logo

बामगठबन्धन मुलुकलाई कब्जा गर्ने योजनामा — उम्मेदवार  रुगटा 

    11/26/2017 गते 00 00 मा प्रकाशित   805   पटक पढिएको

वीरगन्ज १० मंसिर 
        पर्सा क्षेत्र नम्बर १ का सांसद उम्मेदवार नेपाली काग्रेस नेता अनिल रुंगटा आईतबार पनि आफनो चुनावी प्रचार प्रसार अभियानलाई तिव्रता दिदै विभिन्न वडाहरुमा घरदैलो तथा चुनावी सभा गरेका छन । सांसद उम्मेदवार रुंगटा र क्षेत्र नम्बर १ कै क बाट प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मीले आफनो चुनावी क्षेत्र नम्बर १ को वडा नम्बर २० हरपतगंज र वडा नम्बर १३ राधेमाईमा बृहत रुपमा घरदैलो कार्यक्रम गरेका हुन ।  मतदाताहरुको घर घरमा पुगि उम्मेदवार द्धय रुंगटा र कुर्मीले अबको जित विकास र आर्थिक क्रान्तिको जित रहेको हुनाले काग्रेसलाई भोट दिन आग्रह समेत गरेका छन । काग्रेस पार्टी नै मुलुकको हितको पार्टी भएको र अन्तराष्ट्रिय देशहरुको विश्वास पनि काग्रेसमाथि नै रहेको हुनाले काग्रेस विना मुलुकको विकास हुन नसक्ने भएकोले काग्रेसलाई नै मतदान गर्न मतदाता संग उम्मेदवार रुंगटाले आग्रह गर्नुभयो । 
        बामगठबन्धनले मुलुकलाई कब्जा गर्ने योजनामा लागेका छन, घरदैलो पश्चात आयोजित चुनावी सभामा बोल्दै उम्मेदवार रुंगटाले भन्ने बामगठबन्धन कम्युनिष्ट देशहरुको ईसारामा बनेको हो बामपन्थीहरुको बहुमत आए मुलुकको लोकतन्त्र नै धरापमा पर्ने भएकोले लोकतन्त्रको रक्षाको निम्ती पनि काग्रेसलाई बिजय गराउन आवश्यक रहेको बताए । 
        अर्को प्रसंगमा उम्मेदवार रुंगटाले मधेशवादी दलहरुले फुर्ति लगाउदैमा वा २÷४ वटा मधेशबाट सिट ल्याउदैमा मधेशको माग पुरा गराउन नसक्ने बताए । उनले भने मधेश र मधेशीको हकअधिकार दिलाउनको लागि बहुमत हुन जरुरी छ र त्यो बहुमत नेपाली काग्रेस संग छ जसले भोलिका दिनमा काग्रेस पार्टीले आफनो दुई तिहाई बहुमत पु¥याई सविधान संशोधन गरी मधेश र मधेशीको हकअधिकार सुनिश्चित गर्छ । 
        हिजोपनि मधेशवादी दलहरु सरकारमा गएकै हुन तर के गरे मधेश र मधेशीको लागि स्थानियलाई सम्झाउदै उम्मेदवार रुंगटाले भने मधेश र मधेशीको नाममा राजनितक बाहेक केहि गरेका छैनन् मधेशी पार्टी नेताहरु । मधेश आन्दोलनको कारण सविधान संशोधन भएको होईन सविधान संशोधन नेपाली काग्रेसको कारण भएको दावी गर्दै नेता रुगंटाले बाकी रहेको मधेशको माग काग्रेसले नै पुरा गर्ने वाचा गर्नुभयो । 
        वडा नम्बर २० हरपतगंजका बुथ सभापती हरिशंकर यादव र वडा नम्बर १३ राधेमाईका बुथ सभापती करिब अंसारीको अगुवाईमा निकालिएको घरदैलो कार्यक्रममा नेपाली काग्रेसका नेता एव पूर्व ठाराब प्रमुख ललन दुवेदी, नेता श्याम पोखरेल, समानुपाति सांसद उम्मेदवार राकेश सिंह, पूर्व राज्य मन्त्री दुर्गा देवी महतो, नेता राजु गुप्ता, तरुण दलका विरेन्द्र पटेल, विषेश्वर पटेल, नेवि संघका राकेश यादव, दिलिप कार्की लगायत स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो ।
        यसैगरी विभिन्न पार्टी परित्याग गरी काग्रेसमा प्रवेश गरेका नव प्रवेशीलाई जिल्लाका नेतहरुले भब्य रुपमा स्वागत गरेका छन । साल्ट ट्रेडिङ्ग श्रीपुर अवस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी पप्पु सिंहको नेतृत्वमा आएको करिब १ सय युवाहरु काग्रेसका प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई पार्टीका जिल्ला सभापती अजय दुवेदी, सांसद उम्मेदवार अनिल रुंगटा, प्रदेश सभा सदस्य उम्मेदवार विजय सर्राफ, पार्टीका कोषाध्यक्ष ईम्तियाज आलम लगायतको नेताहरुले अबिर, फुलमाला लगायत भव्य स्वागत गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

राजनीति

दल विभाजन सम्वन्धी अध्यादेश खारेज नभए सरकारमा नजाने अध्यक्ष यादवको चेतावनी, गठवन्धन धरापमा 

ठमाडौं ६ असोज जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभए रकारमा सहभागी नहुने चेतावनी दिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवको योजना रहेको छ । ‘

प्रधानमन्त्रीको युरोप भ्रमण , आइएलओको विशेष समारोहलाई सम्बोधन गर्ने 

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लाग्नुभएको हो । संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ । प्रधानमन्त्री ओलीले यही जेठ ३२ गतेसम्म स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण गर्नुहुनेछ ।

प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउनमा काग्रेस पार्टीको सबैभन्दा ठुलो भुमिका, पुर्वमन्त्री मंसुर

सन्जिव छतकुली  बीरगंज १५ जेष्ठ नेपाली काग्रेस पर्साले गणतन्त्र दिवसको अवसरमा आज बीरगंजमा  प्रभात फेरी निकालेकाछन  । 

नेकपामा ६६ जिल्लाको भागबण्डा मिल्यो, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, सर्लाही र पर्सा एमालेले पाउने 

काठमाडौं, ६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ६६ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा बाँडफाँट भएको छ ।

आर्टिकल

यस्तो लापरवाही किन 

अजय प्रजापति वीरगंज, ४ भदौ ।  दुई नम्बर प्रदेश हेपुवा र चेपुकामा परेको प्रदेशको रुपमा हेर्न थालिएको छ । 

इद मुवारक 

शारदा शर्मा,  बजार कटेर डाँडामा पुगेपछि हामीले बिहे गर्ने निर्णय गर्यौ । म बाहुनकी छोरी उनी मुसलमान । धेरै पछिमात्र थर थाहा भयो । हाम्रो गाउँको अलि माथिल्लो पट्टी उनीहरूका लस्करै घरहरु थिए । उनका भाउजुहरु गाउँमा चुरा लिएर बेच्न पनि हिड्थे रे हजुरआमाले सुनाउनु हुन्थ्यो । बा सरकारी जागिरे भएकोले म सदरमुकाममा नै हुर्के । सानै छदा मेरो उनीसंग भेटभएको थियो ।

खेलकुद

४२ किलोमिटर म्याराथान प्रतियोगिता दौडको उपाधीमा सेनाको कव्जा 

कृष्णा यादव  बीरगन्ज १७ फागुन  बीरगन्जमा म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जितेका छन् ।  नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि ४२ किलो मिटर म्याराथान दौड प्रतियोगितामा  प्रथम उपाधी त्रिभुवन आर्मी क्लबका भाट्ले जित्न सफल भएका हुन ।  त्यसैगरी दोस्रो स्थान र तेस्रो स्थानमा पनी त्रिभुवन आर्मी क्लवका नेपाली सेनाले नै हात पार्न सफल भएका छन । 

चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश

बीरगंज १० फागुन पर्सागढी नेपाल खेलकुद क्लव चपुरलाई हराउदै हेटौडा फुटबल एकेडेमी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा पर्साको बढनिहारमा जारी खेलमा चपुरलाई ० का बिरुद्ध ३ गोल गर्दै हेटौडा फाइनलमा प्रबेश गरेको हो । खेलको सुरुबाती दोस्रो मिनेटमा नै हेटौडाका तारा नेगीले पहिलो गोल गरे  । खेलको २४ औ मिनेटमा फ्री किकलाई सदुपयोग गर्दै  हेटौडाका सन्तोष चौधरीले अर्को गोल थपे ।

सप्तरीले गरयो फाइनल यात्रा सुरक्षित

कृष्णा यादव  वीरगन्ज,२२ माघ ।  वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनल समिकरण पूरा गरेको छ ।   जिपी कोइराला फाउण्डेशन पर्साले वीरगञ्जमा शनिबारबाट सुरु गरेको प्रथम गिरिजा प्रसाद कोईराला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत सिराहालाई २–१ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

बीरगंजमा जीपी कोईराला कप फूटबलमा धनुषाको विजयी सुरुवात  

कृष्णा यादव  वीरगन्ज, १९ माघ ।  वीरगन्जमा शनिबारदेखि शुरु भएको जीपी कप पूmटबल प्रतियोगितामा धनुषाले विजयी सुरुवात गरेको छ ।  गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले बीरगंजमा पहिलोपटक आयोजना गरेको प्रदेश २ स्तरीय पूmटबल प्रतियोगिताको उदघाटन खेलमा पर्सालाई पराजित गरी धनुषा विजयी भएको हो । धनुषाका जर्सी नम्बर १७ का प्रमोद यादवले खेलको पहिलो हाफको २८ मिनेटमा गोल गरेपछि घरेलु मैदानमा पर्साको टिम भन्दा एक गोलले अगाडी भएको थियो ।