम गरेका हुन ।        
        उम्मेदवार रुगंटा र कुर्मीले बेलवा वडाको सोलखपुर, लक्ष्मीपुर र परासवा टोलमा बृहत रुपमा घरदैलो कार्यक्रम गरेको आज सम्पन्न गरेकाछन ।  घरदैलो गर्ने क्रममा उम्मेदवारहरुले नेपाली काग्रेसलाई नै बिजय गराउन आग्रह गरेका थिए ।
        घरदैलो कार्यक्रम अन्तगरगत काग्रेसले वडा नम्बर ७ माईस्थानको रामटोल, गहवा, लगायतका स्थानहरुमा स्थानिय महिलाहरु र पुरुषहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो । 
उक्र घरदैलो कार्यक्रहरुमा स्थानिय महिलाहरुको करिव २ सयको हाराहरीमा सहभागिता रहेको थियो । सासद उम्मेदवार रुंगटा सहित क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफ लगायतको टोलीले माईस्थानमा घरदैलो कार्यक्रम गरेका हुन । नेपाली काग्रेसलाई विजय गराउन स्थानियलाई आग्रह गर्दे उम्मेदवार रुगंटाले नेपाली काग्रेस प्रति देखिएको जनलहरले फोरम नेपालको हार निश्चित भएपछि हतासमा आएर हाम्रो विरुद्ध विभिन्न खाले अफवाह फैलाउन शुरु गरेका छन त्यस्ताको पछि नलाग्न मतदाताहरु सवैलाई आग्रह समेत गरेकाछन ।
        ने.का. सवैलाई अटाउने पार्टी हो, भोली फोरमबाट बाहिरिने नेता आए उसलाई पनि समेटेर अगाडी बढछौ तर कसैको बारेमा गलत अफवाह फैलाउदैनौ उम्मेदवार रुंगटाले भने मधेश आन्दोलनको आडमा कुन कुन नेताले के के गरेका छन त्यो सब जनतासंग लुकेको छैन, मलाई भन्ने आवश्यकता छैन अबको चुनावमा जनताले सहि मुल्यांकन गरी त्यस्ता नेतालाई पाखा लगाउने छन ।
        नेपाली काग्रेस जनतलाई आश्वासन दिने पार्टी होईन काम गरेर देखाउने पार्टी हो, पूर्व सांसद रहेको बेला आफनो संसदीय कोषबाट प्राप्त रकम विकासको योजनामा खर्च गरेको छु कसैलाई प्रमाण चाहिए आफू दिन तयार रहेको उम्मेदवार रुगंटाले बताए ।
        अबको चुनावमा काग्रेसको जित लगतै मुलुकलाई सही दिशातर्फ लगि, विभिन्न योजना ल्याई विकासको बाटो तिर लगने उनले बताए । उम्मेदवार रुगंटाले देशको देखिएको वेरोजगारी समस्या अन्य गरी युवाहरुलाई सिपमुलुक कार्यक्रम, शिक्षाको स्तरउन्नति, स्वास्थ्य क्षेत्रमा सुधार, सडक विस्तार, बृद्ध तथा एकमहिला भत्तामा बृद्धि लगायतका योजनाहरु ल्याउने विश्वास दिलाउनु भयो ।
        वडा नम्बर ३१ को वडा अध्यक्ष चुमन चौधरी र वडा नम्बर ७ का बुथ सभापती हिराकाजि श्रेष्ठको अगुवाईमा निकालिएको घरदैलो कार्यक्रममा पार्टीका जिल्ला सभापती अजय दुवेदी, पूर्व राज्य मन्त्री दुर्गा देवी, वीरगन्ज महानगरपालिकाका उपप्रमुख तथा महिला नेतृ शान्ति कार्की, पूर्व सांसद शम्भु हजरा, पार्टीका नेता श्याम पोखरेल, जिल्ला कोषाध्यक्ष ईम्तियाज आलम, क्षेत्रिय तरुढा दल पर्साका अध्यक्ष बीरेन्द्र पटेल, युवा नेता विजय सिंह,  नेवि संघका राकेश यादव, दिलिपराज कार्की लगायतका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभािगता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।